शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

प्रवास

न्यूयोर्कमा सामाजिक अभियन्ता डा.परियार सम्मानित

 १७ जुलार्इ, न्यूयोर्क । न्यूयोर्क शहर ब्रूकलिन बोरोह अध्यक्षद्वारा सामाजिक अभियन्ता डा। विष्णुमाया परियार सम्मानित भएकी छिन्। परियारलाई अध्यक्ष एरिक एल एडम्सले एक कार्यक्रममा सम्मान गरेका हुन् । समुदायमा विशिष्ट योगदान तथा अनुकरणीय नेतृत्व प्रदान गरेकोमा उनलाई सम्मान गरिएको छ । उक्त पुरस्कार पाकिस्तानी अमेरिकन युवा समाज ब्रुकलिन न्यूयोर्कले आयोजना गरेको सामुदायिक सम्मान पुरस्कार...

कोलोराडोमा नेपालीहरुको समर पिकनिक (तस्वीरसहित)

१६ जुलाई, कोलोराडो । अमेरिकाको कोलोराडोमा रहेका नेपालीहरुवीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले समर पिकनिकसंगै विभिन्न कार्यक्रम गरिएको छ । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा अमेरिकाका लागि नेपालका राजदुत डा.अर्जुन कार्कीको प्रमुख आतिथ्यता र स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङ, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल, उपाध्यक्ष रामसी पोख्रेल...

सिर्जना वाचन डबलीको सातौं शृंङ्खला

१६ जुलाई, यूएई । सिर्जना वाचन डबलीको सातौं शृंङ्खला अबुधाबीमा सम्पन्न भएको छ । अबुधाबीको फेब्रेट्स रेस्टुरेन्टमा आयोजना भएको कार्यक्रममा युएईका ४५ जना साहित्यानुरागीहरुले आआफ्नो रचनावाचन गरी आदिकवि भानुभक्त आचार्यको सम्झना पनि गरेका छन् । हरेक दुई महिनामा विभिन्न सहरमा पालैपालो आयोजना हुने कार्यक्रमको सातौं शृंङ्खलामा यसपालि नेपाली दूतावास काकार्यवाहक राजदूत नेत्रबहादुर टण्डन उपस्थित...

एडिलेडलाई घन्काएपछि नेपथ्य सिड्नीतर्फ

१६ जुलाई, एडिलेड । यस वर्ष अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत दोश्रो कन्सर्ट शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा सम्पन्न भएको छ । स्तरिय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरुको निम्ति विश्वमै प्रसिद्ध बरोसा भ्यालीसँग नजिकै रहेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो । सिड्नी र मेलबर्नको...

मोना कतारको भाग्यसाली चिट्ठाको नतिजा सार्वजनिक

१६ जुलाई, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सञ्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो । सस्थाका अध्यक्ष रमेस पौडेलेको सभापतित्व तथा मोना आईसिसीका सचिव रेशम शाहीको प्रमुख...

बेलायतमा नेपालीले पृथ्वी अवार्ड आयोजना गर्दै

१६ जुलाई, लन्डन । आरके सुवेदीले ‘पृथ्वी परिक्रमा अवार्ड २०७४’ बेलायतमा गर्ने भएका छन् । बक्स अफिस इन्टरनेसनल ग्रुप र बेलायतमै बस्दै आएका नेप्लिज आर्टिस एसुसेसन युकेका पूर्व महासचिव सुरेन्ऽप्रसाद श्रेष्ठको संयोजकत्वमा कार्यक्रम हुने भएको छ । विदेशमा बसेर देशको कला, संस्कृत र सामाजिक विकासको लागि योगदान गर्ने ५१ जनालाई आगामी नोभेम्बरमा लन्डनमा आयोजना...

सफल बन्यो एक्काको पहिलो अष्ट्रेलियन एजुकेसन फेयर

१६ जुलाई, काठमाडौं । अष्ट्रेलियामा रहेका नेपाली शैक्षिक परामर्शदाताहरुको संस्था अष्ट्रेलियन एजुकेसन कन्सलट्यान्ट्स एलाइन्स (एक्का)ले नेपालमा पहिलोपटक आयोजना गरेको एजुकेशन फेयर सफल भएको छ । एक्काले शुक्रबार र शनिवार काठमाडौैंको होटल अन्नपूर्णमा एजुकेसन फेयर आयोजना गरेको थियो । जहाँ ठूलो संख्यामा अष्ट्रेलियामा अध्ययन गर्न चाहाने विद्यार्थीहरुले परामर्श लिएका थिए । ‘हाम्रो पहिलो प्रयास नै...

एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न

१६ जुलाई, जेद्धा । एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न भएको छ । आगामी सेप्टेम्वरमा हुन गइरहेको एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन अगाबै सबै देशमा रहेका संगठित एनसीसी तथा आरसीसीहरू धमाधम अधिवेशन गर्ने क्रममा गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समिति साउदी अरबले पनि चौथो अधिवेशन सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रेवती रमन पौडेलले...

प्रवासमा भानुको सम्झना

१५ जुलाई, युएई – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४ औ जयन्ती युएईमा विविध कार्यक्रम गरी मनाइएको छ । २ दर्जन सृष्टाहरुले कविता, गजल, मुक्तक वाचन गरी भानुको सम्झना गरेका छन् । युएईका नेपालीहरुको जमघटको केन्द्र बरदुबईको सिराज लस्सी सेन्टरको हलमा नेपाली भाषा तथा साहित्यलाई माया गर्ने साहित्यानुरागीहरुले भानुभक्तको तस्वीरमा फूल तथा अविर चढाए...

कतारमा मनाइयो भानु जयन्ती

आदिकवि भानुुभक्त आचार्यको २०३ अाैं  जन्मजयन्ति कतारमा मनाइएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज, कतार शाखाले भान जयन्ती र अधिवेशन एकैपटक गरेको हो । ३० असारका दिन अन्तर्राष्ट्रिय साहित्य समाज, कतार शाखा तथा नवोदित साहित्यिक वाचनालय कतारले अनेसास नवोदित साहित्यिक वाचन श्रृंखलाको ७१ औं डबली दोहामा गरेको छ । नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष सिताराम थापाको...

न्यूयोर्क राष्ट्रसंघीय मञ्चमा बिष्णुमायाको नेपालको बालबिबाह सम्बन्धी प्रस्तुती

१४ जुलार्इ, न्यूयोर्क । न्यूजर्सीकी महिला सामाजिक कार्यकर्ता बिष्णुमाया परियार (बिद्या वारिधि)ले राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा आयोजित एक कार्यक्रममा नेपालमा हुने बलजफ्ती,बाल तथा दबाव मूलक बिवाह बारेमा प्रस्तुति गरेकी छिन् । उनले उक्त मञ्चमा बलजफ्ती, बाल तथा दबाव मूलक बिवाह उन्मूलन सम्बन्धी गोष्ठीमा दयनीय अवस्था बारेमा जानकारी गराइन् । उनले गत मंगलबार जुलाई ११ तारिख...

कोरियामा मृत्यु भएका उमेशको परिवारलाई ११ लाख सहयोग

१४ जुलार्इ, विराटनगर । डेउ नेपाली एकता समाज गजिदो दक्षिण कोरियाले दक्षिण कोरियामा मृत्यु भएका उमेशचन्द्र पौडेलको परिवार ११ लाख ६४ हजार ३ सय रुपैया आर्थिक सहयोग गरेको छ । डेउ नेपाली एकता समाज गजिदो दक्षिण कोरियाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी पौडेलका ६ वर्षीय छोरी युनिसाको पठनपाठनमा सहयोगका लागि उtm रकम प्रदान गरेको...