शनिबार, १२ चैत, २०७३
OnlineKhabar.com

प्रवास

नार्कोसी डटकमले थाल्यो भिडियोमा अाधारित सेवा

अस्ट्रेलिया । काठमा नार्कोसी डटकमले  इन्टरनेटमा पहुँच भएका विश्वभरिका एक करोड नेपाली भाषीलाई सहयोग पुग्ने हेतुले  नयाँ उत्पादन सार्वजनिक गरिएको छ ।   हालै नेपाली भाषाका  श्रब्य दृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रबिधि तयार गरिएको छ । http://www.narkosi.com/videos लिन्कमा गएर भिडियोहरु हेर्न सकिनेछ । यस अघिनै नेपाली भाषाका रेडियो हरु पनि नार्कोसी डट कममा सुन्न...

बोस्टन म्याराथनको आधिकारिक फोटो पत्रकारमा बिमल नेपालको नियुक्ति

वाशिंगटन डीसी । डेढ दशकदेखि अमेरिकाको बोस्टनमा बस्दै आएका नेपाली मूलका फोटोपत्रकार बिमल नेपाललाई बोस्टन म्याराथन दौड-२०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त गरिएको छ । सामाजिक सञ्जालमा उनले आफू बोस्टन म्याराथनको आधिकारिक फोटोग्राफर भएको पुष्टि गरेका छन् । बोस्टन बिश्वबिद्यालयबाट फोटोग्राफी अध्ययन गरेका नेपाल सम्भवतः बोस्टन म्यराथनमा आधिकारिक फोटो पत्रकार हुने एकमात्र...

हेमन फाउण्डेसनले दुबईमा साँस्कृतिक कार्यक्रम गर्ने

दुबई । ‘अँध्यारोबाट उज्यालोतिरको यात्रा, शिक्षाको लागि सांगीतिक अभियान’ लिएर हेमन फाउन्डेसनले दुबईमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गायक हेमन मोक्तान, गायिका मल्लिका कार्की र नायिका रजनी केसीको धमकेदार प्रस्तुति रहनेछ । उनीहरुलाई युएईमा कार्यरत नेपाली कलाकारहरुले पनि साथ दिने आयोजकले बताएका छन् । अनाथ, असहाय तथा विपन्न बालबालिकाहरुको शिक्षा सहयोग...

यी हुन् फिनल्याण्डको स्थानीय निर्वाचनमा भिड्न लागेका नेपालीहरु

११ चैत, हेल्सिन्की । फिनल्याण्डमा आगामी अप्रिल ९ मा हुने स्थानीय निर्वाचनमा चार जना नेपालीहरु चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरक– फरक पार्टीको प्रतिनिधित्व गर्दै फरक–फरक शहरबाट चुनाबी मैदानमा उत्रिएका हुन् । फिनल्याण्ड भन्नासाथ धेरै मानिसहरुको जिउ लगलग काम्न थाल्छ । झट्ट  सुन्दा माइनस ४०–५० डिग्रीसम्म हुने चिसो, ६ महिना घामै देख्न नपाइने देशमा...

गाडीमा स्टिकर टाँस्दै बेल्जियममा सुरु भयो नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम

बार्सिलोना ।  बेल्जियममा बसोबास गर्ने नेपालीहरुको सबारी साधनमा नेपालको पर्यटन प्रवद्धनात्मक पोष्टरहरु टाँसी “नेपाल भ्रमण वर्ष–युरोप २०१७” को अभियान सुरु भएको छ। युरोपेली पर्यटकहरु नेपाल भित्राउने लक्ष्य सहित सवारीसाधनहरुमा प्रवर्द्धनात्मक पोष्टरहरु टाँस्दै बेल्जियममा पनि अभियान सुरु भएको हो। युरोपेली युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले सबारी साधनमा पोष्ट टाँस्दै अभियानको औपचारिक सुरुवात गरे।...

सगूनमा लगानी गर्ने देशहरुमा अष्ट्रेलिया तेस्रो

सिड्नी । अमेरिकाबासी नेपालीहरुले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगूनको शेयरमा अष्ट्रेलियाबाट उत्साहजनक लगानी भएको छ । सगूनमा लगानीको आधारमा अष्ट्रेलियाबासी तेस्रो स्थानमा रहेको सगूनका अष्ट्रेलिया संयोजक खेमराज पंगेनीले जानकारी दिए । लगानीका आधारमा अमेरिका पहिलो र दक्षिण कोरियाबासी दोस्रो स्थानमा छन् । सगूनले गत फेब्रुअरी ९ देखि मिनी आईपीओमार्फत विश्वभरका सर्वसाधारणका लागि शेयर बिक्री...

डेनमार्कमा सक्रिय हुँदै नेपाली दिदीबहिनी

कोपनहेगन । डेनमार्कमा नेपालीहरुको आगमनसँगै यहाँको विविध क्षेत्रमा उनीहरुको सहभागिता र सक्रियता बढ्दो छ । यो क्रम नेपाली महिलाहरुमा पनि देखिन्छ । विद्यार्थीको रुपमा डेनमार्क आएर स्टाफ नर्स, सेफ, केयर गिभरको रुपमा जमेका महिलाहरुको संख्या उल्लेख्य छ । डेनमार्कमा रहेका नेपाली महिलाहरुलाई एउटै छातामा गोलबद्ध पारेको ‘क्रिएटिभ नेप्लिज वुमेन इन डेनमार्क’ नामक संस्थाले  हालै...

यम बरालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

अमेरिका । गायक यम बरालको स्वर तथा सङ्गीत रहेको ‘मेरो बदनाम गर्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा अमेरिकामा व्यवसाय गर्दै आएका अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टी राम लामा ‘अविनाशी’ को शब्द छ । आपसी सम्बन्धमा शङ्काले कसरी फाटो ल्याउँछ भन्ने विषय गीतमा प्रस्तुत...

नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड नियुक्त

९ चैत, काठमाडौं  । नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड नियुक्त भएका छन् । हालका राजदूत ग्लेन ह्वाइटको कार्यकाल सकिनुभन्दा ९ महिना अघि नै पिटर बडलाई नेपालका लागि नयाँ राजदूत तोकिएको हो । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएकी छन् र पिटर बडको कार्यकालमा नेपाल-अष्ट्रेलिया सम्बन्ध अझ सुदृढ बन्ने विश्वास...

अष्ट्रेलिया अवार्ड्स स्कलरसिप सकेर आएकाहरुलाई काठमाडौंमा स्वागत

९ चैत, काठमाडौं । अष्ट्रेलिया अवार्ड्स स्कलरसीप पुरा गरेर अष्ट्रेलियाबाट हालै फर्किएका २७ पूर्वविद्यार्थीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वागत गरिएको छ । अर्थ मन्त्रालयका उपसचिव डा. रामप्रसाद मैनाली र काठमाडौंस्थित अष्ट्रेलियन राजदूतावासकी विकास सहकार्य प्रमुख एनस्लेइ हेम्मिङले ‘वेल्कम होम एन्ड रिइन्ट्रिगेसन वर्कसप’ मा उनीहरुलाई औपचारिक स्वागत गरेका हुन् । अष्ट्रेलिया अवार्ड्स भनेका अष्ट्रेलिया सरकारको...

खाडीमा रहेका नेपालीको अवस्था बुझ्न संसदीय समिति साउदी अरवमा

रियाद । सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भएको काम कारबाहीको अनुगमन र मुल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबका विभिन्न शहरहरुमा स्थलगत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । साउदी अरब लगायत मध्यपूर्वका विभिन्न देशहरुमा नेपाली कामदारहरुले अनेक समस्या झेल्दै...

सगुनको सेयर निस्कासन मार्च २७ बाट बन्द हुँदै 

काठमाडौं । नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्स नेटवर्क कम्पनी सगुनले सर्बसाधारणका लागि निस्कासन गरेको मिनी आइपिओ आगामी मार्च २७ देखि बन्द गर्ने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार सगुनको मिनी आइपिओ खुले यता सेयरका लागि १ हजार ७ सय जनाभन्दा बढीले करिव २० लाख डलर बराबरको सेयरका लागि आवेदन गरेका छन् ।...