मंगलबार, १३ असार, २०७४
OnlineKhabar.com

हाम्रो नेपाल, राम्रो नेपाल

डोल्पाको लेकमा यार्सा टिप्ने लस्कर (फोटो फिचर)

मनै लोभ्याउने सफा हिमालको काखमा विशाल फाँट छ । तर, त्यो सौन्दर्यको वास्तै नगरी मान्छेहरु बच्चा बामे सरे झैं हात–गोडा टेकेर जमिनमा केही खोजिरहेका छन् । बकुल्लाले माछा ढुके झैं खूब ध्याउन्न छ र भुइँ खोस्रिने गति तीव्र छ । यो दृश्य हो माथिल्लो डोल्पामा पर्ने थाङ्बोचे फाँटको । यार्सागुम्बा टिप्न यो सिजनमा यहाँ...

सुन्दर राराको चित्र-विचित्र (फोटो फिचर)

जति हेरे पनि नअघाइने प्रकृतिको खजाना के होला ? नेपालको हकमा धेरैलाई मुगुको रारा तालले त्यही तिर्सना मेटाउँछ, जुन तिर्सना मेटिएर पनि फेरि उग्र भएर आउँछ । उही दिन मुगु पुग्ने सोच राखेर म काठमाडौंबाट हिँडेको थियो । तर, नेपालगञ्ज झरेपछि थाहा भयो, मुगु जाने प्लेनको उडान रद्द भएछ । अब कति दिन कुर्नुपर्ने...

मनोरम नगरकोटः खुल्न बाँकी झ्याल (फोटो फिचर)

२३ बैशाख, काठमाडौं । राजधानीबाट नजिकै रहेको नगरकोटको परिचय निकै साँघुरो दायरामा कोरिएको छ । खासगरी सूर्योदय र सूर्यास्तको दृश्य हेर्न धेरैले नगरकोट रोज्ने गर्छन् । त्यसो त सूर्योदयको लोभलाग्दो दृश्य हेर्न यो ठाउँ विश्वका उत्कृष्ट दश स्थानमध्ये पर्छ । तर, नगरकोटको रमणीय आकर्षण त्यतिमा सीमित छैन । नगरकोटबाट लाङटाङ, गणेश, गौरीशंकर, दोर्जे लाक्पा,...

डोल्पा-मुस्ताङको रोमाञ्चक पदयात्रा (फोटो फिचर)

यात्रा भन्नेबित्तिकै धेरैले उड्नु र गुड्नुलाई सम्झने गर्छन् । तर, यात्राका खास पारखीहरु भन्छन्, यात्राको असली मज्जा पदयात्रामा पाइन्छ । हुन पनि स्थानीयतामा भिज्न पाइने भएकाले पदयात्राले आनन्दका साथै धेरै कुरा सिकाउँछ पनि । प्रकृति, सम्पदा र स्थानीय जीवनशैलीलाई नजिकबाट छाम्न, हेर्न र बुझ्न पाइने भएकाले यात्राका पारखीहरु नयाँ-नयाँ पदमार्ग खोजिरहेका हुन्छन् । त्यस्ता...

आकाशबाट हिमाल नियाल्दा… (फोटो फिचर)

आँखा अगाडि सेताम्मे चुचुरा । कुनै आकाशै छेड्ने अग्ला त कुनै मझौला आकारका । अजंगसँग फैलिएका हिमशृंखला आकाशबाट हेर्दा अँगालोमा बेर्न सकिने जस्तै देखिए । सर्वोच्च शिखर सगरमाथा हेर्न हामी नाम्चेबाट हेलिकोप्टर यात्रामा छौं । सुन्दर आमादब्लमसहित अन्य हिमालहरु लस्करै देखिए । तर, प्रतिकूल मौसमका कारण सगरमाथा बादलभित्र लुकामारी खेलिरहेको थियो । हेलिकोप्टरबाट छोटो...

परशुराम धामः धर्मको द्वार (फोटो फिचर)

पश्चिम नेपाल भौगोलिक रुपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रुपमा उत्तिकै रमणीय पनि छ। प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरु छन् ।  त्यसैमध्येकोएक हो, डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धाम । नेपाल–भारत सिमाना छुट्याउने महाकाली नदीको किनारमा थपक्क बसेको छ मन्दिर । खासगरी माघे संक्रान्तिको बेला ठूलो मेला लाग्ने परशुराम धाम...

कालिञ्चोकमा हिउँसँग पौंठेजोरी (फोटो फिचर)

  ३ चैत, दोलखा । प्राकृतिक र धार्मिक यात्रा रुचाउनेहरुको लागि आकर्षक ठाउँ हो, दोलखाको कालिञ्चोक क्षेत्र । मनोरम हिमशृंखलाको अवलोकनसँगै कालिञ्चोक भगवतीको दर्शन पनि गर्न सकिने भएकोले धेरैका लागि एक पन्थ दुई काम हुने गर्छ । राजधानी काठमाडौं नजिकैको ठाउँ भएकाले आन्तरिक पर्यटकहरु सहजै यो ठाउँमा पुग्न सक्छन् । खासगरी हिउँदको बेला कालिञ्चोकमा...

रारा कि अप्सरा ! (फोटो फिचर)

२९ फागुन, मुगु । रारा तालको सौन्दर्यदेखि मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा ! हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरता देखेपछि उपमा के दिऊँ भनेर झट्ट अलमलिन्छन् । मुगुको जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९ सय ९० मिटर उँचाइमा पर्छ । वरिपरि जंगलको बीचमा...

स्वागतका लागि तयार छ लाङटाङ (फोटो फिचर)

बैशाख १२ को विनाशकारी भूकम्पले सौदर्य लुटेको लाङटाङ फेरि पुनरागमनको प्रयासमा छ । भूकम्प गएको दुई वर्ष नपुग्दा लाङटाङ फेरि विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई स्वागत गर्न तयार देखिएको छ । लाङटाङ हिमाल उसैगरी हाँसिरहेको छ, जसरी भूकम्प अघि हाँसिरहेको हुन्थ्यो । गणेश हिमाल श्रृखला अनि ग्लासियरको चमक पनि उस्तै छ । भूकम्पले तहस नहस बनाएको...

फोटोमा नेपाल, हेर्नुहोस् उत्कृष्ट २४ तस्वीर

१९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना एवम् फोटो जर्नालिष्ट क्लव तथा नेप्लिज इन फोटोग्राफीको सक्रियतामा तीन दिने फोटो प्रदर्शनी आजबाट सुरु भएको छ । आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका सिइओ दीपकराज जोशीले प्रदर्शनीको उदघाटन गरे । उदघाटनपछि उनले आम मानिसले पनि नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन सक्छन् भन्ने उदाहरण यो प्रदर्शनी...

खप्तडः प्रकृतिको अनुपम उपहार

आँखाले नभ्याउने विशाल फाँटहरु । हिउँदमा सेताम्मे र बैशाख-जेठमा रंगीविरंगी फूलले छपक्कै । प्राकृतिक सुन्दरताको मापन गर्दा स्वर्गको टुक्रा जस्तो । यो हो सुदूरपश्चिमको मनोरम पर्यटकीय स्थल खप्तडको विशेषता । खप्तड क्षेत्र प्राकृतिक हिसाबका साथै धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । दायाँ-बायाँ खोलाको बीचमा मन्दिर थपक्क बसेको छ । खप्तड क्षेत्रको विषयमा धेरै...

घुम्न जाउँ, घुम्न जाउँ, घुम्न धुलिखेल…. (फोटो फिचर)

२० माघ, काठमाडौं । उत्तरमा हिमाली थुम्का र चारैतिर हरिया पहाडको काख । धुलिखेलको यही विशेषता पर्यटक लोभ्याउन पर्याप्त छ । बनेपा-बर्दिबास सडक अन्तर्गत विपी लोकमार्गमा पर्ने यो शहर अरनिको लोकमार्गले पनि छुने सुविधायुक्त ठाउँ हो । नेपाल भाषामा धौख्यः भनिने धुलिखेलले धार्मिक, प्राज्ञिक क्षेत्रमा स्थान बनाए पनि मूल रुपमा पर्यटकीय गन्तव्यकै परिचय बनाएको...