शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com

अन्तराष्ट्रिय समाचार

लण्डन हमलाः अहिलेसम्म के-के भयो ?

बेलायती संसद भवन नजिकै बुधबार भएको आतंकवादी हमलामा एक आक्रमणकारीसहित ५ जनाको मृत्यु भयो भने ४० भन्दा बढी मानिस घाइते भए । अहिलेसम्म यस आक्रमणबारे उपलब्ध जानकारीहरु यसप्रकार छन् । भएको के थियो ? २२ मार्च अर्थात बुधबार स्थानीय समयअनुसार दिउँसो २ बजेर ४० मिनेटमा एक आक्रमणकारीले थेम्स नदीमाथिको पुल वेस्टमिन्स्टर बि्रजमा तीव्र गतिमा...

साप्ताहिक टेलिभिजन कार्यक्रम लिएर आए मुसर्रफ, निशानामा भारत

८ चैत, काठमाडौं । पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफले एउटा नयाँ टेलिभिजन कार्यक्रम लञ्च गरेका छन् । अवकाशपछि टेलिभिजन कार्यक्रममा प्रस्तुत हुने मुसर्रफ पाकिस्तानका सबैभन्दा उच्च तहका सैनिक अधिकारी हुन् । उनको कार्यक्रम समसामयिक विषयहरुमा केन्द्रित छ । साप्ताहिकरुपमा प्रशारण हुने मुसर्रफको कार्यक्रमको नाम रहेको छ, ‘सबसे पहले पाकिस्तान विथ प्रेसिडेन्ट मुसर्रफ’ ।...

विश्वका अर्बपतिको सूचीः जान्नुस् ७ मुख्य कुरा

अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अरबपतिहरुको सूची सार्वजनिक गर्दा नेपालीका पनि कान ठाडा हुन्छन् । आफ्नो देश जतिसुकै गरिब किन नहोस्, धनीहरुको विषयमा जान्ने कौतुहलता सबैलाई हुन्छ । यही कौतुहलतामा मेट्न हामी यहाँ प्रस्तुत गर्दैछौं, विश्वका धनाढ्यहरुको सूचीबाट केही हाइलाइट्सः २३ वर्षमा १८ पटक विल गेट्स अमेरिकी धनाढ्य विल गेट्स लगातार चौंथो वर्ष विश्वका सर्वाधिक...

अर्बपतिहरुको सूचीमा १०१ भारतीय, मुकेश अम्बानी सबैभन्दा अगाडि

८ चैत, काठमाडौं । विश्वका अर्बपतिहरुको सूचीमा १०१ भारतीय परेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो । सर्वाधिक धनी भारतीयमा मुकेश अम्बानी परेका छन् । उनी २३ अर्ब २ करोड अमेरिकी सम्पत्तिसहित फोर्ब्सको समग्र सूचीको ३३ औं नम्बरमा छन् । १६ अर्ब ४ करोड अमेरिकी डलरसम्पत्तिका साथ लक्ष्मी मित्तल...

अयोध्यामा राम मन्दिर कि बाबरी मस्जिद ? अदालतले भन्यो- आपसी सम्वादबाट सुल्झाऊ

८ चैत, काठमाडौं । अयोध्यामा राम मन्दिर र बाबरी मस्जिद विवादमा सुप्रिम कोर्टले महत्वपूर्ण टिप्पणी गर्दै दुबै पक्षलाई आपसी सम्वादबाट समाधान खोज्न भनेको छ । अदालतले भनेको छ- यो धर्म र आस्थासँग जोडिएको विषय हो र, संवेदनशील विषय भएकाले यसको हल आपसी सम्वादबाटै होस् । मुख्य न्यायाधीश जेएस खेहरले सुनुवाईका क्रममा भने- यो धर्म...

अमेरिकाले आठ देशका विमानबाट ल्यापटप र ट्याब्लेट ल्याउन नदिने

८ चैत, काठमाडौं । अमेरिकाले आठ मध्यपूर्वी तथा उत्तर अफ्रिकी राष्ट्रका उडानबाट आउने लगेजमा ल्यापटप, ट्याब्लेट जस्ता विद्युतीय उपकरणहरु ल्याउन प्रतिवन्ध लगाउने भएको छ । अमेरिकी सरकारको एक सूत्रले बीबीसीलाई बताएअनुसार यो प्रतिवन्धले १० वटा विमानस्थलमा सञ्चालन हुने नौ वटा एयरलाइन्सहरु प्रभावित हुनेछन् । गुप्तचर निकायद्वारा विभिन्न देशबाट संकलित सूचनाका आधारमा यो कदम चालिएको...

मणिपुरमा लागेको आर्थिक नाकाबन्दी पाँच महिनापछि हट्यो

७ चैत, काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा झण्डै पाँच महिनादेखि लाग्दै आएको आर्थिक नाकाबन्दी आइतबार मध्यरातबाट खुलेको छ । राज्यको पहिलो भाजपा नेतृत्वको सरकारले कार्यालय सम्हालेको चौथो दिनमा नाकाबन्दी खुलेको हो । राज्यमा दुईवटा नयाँ जिल्ला निर्माण गरिएको विरोधमा संयुक्त नागा परिषद (यूएनसी)ले गत १ नोभेम्बरदेखि नाकाबन्दी लगाएको थियो । राज्य र केन्द्रका...

सद्दाम हुसेनसँग नाम मिल्दा ४० जागिरबाट ‘रिजेक्ट’

७ चैत, काठमाडौं । इराकका तानाशाह सद्दाम हुसेनलाई फाँसी दिइएको एक दशक बितिसकेको छ । तर, अहिले पनि एक भारतीय युवकले उनको नामको मूल्य चुकाउनु परिरहेको छ । सद्दाम हुसेन नामका २५ वर्षीय भारतीय मरीन इन्जिनियर अहिलेसम्म ४० वटा नोकरीबाट ‘रिजेक्ट’ भइसकेका छन् । उनको नामको हिज्जे इराकी नेताको भन्दा भिन्न छ र पनि...

गुजरातपछि हिन्दुत्वको दोस्रो प्रयोगशाला बन्यो युपी

गोरखनाथ मठका महन्त एवं उग्र हिन्दु संगठन हिन्दु युवा वाहिनीका संस्थापक योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाएर संघ परिवारले गुजरातपछि उत्तर प्रदेशलाई हिन्दुत्वको दोस्रो प्रयोगशाला बनाउन सुरु गरेको छ । तर, के उत्तर प्रदेश र उत्तराखण्डमा भारतीय जनता पार्टीले पाएको शानदार चुनावी सफलताले राष्ट्रिय स्वयंमसेवक संघ -आरएसएस हिन्दु राष्ट्रको आफ्नो लक्ष्यको एक कदम अझ नजिक पुगेको...

योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री

५ चैत, काठमाडौं । योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । उनको सपथ भोलि तय भएको छ । विधायक दलको बैठकले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई विधायक दलको नेता चयन गरेको छ । गोरखनाथ मन्दिरका पूर्वमहन्थ समेत रहेका उनी १९९८ देखि गोरखपुर क्षेत्रबाट लोकसभामा प्रतिनिधि रहँदै आएका छन् । पहिलो पटक...

सिरियामा हवाई हमला, ४२ को मृत्यु

४ चैत, काठमाडौं । उत्तरी सीरियाको एक मस्जिदमा भएको हवाई हमलामा ४२ जनाको मृत्यु भएको छ । मस्जिदमा नमाज पढ्न धेरै व्यक्ति जम्मा भएकाबेला हवाई हमला भएको थियो । मानवअधिकारको क्षेत्रमा क्रियाशील संस्था सीरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार हवाई हमला अलेप्पो प्रान्तको अल जिनेहमा भएको हो । त्यहाँको मस्जिदलाई विद्रोहीहरुले कब्जामा लिएको भनिएको...

दाइले बलात्कार गरे, भाइले आँखा फुटाइदिए !

भारत उत्तर प्रदेशको राजधानी लखनउसँग जोडिएको उन्नाव जिल्लाको एक गाउँमा बलात्कारको गम्भीर घटना सार्बजनिक भएको छ । बलात्कारका अभियुक्तका भाइले पीडित युवतीको दुबै आँखा फुटाइदिएका छन् । अभियुक्तका परिवारका सदस्यहरुले पीडित परिवारलाई बलात्कारको मुद्दा फिर्ता लिन दबाव दिइरहेका छन् । उत्तर प्रदेश पुलिस महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई भने, ‘यो घटना निकै गम्भीर छ...