शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

समाचार

बढी पेन्सन खाने सोमलालको योजना असफल, राजीनामा स्वीकृत

५ साउन, काठमाडौं । सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ । साथै उनको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सुवेदी एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला गएका छन् ।...

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, २१ दिन म्याद

५ साउन, काठमाडौं । सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश र संघीय संसदको निवर्वाचन क्षेत्र निर्धारण गर्न ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल छन् । स्थानीय...

इनार सफा गर्ने क्रममा एकको मृत्यु

५ साउन, चितवन । चितवनमा इनार सफा गर्न गएका एक जना ब्यक्तिको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नः २३ नयाँ वस्तीस्थित कुमारी टोलमा बिहीबार बिहान इनार सफा गर्न गएका ३६ बषर्ीय रामकुमार रानाको अक्सिजन नपुगेर मृत्यु भएको हो । स्थानीय सोमबहादुर ल्होको घरको इनार सफा गर्न राना ४० फिट तल गएका थिए...

निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न एमालेको माग

५ साउन,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न सरकारलाई पुनः दवाव दिएको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेका हुन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै रावलले निर्वाचन...

जनप्रतिनिधिको व्यथाः कहाँ होला निराशाको भारी बिसाउने ? (भिडियोसहित)

५ साउन, ललितपुर । जनतालाई ठूला सपना बाँड्दै उत्साहको भारी बोकेर कुर्सीमा पुगेका स्थानीय तहका जनप्रतिनिधिहरुले एक महिना नपुग्दै निराशाको भारी बिसाउने ठाउँ खोज्न थालेका छन् । अथाह साधन स्रोत र अधिकार उपयोग गर्न पाइने आशामा ठूलो लगानीबाट चुनाव जितेकाहरुलाई सिंहदरबारले शुरुवाती चरणमै निराश बनाइदिएको छ । सिंहदरबारको अधिकार गाउँ-गाउँमा आउने भयो भनेर चुनावी...

स्थानीय तहको अधिकार खोसिएको आरोप, जनप्रतिनिधिले दिए आन्दोलनको चेतावनी

५ साउन, ललितपुर । सरकारले स्थानीय तहका अधिकार खोसेर जनप्रतिनिधिलाई पंगु बनाउन लागेको भन्दै केही जनप्रतिनिधिहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । साथै यसबारे सांसदहरुको समेत ध्यानाकर्षण गराइनुपर्ने विज्ञहरुले बताएका छन् । स्थानीय तहसम्बन्धी ४ वटा विधेयक संसदमा प्रस्तुत भएको सन्दर्भमा विहीबार ललितपुरमा आयोजित एक छलफलमा विज्ञ र नवनिर्वाचित जनप्रतिनिधिले दबावमूलक आन्दोलनको आवश्यकता औंल्याएका...

बम समात्ने हबल्दार रानाको असईमा बढुवा

५ साउन, काठमाडौं । स्थानीय चुनावका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ । रानाको हालै मात्र प्रहरी सहायक निरीक्षकमा बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार उत्कृष्ट कार्य गरे वापत रानाको बढुवा भएको हो । असार १४ गते...

महाकाली यातायात प्रमुखसहित सात जना निलम्बित, चोरीका गाडीलाई बैधानिकता दिएको आरोप

५ साउन, काठमाडौं । महाकाली अञ्चल यातायात कार्यालय प्रमुखसहित सात जनालाई सरकारले निलम्बन गरेको छ । भारतबाट चोरीका गाडी भित्राएर दर्ता गरी सञ्चालन गरेको भन्दै उनीहरुलाई यातायात मन्त्रालयले निलम्बन गरेको हो । निलम्बनमा पर्नेहरुमा हेमन्तबहादुर सिंह, दिपक थापा, नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, केशवदत्त बडु, श्यामराज ओझा छन् । सिंह महाकाली अञ्चल कार्यालयका...

भारतीय प्रहरीको हिरासतमै नेपालीको ‘हत्या’, सिमला तनावग्रस्त

५ साउन, काठमाडौं । प्रहरी हिरासतमै नेपाली युवकको मृत्यु भएपछि भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा हिंसा भडि्कएको छ । प्रदर्शनका कारण शहरको सबै पसलका साथै स्कुल र कार्यालयहरु समेत बन्द गरिएको छ । यो प्रदर्शन सामूहिक बलात्कारपछि १० वर्षीया बालिकाको हत्यासँग पनि जोडिएको छ । झण्डै दुई महिनाअघि सिमला नजिकैको कोथ्काईमा एक बालिकाको सामूहिक बलात्कारपछि...

पूर्वसांसद जोशीको निधनमा शोक प्रस्ताव पारित

५ साउन, काठमाडौं । व्यवस्थापिका संसदको पहिलो बैठकले पूर्वसांसद रामहरि जोशीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । जोशी २०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । शिक्षा र पर्यटन मन्त्रीसमेत बनेका जोशीको गत असार २९ गते राजधानीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।...

ढलमा बगेर मृत्यु भएकी विनिताको नाममा अक्षय कोष

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले काठमाडौंको ढलमा बगेर मृत्यु भएकी विनिता फुयाँलको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । पीडित परिवारलाई सरकारले राहत दिनुपर्ने मागसमेत उनले राखेका छन् । नेपालटारस्थित ढलमा बगेर ७ वर्षीया बालिका विनिता फुयालको गत शुक्रबार मृत्यु भएको थियो । उनी युरेका माविमा अध्ययनरत थिइन् ।...

चितवनमा सवारीसाधन दुर्घटनामा परी एक वर्षमा १६३ को मृत्यु

५ साउन, चितवन । गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए । अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी...