शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

समाचार

सर्वोच्च अदालतले यसरी गर्‍यो वकीलसँग सहमति

३० भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीले सर्वोच्च अदालत परिसरमा कालो पट्टी बाँधेर प्रदर्शन गरेको एक साता पनि बितेको छैन । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेका १७ वटा रीट एकसाथ खारेज गरेकोमा बारका पदाधिकारीहरुले कडा आन्दोलन गर्ने निर्णय गरेका सुनाएका थिए । तर, भदौ २७ गते बार र बेञ्चवीच अकस्मात् लिखित सम्झौता भएपछि...

युरोपेली युनियनल चुनावको पर्यवेक्षण गर्ने

३० भदौ, काठमाडौं । युरोपेली युनियनले आगामी संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्ने भएको छ । निर्वाचन आयोग र युरोपली युनियनबीच पर्यवेक्षण मिसन खटाउने समझदारी भएको हो । समझदारी पत्रमा युरोपेली युनियनकातर्फबाट राजदूत अलेक्जेण्डर स्पाचिज र आयोगका सचिव नरेन्द्र दाहालले हस्ताक्षर गर्नु भएको छ । आयोगको नीति, कार्यविधि र निर्धारित आचार संहिथाको पालना गर्दै मिसनले निर्वाचन...

बन्दूक बनाउने मेशीनसहित दुई पक्राउ

३० भदौ, वीरगञ्ज । पर्सा प्रहरीले आइतबार राति हतियार बनाउन प्रयोग हुने मेशीन र हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राऊ परेका व्यक्तिले कटुवा पेस्तोल बनाएर १२ हजारमा विक्री गर्दै आएको प्रहरीलाई वयान दिएका छन् । पक्राउ पर्नेमा बागेश्वरी तित्रौना गाविस-४ का ५५ वषर्ीय फूल महम्मद मिया र सबैठवा-५ का अजीज मिया रहेका छन् ।...

सपना मल्ललाई एमालेको समानुपातिक उम्मेदवार बनाउन सिफारिस

३० भदौ, काठमाडौं । नेकपा एमालेको संविधानसभा संसदीय विभागले कानुनवि एवं महिला अधिकारकर्मी सपना मल्ल प्रधानसहित ३ जनालाई समानुपातिकको उम्मेदवार बनाउन सिफारिस गरेको छ । संसदीय विभागको आइतबार बसेको बैठकले पूर्वसभासद्हरु सपना प्रधान मल्ल, शान्तिदेवी चमार र सोनाम छेजुङ लामाको नाा सिफारिस गरेको सचिव रामनाथ ढकालले जानकारी दिनुभयो । महिलाहरुको बढी भन्दा बढी संविधान...

माओवादी चुनावमा आउनेमा शंका : नेपाल

३० भदौ, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी चुनावमा आउनेमा अझै शंका रहेको बताउनु भएको छ । कार्यकर्तासँग भेटघाटका लागि नगरकोटमा नेता नेपालले माओवादी चुनावमा आउने पक्का भए उसले राखेको मागमा बृहत् छलफल गरेर सहमतिमा जान सकिने बताउनु भयो । उहाँले भन्नुभयो नेपालले भन्नुभयो-‘माओवादी आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनमा...

एमाओवादी निर्वाचन हुन नदिने षड्यन्त्रमा : ओली

३० भदौ, चितवन । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत माओवादी निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । काठमाण्डौ र्फकने क्रममा आइतवार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले नेकपा -माओवादीलाई निर्वाचन विरोधीको बिल्ला भिराएर एमाओवादी निर्वाचन हुन नदिने खेलमा लागेको बताउनुभयो । “ देशलाई फेरि हिंसामा लान खोज्ने तथा जालझेल दुष्प्रयास...

बुद्ध जन्मस्थल २ हजार वर्ष पहिल्यै टुंगिएको हो : भारतीय दूतावास

३० भदौ, काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भगवान गौतम बुद्धको जन्मस्थल कहाँ हो भन्ने विषय २ हजार वर्ष पहिले नै टुंगो लागिसकेको बताएको छ ।बुद्धको जन्मस्थलबारे विवादास्पद भनाइहरु आइरहेका बेला भारतीय दूतावासले आफ्नो टि्वटरमा बुद्धको जन्मस्थलबारे २ हजार वर्ष पहिल्यै टुंगो लागिसकेको प्रतिक्रिया दिएको हो । ‘वुद्ध कहाँ जन्मिएका थिए भन्ने प्रश्न २ हजार...

भारत, जापान र म्यामारका कूटनीतिज्ञसंग रेग्मीको भेट

३० भदौ, काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आइतबार भारत, जापान र म्यानमारका कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । दुई दनिे नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशसचिव सुजाथा सिंहसँग दुईपक्षीय हितका विषयमा रेग्मीले आइतबार छलफल गर्नुभयो । त्यसैगरी नेपाल भ्रमणमा रहनुभएका जापानी पूर्वप्रधानमन्त्री पनि आइतबार सिंहदरबारमा अध्यक्ष रेग्मीसँग भेट गर्नुभएको छ । अध्यक्ष रेग्मीसँग आजै नेपालका...

माग पूरा भए चुनावमा जान्छौँ : विप्लव

३० भदौ, अर्घाखाँची । नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आफूहरुले अघि सारेका माग सम्बोधन भए मंसिर ४ का लागि तोकिएको निर्वाचनमा जान तयार रहेको वताउनु भएको छ ।...

केशव स्थापित काठमाडौं ६ बाट एमाले उमेद्वार

३० भदौ, काठमाडौं । नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनमा काठमाडौंका पूर्वमेयर केशव स्थापितलाई काठमाडौं ६ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । एमाले उपत्यका समन्वय कमिटीले क्षेत्र नम्बर ६ को प्रत्यक्षको उम्मेदवारका लागि स्थापितसहितको नाम पठाउने तयारी गरेको हो । ‘उहाँको नाम पनि आएको छ’ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-‘आजै केन्द्रमा सिफारिस गर्छु ।’...

पोखरामा चीनले कन्सुलेट कार्यालय माग्दा भारतलार्इ टाउको दुख्यो

३० भदौ, काठमाडौं । गौतम बुद्ध भारतमा जन्मिएको भनेर भारतीय सञ्चार माध्यमले भ्रम फैलाएका भन्दै नेपालमा विरोध भइरहेका छ । यही बेला आइतबार एउटा भारतीय सञ्चार माध्यमले पोखरामा चीनले वाणिज्य दूतावास बनाउन लागेकोमा चिन्ता जाहेर गरेर आफ्नो ‘बडे भाइ’ चरित्र देखाएको छ । भारतीय पत्रिका इण्डियन एक्सप्रेसको ‘द सन्डे स्ट्याण्डर्ड’ ले लेखेको छ, ‘चीनले...

मानव अधिकार आयोग आजदेखि रित्तियो

३० भदौ, काठमाडौं । संविधानसभा चुनावका बेला महत्वपूर्ण भूमिका खेल्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोग आजदेखि पदाधिकारीविहीन बन्ने भएको छ । आयोगका अध्यक्ष र सदस्यहरुको ६ वर्षे कार्यकाल सकिने भएकाले आजदेखि आयोग रित्तो बन्न लागेको हो । आयोगका अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यहरु राम नगिना सिंह, गौरी प्रधान, लीला पाठक र केबी रोकायाको ६ वर्षे...