मंगलबार, ११ माघ, २०७३
OnlineKhabar.com

अर्थनीति

हेलिकोप्टरबाट रकम लगेर भूकम्पपीडितलाई पहिलो किस्ता बाँडियो

१० माघ, ओखलढुंगा । ओखलढुंगाको दुर्गम गाविस पोकलीका भूकम्पपीडितले पहिलो किस्ता रकम पाएका छन् । पहिलो किस्ता अनुदान बाँड्न सांसद रामहरि खतिवडाको पहलमा हेलिकोप्टरबाट रकम लगिएको थियो । त्यहाँ ४ सय ६६ घरधुरीलाई ५० हजार रुपैयाँका दरले २ करोड ३३ लाख रुपैयाँ बितरण गरिएको थियो । ‘बैंकले गाडीमा जान नमानेपछि मैले साथीभाईलाई भनसुन गरेर...

जर्मनी मध्यमर्याङ्दी जलविद्युत् आयोजनाको मर्मत गर्न इच्छुक

१० माघ, काठमाडौं। जर्मनीले मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत एवम् पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षणमा चासो देखाएको छ । वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई नेपालका लागि जर्मनेली राजदूत माथिया मेयेरले भेटी जलविद्युत् आयोजनाको मर्मतसम्भार गर्न जर्मनेली सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिए । राजदूतले जर्मनी नेपालको व्यापार, पर्यटन र सांस्कृतिक...

कर्णालीवासीको आशाको केन्द्रः कर्णाली करिडोर, धमाधम हुँदैछ काम

१० माघ, कालीकोट । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य अहिले तीव्रगतिमा भइरहेको छ । कडा चट्टानयुक्त भू–बनोट, भिरालो जमिन, साँघुरो उपत्यका र कर्णाली...

सर्भर बिग्रिँदा लाइसेन्स कार्यालयको काम रोकियो, सेवाग्राही मर्कामा

१० माघ, तिलोत्तमा (रुपन्देही) । यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चलको कम्प्युटरको सर्भर बिग्रिएका कारण एक हप्तादेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । बुटबल कार्यालयले माघ २ गते आइतबार एक सूचना जारी गर्दै कम्प्युटरको सर्भर बिग्रदा लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, तथ्याङ्क राख्ने जस्ता महत्वपूर्ण काम गर्न नसक्ने उल्लेख गर्दा सेवाग्राही मर्कामा परेका...

भक्तपुरका भूकम्पपीडितलाई आजदेखि पहिलो किस्ताको ५० हजार

९ माघ, काठमाडौं । सरकारले भक्तपुरका भूकम्प प्रभावित १८ हजार परिवारका लागि आइतबारदेखि पहिलो किस्तावापतको अनुदान रकम वितरण थाल्दैछ । अनुदान सम्झौतासहित सबै प्रकृया पुरा गरेका १८ हजार परिवारलाई आज पहिलो किस्ताको रकम उपलब्ध गराउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता भिष्म कुमार भुसालले अनलाइनखबरलाई जानकारी दिए । जिल्ला विकास समिति भक्तपुरले अनुदान सम्झौता...

रक्सौल-परवानीपुर र कुशाहा-कटैया अन्तरदेशीय ट्रान्समिसनको काम अन्तिम चरणमा

८ काठमाडौं, माघ । भारतबाट थप विद्युत् आयात गर्नका लागि महत्वपूर्ण मानिएको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ भने हाल आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको सो आयोजनाले जनाएको छ । वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका...

जलविद्युतमा हालसम्म दुई अर्ब ४३ करोड बढीको लगानी प्रतिवद्धता

८ माघ, काठमाडौं । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा हालसम्म दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९४३ रूपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार दैनिकजसो नै लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा...

एनसेलको डाटा प्याक अझै सस्तो, अब ‘इन्टरनेट सबैका लागि’

८ माघ, काठमाडौं । एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मूल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्नेछन् । आइतबारदेखि लागु हुने योजनामा एनसेलले भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र पाँचवटा सरल शुल्कमा समेटेको छ, जसले ग्राहकलाई आफ्नो छनौटको डेटा...

सांसदले लत्याए निर्वाचन क्षेत्र विकास निर्देशिका, मनपरि ढङ्गले बाँडे पैसा

८ माघ, बैतडी । बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजना निर्देशिका विपरीत छनोट गरिएका छन् । सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप समेत लगाएका छन् । गत वर्षहरु जस्तै यो वर्ष पनि माननीयले आफ्ना कार्यकर्ता पोस्ने हिसाबले योजना छनोट गरेको पाटनका कपिल...

रोल्पामा वन अतिक्रमण रोकिएन

८ माघ, लिबाङ (रोल्पा) । जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन । संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले वन अतिक्रमण गरी ब्यारेक सञ्चालन गर्दै आएको छ । शान्ति प्रक्रियापछि माओवादी सेनाका ब्यारेक रहेको गैरीगाउँको...

राजविराजमा विद्युत् चुहावट गर्ने ७ सयमाथि कारबाही

८ माघ, राजविराज । नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले छ महिनामा विद्युत् हुुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ । चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले बताए ।...

रोल्पामा उत्पादित सुगन्धित तेल युरोप, अमेरिकासम्म

७ माघ, लिबाङ (रोल्पा) । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल,...