शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

पत्रपत्रिकाबाट

ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय, मूल्य एक लाख ३० हजार

१५ वैशाख, काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ दिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो । यसअघि नै सोही गिरोहका...

म्यादीसँग सरकार सशंकित, निगरानी बढाउन गृहमन्त्रीको निर्देशन

१५ वैशाख, काठमाडौं । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो । म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका...

सेवा प्रभावकारी नभएपछि सिंहदरबारभित्रै अनुगमन तीव्र

१५ वैशाख, काठमाडौं । विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी काम नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा अनुगमन थालेको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा केन्द्रीय अनुगमन समितिले मन्त्रालयहरूको कामबारे अनुगमन थालेको हो । अनुगमन समितिले बिहीबार सिँचाइ, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र कृषि विकास मन्त्रालयको कामबारे अनुगमन...

राष्ट्र बैंकले ८ करोडमा बेच्यो दुईवटा दरबार, विभाग रुष्ट

१५ वैशाख, काठमाडौं । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार–सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने,...

अर्थ मन्त्रालय मातहत निकायकै कर्मचारीको तलब मासिक ५ रुपैयाँ !

१५ वैशाख, काठमाडौं । मासिक पाँच रुपियाँ अनि वार्षिक ३७ रुपियाँ पारिश्रमिकमा काम गर्ने आजको नयाँ नेपालमा को होला ? अर्थ मन्त्रालय कौशितोषाखाना कार्यालयअन्तर्गत कार्य गर्ने कयौँ जनाको यो पारिश्रमिक अझै पनि कायम छ । यसलाई जङ्गबहादुरकालीन दररेट पनि भन्ने गरिन्छ । कुनै बेला यो पारिश्रमिक अब्बल थियो होला तर उतिबेलैदेखि कहिल्यै वृद्धि नभएको...

पत्रपत्रिकाका फ्रन्टपेजः संशोधनका पक्षमा दुई तिहाइ पुग्ने संकेत, मोर्चा लचिलो

१५ वैशाख, काठमाडौं । बुधबार आन्दोलनमा जाने घोषणा गरेका मधेसी दल बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि निर्वाचनमा जान सहमत भएका छन् । संशोधनको पक्षमा दुई तिहाइ पुग्ने संकेत देखिएपछि मोर्चा लचिलो बनेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।  संविधान संशोधनको विषयलाई मुख्य खबर बनाएर छापेका पत्रपत्रिकाहरुले  संवैधानिक इजलास गठन भएकादेखि सेना परिचालन गर्ने बाटो खुलेकोसम्मका खबर  प्राथमिकताका साथ...

परमादेश कुल्चँदै संवैधानिक इजलास गठन

१५ वैशाख, काठमाडौं । न्यायपरिषद्ले हालै सर्वोच्चको बृहत इजलासले जारी गरेको परमादेशविपरीत वरिष्ठतम चारजना न्यायाधीशलाई बिहीबार संवैधानिक इजलासको सदस्य तोकेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीलगायत वरिष्ठ न्यायाधीशहरु गोपाल पराजुली, ओमप्रकाश मिश्र, दीपक जोशी र देवेन्द्र गोपाल श्रेष्ठ सदस्य हुनेछन् । प्रधानन्यायाधीश कार्की, पराजुली र मिश्र पहिलादेखि नै संवैधानिक इजलासका न्यायाधीश रहे पनि विगत एक...

आर्थिक समाचार: ११ जनाबराबर १ सवारीसाधन

काठमाडौं । मुलुकमा सवारीसाधनको आयात अनावश्यक रुपमा बढेको भन्दै नियन्त्रणका लागि विभिन्न पहल भइरहे पनि आम सवारीमा पहुँच भने न्युन रहेको छ । यातायात व्यवस्था विभागका अनुसार प्रत्येक ११ जना बराबर एक सवारीसाधन उपलब्ध हुन सक्ने अवस्था छ । आजको कारोबार दैनिकले ११ जनाबराबर १ सवारीसाधनलाई मुख्य समाचार बनाएको छ । २९ लाख विद्यार्थीलाई...

खर्च गर्न नसकेपछि भूकम्पपीडितको ३० अर्ब फिर्ता जाँदै

१४ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च हुन नसक्ने भएपछि फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार चालू आर्थिक वर्षका लागि अर्थबाट एक खर्ब नौ अबृ रुपैयाँ बजेट विनियोजन...

शीर्ष बैठकमा प्रचण्ड, ओली र देउवाबीच भनाभन, प्रचण्ड-देउवा एकतिर, ओली अर्कैतिर

१४ वैशाख, काठमाडौं । बुधबारको शीर्ष बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चर्काचर्की परेको नयाँ पत्रिका दैनिकले लेखेको छ । मंगलबारको बैठकमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई कडा प्रश्न गरेका थिए । ओलीः निर्वाचन मिति तपाईंहरू आफैँले घोषणा गरेको होइन ? देउवाजी आफैँले निर्वाचन एक चरणमा गर्ने, त्यो पनि...

स्थानीय निर्वाचन फेरि धरापमा, मोर्चाले अब आन्दोलन गर्ने

१४ वैशाख, काठमाडौं । संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकारले मधेसी मोर्चासँग २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा नयाँ मापदण्डका आधारमा जनसंख्याको थ्रेसहोल्डको सीमा...

कृषिमा मनपरी, कार्यविधि मिच्दै ३२८ कर्मचारी विदेश भ्रमणमा

१४ वैशाख, काठमाडौं । कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रि गैरसरकारी संस्था –आइएनजिओ) को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३–७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् । कृषिका विभिन्न परियोजनामा...