मंगलबार, ११ माघ, २०७३
OnlineKhabar.com

विचार

नेपालले चिनियाँ सिंहको चुनौती सामना गर्दा

नेपाल औंलामै गन्न सकिने प्राचीन देशहरुमध्येको एक भाग्यशाली देश हो । विश्वका धेरै जसो र दक्षिण एसियाका अरु सबै देशले कुनै न कुनै कालमा आफ्नो सार्वभौमसत्ता विदेशीलाई सुम्पन बाध्य हुनु परेको थियो । विशाल र शक्तिशाली चीन र भारतका बीचमा हुँदाहुँदै पनि नेपालीहरुले भने आफ्ना उत्कृष्ट पराक्रम र सुझबुझपूर्ण कूटनीति मार्फत यो देशलाई शताब्दीयौंदेखि...

युवाजति खाडीमा जोतिने, बुढालाई जागिर खानै नपुग्ने ?

हातभरि ठेला, चर्को कामले असिनपसिन देखिने अनुहारको फोटोसहित एक मित्रले सामाजिक सञ्जालमा स्टाटस लेखेे, ‘हामी युवा खाडीमा पसिना बगाइरहेछौं, उमेरले सकुन्जेल यसैगरी पसिना बगाउँछौं । हाम्रो देशका बुढापाका कर्मचारीको उमेर थपेको थप्यै गर सरकार ।’ यो आक्रोशको एउटा उदाहरण मात्र हो । सरकारले निजामती कर्मचारीको उमेरहद बढाउन लागेको समाचार आएपछि यस्ता आक्रोश निकै सुनिन...

इले, वीरे, एमाले र पिस्कर

संक्रान्ति मानी डाडा है पारी जुन पनि लुकेछ, अध्याँरो बिच महादेव थानमा बन्दुक भुकेछ ३३ वर्ष पहिले जनवादी गायक जेबी टुहुरेले पिस्करमा भएको दमनको सम्झनामा यो गित गाएका थिए । पिस्कर हत्याकाण्ड भएको ३३ वर्ष पुगेको छ । यो ३३ वर्षमा मुलक पञ्चायती कालरात्री, बहुदलहुँदै गणतन्त्रसमम आइपुगेको छ । पिस्कर हत्याकाण्डलेे नेपाली राजनीतिक रङ्गमञ्चमा...

मधेसीको अस्तित्व स्विकार्न ढिलाइ किन ?

चितवनको कैलाशनगरबाट भरतपुर जानको लागि बस मोडिँदै गियो । बसलाई मोडिने ठाउँ दिन कुनातिर च्यापिएका चार पुरुषलाई चालकले उल्टै गाली गरे, ‘बाटो हेरेर हिँड्ने गर् **, नत्र जालास् नि सीधै माथि !’ चारै जना कपाल फुलिसकेकाअधबैंशे थिए । चालकले त्यति थर्काइसकेपछि हामीतिर हेरेर यसरी हाँसे, मानौं उनले जिन्दगीको उच्चतम उपलब्धि भर्खरै हासिल गरे ।...

सिउँदो पखालिन कहिले रोकिन्छ सरकार ?

आदरणीय नेतागण नमस्कार ! दश वर्ष भयो देशमा गणतन्त्र आएको । डेढ वर्ष हुन लाग्यो संविधानसभाबाट संविधान घोषणा भएको । सरकार बन्ने–भत्कनेको त कुरै नगरौं । यसबीचमा प्राय:तपाईंहरू सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको पूरा भएको हुनुपर्छ । किनकि, सरकार बनाउन र भत्काउन सायद संसारकै च्याम्पियन हुनुहुन्छ तपाईहरू । तर, नेतागण, देशले के पायो...

निजामती सेवाप्रति किन खस्किँदै छ जनविश्वास ?

निजामती सेवा सरकारलाई जनता समक्ष पुर्‍याउने माध्यम हो । जनस्तरमा काम गर्ने भएकोले यसलाई स्थायी सरकार तथा स्थायी कार्यकारिणी पनि भनिन्छ । प्रचलित कानूनको पालना गर्दै सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । त्यसैले भन्ने गरिन्छ, कुनै पनि देशको निजामती सेवाभन्दा त्यहाँको सरकार राम्रो हुनै सक्दैन...

राष्ट्रिय गौरवका आयोजना र सन् २०३० को नेपाल

नेपालले सन् २०३० सम्म आफूलाई अति कम विकसित मुलुकहरूको सूचीबाट मध्यम आय भएको विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य उच्च र दिगो आर्थिक वृद्धिदरबाट मात्र सम्भव छ । र, यसका लागि राष्ट्रिय गौरबका आयोजनाहरु निर्धारित समयमै सम्पन्न गर्नैपर्छ, जसबाट मुलुकको समृद्धिको बलियो जग निर्माण हुन्छ । अहिले विकासको तीब्र...

फाष्ट ट्रयाकको चुनौतीः भूगर्भीय जोखिम हुन सक्छ

राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरी सरकारले झण्डै आठ वर्षअघि यसको विकासका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत विकासकर्ता खोजेको थियो । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा यस विकास गर्ने योजनासहित सन् २००८, २०१० र २०१४ गरी तीनपटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए । यसबीचमा विभिन्न सरकारले आफ्ना बजेट देखि नीति र योजनामा...

पृथ्वीनारायणलाई कस्तो आँखाले हेर्ने ? श्याम-श्वेत कि खैरो ?

नेपालमा पुस २७ गतेको सेरोफेरोमा हरेक वर्ष पृथ्वीनारायण शाहलाई हेर्नेबारेमा दुई भिन्न धारहरु देखा पर्छन् । ती धारहरुको निरन्तर टकरावले सधैं एकप्रकारको अनिश्चितता सिर्जना गर्दछ । उनले गरेका काम र त्यसका सकारात्मक-नकारात्मक परिणामको बारेमा निरन्तर प्राज्ञिक बहस आवश्यक छ । तर, राज्य सधैंभर यसरी अनिश्चितता रुमलिनु हुँदैन । विश्वमा साम्राज्यको चरित्र तात्कालीन गोरखा सामाज्यका...

बेइजिङले दिल्लीलाई एक इञ्च पनि दिएन

चीनसँगको सम्वन्ध विस्तारै कमजोर हुँदै जाँदा भारतको बेइजिङसँगको सहकार्यको आधारभुत विश्वासलाई निरन्तरता दिन कठिन हुने देखिन्छ । दिल्लीले लामो समयदेखि बेइजिङसँग आफ्नो केही विश्वव्यापी साझा चासो रहेको र दुईपक्षीय मतभिन्नताको वीचमा पनि त्यसलाई अगाडि बढाउनुपर्ने बताइरहेको छ । तर, सन् २०१६ मा घटेका तीन बहुपक्षीय घटनाक्रमले त्यो लगातारको भ्रमलाई टुक्रा-टुक्रा पारिदिएको देखिन्छ । बेइजिङ...

पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेकै थिए ?

राजनीतिक परिवर्तन समयको माग हो । परिवर्तन भए पनि मान्छेले कतिपय अवस्थामा पुरानो कुरा बिर्सिन्छ । अर्कातिर, इतिहासलाई तोडमोड गर्ने, उपेक्षा गर्ने र वस्तुगत विश्लेषण नगरी कृतघ्न हुने प्रवृत्ति पनि हामीकहाँ छ । पृथ्वीनारायण शाहको सन्दर्भमा यही कुरा भएको छ । पछिल्लो समयमा पृथ्वीनारायणमाथि लगातार आक्रमण भएको पाइन्छ । उनी राष्ट्रनिर्माता हुन् कि होइनन्...

ठेलमठेल यातायात

विसङ्गति एक काठमाडौंको चावहिलमा कपन जाने दुईथरी बस पाइन्छन् । ठेलमठेल हुन्जेल यात्रु कोचिए पनि उही कम्पनीको अर्को बस नआई ती गुड्दैनन् । मानौं ती गुड्नलाई बनेकै होइनन् । ती बस चढ्नुभो भने सिट पाए त ठीकै हो, आरामसँग बस्न पाउनुहोला । नत्र अर्को गाडी नआउन्जेल उभिएर ठेलिएको ठेलियै,खाँदिएको खाँदियै । एक घण्टासम्म पनि...