शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

विचार

अधिकारी दम्पतीको अनशन र मानवअधिकार

युद्ध अपराधमा वेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको बहसमा मात्रै ५ करोड छुट्याउन सक्ने नेपाल सरकारले स्वर्गीय कृष्णप्रसाद अधिकारीको परिवारलाई चित्तबुझ्दो ढंगबाट न्यायको प्रत्याभूति दिन नसक्नु दुखद पक्ष हो । न्यायको अभियान निरन्तर चलिरहँदा ढिलो चाँडो अन्यायमा परेकाले अवश्य न्याय पाउँछन् ।...

‘दोस्रो राष्ट्रपति’ र ‘भावी प्रधानमन्त्री’ को खोजी

आगामी चुनावपछि नेपालको प्रधानमन्त्री को बन्ला ? प्रचण्ड, झलनाथ, सुशील, गच्छदार या अन्य ? भावी राष्ट्रपति को बन्ला ? कि पाँच वर्ष कटेका रामवरण यादवलाई नै निरन्ततरता दिइने छ ? गिरिजाको निधनपछि 'राजनेता'को अग्लो कद भएका नेताहरुको अभाव जनताले महसुस गरिरहेका छन् । राजनेता हुनलाई गिरिजासँग एउटै कागजमा सही गर्नुमात्र पर्याप्त हुँदैन ।...

ई-चोरहरुको बिगबिगीबाट बच्ने उपाय

पछिल्लो समय नेपालमा केही पब्लिक फिगर भएका व्यक्तिहरुको इमेल ह्याक भएपछि इन्टरनेटमार्फत हुने रकम ठगीले चर्चा पाएको छ । इन्टरनेट ठगीका विभिन्न तरिकामध्ये यो परम्परागत र कमजोर तरिका हो । योभन्दा आधुनिक र जटिल प्रकृतिका ठगी तरिकाहरु प्रचलनमा आइसकेका छन् ।इन्टरनेटको माध्यमबाट ठगी एवं चोरी गर्ने ई-चोरहरुले कुनै विधिबाट अरुको इमेल आइडी र पासवर्ड...

एमाओवादीले यसरी गर्‍यो चुनावी सर्वेक्षण

संविधानसभाको निर्वाचनका बारेमा मानिसहरुको दिमागमा विभिन्न चित्र कोरिएका छन् । कतिपयले माओवादीको स्थान निकै कमजोर आँकलन गरेका छन् । कतिपयले अघिल्लो चुनावमा जसरी नै त्यही १५/२० सिट भनेका छन् । हाम्रै पार्टीभित्र पनि कुनै कुरा आफूलाई मन परेका बेला पार्टीले दुई तिहाइ ल्याउँछ भन्न पनि भ्याइहाल्ने साथीहरु आफूलाई मन नपरेका बेला वा आफूलाई अनुकूल...

मधेशको जमिन्दारी र हरुवा-चरुवा

जमीनदारहरुले हरुवाहरुलाई बाँच्नका लागि मात्र ज्याला दिएका हुन्छन् । त्यसले उनीहरुको पेट त भर्छ तर अरु कुनै काम गर्न सक्दैन । जस्तैः छोराछोरीलाई राम्रो लुगा फाटा दिने, चाडपर्व मनाउने, औषधी उपचार गर्ने यी कुनै काम गर्न हरुवाले पाउने ज्यालाबाट सम्भव हुँदैन । हरुवा चरुवाको ज्याला जमिनदार हेरी हेरी तय हुन्छ । तर प्रायः हरुवाही...

अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी

सानैदेखि औपचारिक अध्ययनसहित बाहिरी बौद्धिक क्षमतामा उत्कृष्ट ठहरिंदै आएका रामेश्वर खनाल ०६७ चैतसम्म समकालीन निजामती सेवामा सबैभन्दा बढी विषयगत ज्ञान र निर्णय क्षमता भएका सचिव थिए । पर्याप्त समाजशास्त्रीय ज्ञानको अभावका बाबजुद राजनीतिज्ञ र कर्मचारीको तुलनामा सरकारी निकायमा बसेर गर्नुपर्ने कामको सम्बन्धमा उनमा सबैभन्दा बढी ज्ञान थियो ।...

‘धोती’ र ‘खाते’ : सामन्ती साहित्य

धोती आफैंमा नराम्रो शब्द होइन । पहाडे बाहुनले खाना खाँदा मात्रै होइन, अनेक शुभ कर्ममा धोती नलगाई धर पाउँदैन । अझ आसौच बार्दा त राष्ट्रिय पोशाकरुपी सुरुवाल लाउन पाइन्न, १३ दिनसम्म धोतीकै भरमा इज्जत धान्नुपर्छ । 'खाते' भन्ने शब्दको बाहिरी अर्थ सडक बालबालिका भन्ने बुझिन्छ । ती सडक बालवालिका निर्दोष र अबोध छन् ।...

संविधान सभा-२ र कथित राष्ट्रवादीहरु

संविधान सभा-२ को तयारी तिब्ररुपमा अगाडि बढिरहेको छ । आफ्नो पार्टीलाई कसो गरी सजिलो हुन्छ भनेर सोच्ने र त्यसतर्फ उद्दत हुने कुरा त स्वाभाविक मान्नुपर्छ । अघिल्लो संविधानसभा कम्युनिस्टमय बनेको थियो । कम्युनिष्टहरुले दुइतिहाइ मत प्राप्त गरेका थिए । राष्ट्रपति आफ्नो बनाउन चुके पनि ४ थान कम्युनिस्ट प्रधानमन्त्री दिन उनीहरु सफल रहे ।...

संसारभरिको एनआरएनमा विवादै विवाद

विश्वभर आफ्नो सञ्जाल रहेको गर्व गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रभित्रै मक्किसकेको छ । गुट फूटको राजनीतिक, जातीय, क्षेत्रीय प्रभावले गाँजेको एनआरएनको विवाद अहिले आएर छताछुल्ल भएको हो । अधिकांश नेपालीहरुको बाहुल्य रहेका देशहरु जापान, अमेरिकालगायत युरोपका देशहरु बेलायत, जर्मन, बेल्जियममा एनआरएन विवादित बनेको छ । उच्च शिक्षाका लागि अध्यय...

एमालेको ‘ले’ र लेनिनवादको सान्दर्भिकता

एमालेको नाममा भएको 'ले' को अर्थ नै 'लेनिनवाद' हो । यदि लेनिनवादलाई मार्गदर्शक सिद्धान्त नमान्ने हो भने पार्टीको नाम चाहिँ लेनिनवादी नै राखिरहनु सान्दर्भिक हुँदैन । त्यस्तोबेला पार्टीको नाम फेर्नुपर्ने हुन्छ । चुनावी दृष्टिकोणले 'एमाले' शब्द जनसमुदायमा व्यापारिक 'टे्रड मार्क' झैं स्थापित भइसकेको हुनाले नाम फेर्दा परिचयमा समस्या आउन सक्छ ।...

फिरङ्गीहरुले बेलायतको भिसा नदिएपछि…..

खासगरी मेरा मित्र प्रकाश राना र गोरखा सैनिक आवाजका अतिथि सम्पादक नरेश खपाङ्गी मगरले बेलायत आउनैपर्छ भनेर मलाई उक्साएका थिए । उहाँहरू दुबैको कुरो थियो, 'तपार्इ रात दिन 'गोरखा-गोरखा' भनेर लाग्नुभएको छ, कम्तिमा एकपटक बेलायत आएर गोरखाहरूको बारेमा रिपोर्टिङ गर्नुहोस्, नत्र तपाइर्ंको 'गोरखा पत्रकारिता' अपुरो हुनेछ ।'...

परदेशीहरुले अब युद्ध गर्नुपर्छ

गत वर्ष नेपालमै रहँदा भर्खरै दुबईबाट छुट्टीमा आएको साथीले भन्यो, ‘श्यामे (नाम परिवर्तन) ले त एकदम प्रगति गरेछ नि ।’ मैले केही सोध्न नपाउँदै उसले फेरि थपिहाल्यो, ‘बजारमै ड्याम्म गजबको घर बनाएको रै’छ । उसको दाजु पनि ठूलै ठाउँमा गएको रै’छ, आफू पनि ठूलै ठाउँमा छ ।’ सुनेर त्यतिबेला फिस्स हाँसेँ । जीवनमा सफलता...