शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

समाचार

जलस्रोतको धनी नेपालमा फिलिपिन्सदेखि बेलायतसम्मको पानी

१३ साउन, काठमाडौं । जलस्रोतमा विश्वमै दोस्रो ठूलो देश मानिने नेपालमा वर्षेनी ठूलो परीमाणमा पानीको आयात भएको पाइएको छ । नेपालमा बेलायत, फिलिपिन्सदेखि जापान, मलेसियाबाट खानेपानी आयात हुने गरेको देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०७३/७४ मा विभिन्न मुलुकबाट ३ लाख ५५ हजार ४ सय ३४ लिटर खानेपानी (मिनरल...

देउवा सरकारमा नजाने राप्रपाको घोषणा

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब प्रधानमन्त्री शेरबहादुर देउवामा नजाने घोषणा गरेको छ । आफ्नो सहभागिता विना मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको राप्रपाको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको घोषणा गरेको हो । यसअघि राप्रपाले सरकारमा सहभागिताबारे वार्ता गर्न बनाएको समिति भंग गरेको थियो । राप्रपाले उपप्रधानसहित ५ मन्त्री मागेको...

नवाज शरीफ दोषी ठहर, पानामा लिक्सले प्रधानमन्त्री पद गयो

१३ साउन, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा दोषी ठहर गरेको छ । यससँगै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन् । अब उनले राजीनामा दिनु पर्नेछ । कालो धन जम्मा गरेको आरोपमा सरिफ दोषी ठहर भएको बीबीसीले जनाएको छ । उनीसँगै उनकी छोरी र छोरी ज्वाइँलाई पनि अदालतले...

कुलमानको चेनावनीपछि चिनियाँ कम्पनीले थाल्यो ढल्केबरमा काम

१३ साउन, काठमाडौं । एक हप्ता अघिदेखि रोकिएको धनुषाको ढल्केबरमा २ सय २० केभीको सबस्टेसन निर्माणको काम चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले शुक्रबारदेखि पुनः सुुरु गरेको छ । दुई महिनाभित्र यसको निर्माण सम्पन्न भइसक्ने विद्युत प्राधिकरणले जनाएको छ । निर्माण कम्पनीले कुनै कारण नखुलाई अघोषितरुपमा काम पुरै ठप्प पारेको थियो । प्राधिकरणले ठेक्का...

ब्युटिसियन लुट्ने पाकिस्तानी महिला पक्राउ

१३ साउन, इटहरी । इटहरीमा लुटपाटमा संलग्न रहेको आरोपमा पाकिस्तानी महिला पक्राउ परेकी छन् । लावर घर वताउने २५ बषर्ीया नाइला खालिदालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनी बिहीबार फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटिपार्लरमा पुगेकी थिइन् । त्यसक्रममा ब्युटिपार्लरमा काम गर्ने रिना खवाससँग चिनजान भयो । रिनालाई साथी बनाएकी खालिदा उनको घरमा...

यसरी गरियो ‘नाग’को स्नान र पूजा, हेर्नुस् ११ तस्वीर

१३ साउन, काठमाडौं । नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइएको छ । घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने जनविश्वास छ । बराहपुराणमा उल्लेख भएअनुसारसाउन शुक्ल पञ्चमीा ब्रहृमाको नागराजसँग संवाद भएकाले नागपूजाका लागि प्रसिद्ध भएको हो । अनन्त,...

‘फुच्चे पण्डित’को जनैपूर्णिमा अनुष्ठान, हेर्नुस् १४ तस्वीर

१३ साउन, काठमाडौं । यसवर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको छ । ११० वर्षको इतिहासमा चौथो पटक रक्षाबन्धन पर्व यसपालि नागपञ्चमीकै दिन परेको हो । साउन २३ गते सोमबार श्रावण शुक्ल पूणिर्मा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण १३ गते नागपञ्चमीकै दिन गरिएको हो । नागपञ्चमी र रक्षाबन्धन एकैदिन गरिएको २७ वर्षपछि यो पटक...

सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला

१३ साउन, धादिङ । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव शुक्रबार बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ । बिहीबार राति ११ बजे सुतेका गुरुङ  शुक्रबार बिहान मकैबारीमा मृत अवस्थामा भेटिएका हुन् । गुरूङ मृत भेटिएपछि अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जादै छ । थप कुरा अनुसन्धानपछि...

अनसनरत डा. केसी र सरकारवीच आज वार्ता हुने

१३ साउन, काठमाडाै । चिकित्सा शिक्षा सुधारको माग राखेर विगत ५ दिनदेखि आमरण अनसनमा रहेका डा. केसी र सरकारपक्षवीच वार्ता हुने भएको छ । शुक्रबार दिउँसो साढे एक बजे अनसनरत डा.केसी पक्ष र सरकारवीच सिंहदरवार परिसरमा वार्ता हुने भएको हो । वार्ताकै लागि सरकारले बिहीबार शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता...

प्रलोभनमा बेचिन्छन् सुर्खेतका चेलीबेटी

१३ साउन, सुर्खेत । मानव जीवनकै कलङ्कका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् । सुर्खेतको हकमा चेलीबेटी बेचबिखन समस्याका रुपमा देखापरेको सरोकारवाला निकायले बताएका छन् । सरकारी र गैरसरकारी संस्थाले चेलीबेटी बेचबिखन...

संविधान बोकेर एमाले शीर्ष नेता २ नम्बर प्रदेशमा खटिए

१३ साउन, बारा । तेस्रो चरणको स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमालेले प्रदेश नम्बर २ मा आफ्ना गतिविधि केन्द्रित गर्न थालेको छ । केन्द्रीय सचिवालयले महासचिव सहितका पदाधिकारी प्रदेश नम्बर २ का ८ जिल्लामा खटिने निर्णय गरेको छ । महासचिवको नेतृत्वमा मधेस कमाण्ड एमालेले प्रदेश नं. २ को वीरगञ्ज, जनकपुर र लाहानमा केन्द्रीय सचिवालय...

एक किलो सुनसहित दुईजना पक्राउ

१३ साउन, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–५ का दिनानाथ गुप्ता र वडा नं. ७ का सरोज राय यादव सुनसहित पक्राउ परेको प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले बताए । काठमाडौंबाट फर्कंदै गरेको भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा...