बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

प्रवास

राप्ती समाज जापानको संयोजकमा रेग्मी

टोक्यो । जापानमा रहेका राप्तीबासीहरुको टोकियोमा पहिलो सम्मेलन सम्पन्न भएको छ । आइतवार सम्पन्न भएको सम्मेलनले सर्बसम्मतीवाट संस्थाको नाम ‘राप्ती समाज जापान’ राखी आगामी दिनहरुमा आफ्ना गतिबिधी संचालन गर्ने जनाएको छ ।...

स्कटल्यान्डमा तीज बिशेष कार्यक्रम स्म्पन्न (फोटो फिचरसहित)

 स्कटल्यान्ड । स्कटल्यान्डमा सक्रिय रुपमा क्रियाशिल नेपाली संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एन्ड वेलफेयर (ओएनसिडब्लु) को आयोजनामा भब्य रुपमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा चर्चित लोक गायिका सुनिता दुलाल र स्कटल्यान्डका लागि नेपाली कन्सल जनरल श्रीमती सुनिता पोद्दारलाई जेष्ठ नागरिक श्रीमती सोमा घिमिरेले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो। कार्यक्रममा मन्तब्य ब्यक्त...

मलेसियामा अर्का नेपालीलाई १८ वर्ष जेल

२१ भदौ, क्वालालम्पुर । आफ्नै साथीको हत्या गरेको अभियोगमा मलेसियामा एक नेपालीलाई १८ बर्ष जेल सजायँ सुनाइएको छ । साहआलमस्थित उच्च अदालतले बिहीवार २५ वर्षीय नेपाली बिष्णुबहादुर कार्कीलाई १८ बर्षको जेल सजायँ सुनाएको हो । आफ्नै साथी किरणबहादुर श्रेष्ठको हत्यामा उनलाई दोषी किटान गरी जेल सजायँ सुनाइएको मलेसियाबाट प्रकाशित न्यू स्ट्रेट टाइम्स पत्रिकाले जनाएको छ ।...

अष्ट्रेलियामा प्रवासी भुटानी मिडिया फस्टाउदै

एडिलेड । तेस्रो मुलुक पुनर्वास संगै बढेको भुटानी डायस्पोरामा प्रवासी मिडियाको विकास पनि विस्तार हुने थालेको छ । नेपालमा शरणार्थी हुदा आर्थिक अभाव र प्राविधिक कमजोरीका कारण भुटानीमाझ मिडियाको महत्व त्यति बढी सकेको थिएन । केही जागरुकहरुले साना तिना मिडिया चलाए पनि समग्र शरणार्थीलाई त्यति महत्व थिएन । नेपाल रहदा शरणार्थी सन्देश, शरणार्थी सरोकार...

राष्ट्रपतिद्वारा लामिछानेलाई प्रवल जनसेवाश्री पदक प्रदान

२१ भदौ, काठमाण्डौ । गणतन्त्र दिवसका अबसरमा नेपाल सरकारले घोषणा गरेका बिभिन्न मान पदवी बुधबार प्रदान गरिएको छ । यसैक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष एवं उद्यमी जीवा लामिछाने प्रवल जनसेवाश्री पदकबाट बिभुषित हुनुभएको छ । बुधबार शितलनिवासमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादवले लामिछानेलाई पदकले बिभुषित गर्नुभयो । यसक्रममा राष्ट्रपति यादवले लामिछानेसहित १...

नासा-एन्मा नबौं संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न

न्युयोर्क । अमेरिकामा रहेका नेपालीहरुका दुई ठुला संस्था नासा र एन्माको नबौँ संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । साउथ क्यारोलीनाको स्पार्टनबर्गमा तीन दिन सम्म चलेको संयुक्त सम्मेलनमा अमेरिकामा रहेका आठ सय भन्दा धेरै नेपालीहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको छ । अमेरिकाको लागि नेपाली राजदुत डाक्टर शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न ...

बि.पी.जयन्ती भलिबल कपको उपाधि गल्कोट समाज बाग्लुङलाई

स्पेन । स्पेनमा भएको स्वर्गीय बिशेस्वरप्रसाद कोइरालाको १०० औं जयन्तीमा बि.पी. भलिबल कप खुल्ला प्रतियोगिताको उपाधि गल्कोट समाज बाग्लुङले जितेको छ । नेपाली जनसम्पर्क समिति स्पेनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रतिपादक स्वर्गीय बिशेस्वरप्रसाद कोइरालाको १०० औं जयन्तीको अवसरमा सोमवार भएको भलिबल कप खुल्ला प्रतियोगिताको उपाधि गल्कोट समाज बाग्लुङले जितेको हो ।...

विधान सम्मत अधिबेशन गर्नेले मान्यता पाउँछ : लामिछाने

मस्को । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समितिहरुमा देखिएको विवादमा केन्द्रले हस्तक्षेप नगर्ने बताउनु भएको छ । आइतवार एनआएन रुसको साधारणसभालाई सम्बोधन गर्दे उहाँले आईसीसीको विधान सम्मत रुपमा अधिबेशन सम्पन्न गर्ने राष्ट्रिय समन्वय परिषदलाई मात्र मान्यता दिने तर त्यो भन्दा पर गएर हस्तक्षेप गर्न मिल्दैन केन्द्रीय...

एनआरएन महासचिवमा कुमार पन्तको उम्मेदवारी

३ सेप्टेम्बर, काठमाण्डौ । आगामी अक्टुवरमा काठमाण्डौमा हुने गैरआवासीय नेपाली संघको छैटौं बिश्वसम्मेलन नजिकिदै गर्दा अन्तराष्ट्रिय समन्वय परिषद्का महत्वपूर्ण पदहरुमा उम्मेदवारी दिने क्रम बढेको छ । यसै क्रममा हाल युरोप क्षेत्रका संयोजक रहेका जर्मनी निवासी गैरआवासीय नेपाली कुमार पन्तले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पन्तले एक बिज्ञप्ति जारी गरी आफ्ना एजेण्डासमेत सार्वजनिक...

शहीद स्मृति स्कूल डोटीलाई नर्वेबाट आर्थिक सहयोग

ओस्लो ।  नेपाली जनप्रगतिशिल मन्च नर्वेले नेपालको दुर्गम जिल्ला डोटीमा रहेको श्री शहिद स्मृति आवाशीय विद्यालयलाई दुईलाख नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । श्रावण १० गते प्रतिष्ठानको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच मंचका महासचिव श्रीगोरख चन्दले शहिद प्रतिष्ठान नेपालका कार्यालय प्रमुख श्री कान्तिराम ढुंगानालाई नगद हस्तान्तरण गर्नु भएको थियो ।  उक्त...

एनआरएनए यूएईको दुबई, फुजिरा र अल ऐन क्षेत्रिय अधिवेशन सकिए

अबुधावी । महाधिबेसन मिति नजिकिदै गर्दा आफ्ना ३ वटा क्षेत्रीय समितिहरुको अधिबेसन एकैदिन सम्पन्न गरी एनआरएनए यूएईले सम्पूर्ण ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित गरेको छ । आगामी १३ सेप्टेम्बरका दिन हुन गइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको महाधिबेसनलाई लक्षित गरि संघले आफ्ना ७ वटै क्षेत्रीय समितिहरुको अधिबेसन गत शुक्रवार बाट समापन गर्यो...

एनआरएनमा महेन्द्र कंडेल निर्विरोध

लण्डन । धेरै जनमत र सदस्यसंख्या भएको गैर आवासीय नेपाली संघ युकेमा महेनद्र कंडेल निर्विरोध भएका छन् । निर्वाचन कार्यतालीका अनुसार डा. पुरुषोत्तम पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिले एकपक्षका उम्मेदवारहरुको टुंगो लगाएको छ ।  गत शनिबार निर्धारीत समयमा दुवै पक्षका शुभेच्छुकहरु छुट्टाछुट्टै उम्मेदवार छान्न भेला भएका थिए । साउथइष्ट लण्डनस्थित साउथ लण्डन कलेजमा एनआरएनए...