आइतबार, ८ फागुन, २०७३
OnlineKhabar.com

राष्ट्रिय समाचार

काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माण तत्काल थालौंः बाबुराम

८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको बताएका छन् । उनले भौतिक पूर्वाधारमा बढ्दो लगानी आवश्यक छ कि छैन भन्ने नभई पूर्वाधार सेवा उपलब्ध गराउन कसरी पुँजी लगानी परिचालन गर्ने र सदुपयोग गर्ने भन्ने विषयमा बहस हुन जरुरी रहेको बताए । नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल...

नेपाली क्रिकेट टोली शुक्रबार दिल्ली जाने

८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्याविरुद्धको खेलको तयारीका लागि नेपाली टोली यसैसाता दिल्ली जाने भएको छ । नेपाली टोली यही शुक्रबार दिल्ली जाने कार्यक्रम छ । नेपाली टोली नेयाडामा बस्ने र स्थानीय टोलीसँग तीन अध्यास खेल खेल्ने तय भएको छ । तर, कुन टिमसँग खेल्ने भन्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले तय...

विकास बजेट फ्रिज हुन दिन्नौँ – रक्षामन्त्री खाँण

८ फागुन, काठमाडौं। संसदीय समितिले विकास निर्माणका काममा नेपाली सेनालाई दिइने जिम्मेवारी प्रभावकारी रुपमा समयसीमाभित्र सक्नका लागि उच्च मनोबलकासाथ काम गर्न निर्देशन दिएको छ । व्यवस्थापिका–संसद् विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा रक्षामन्त्रालयका तर्फबाट नेपाली सेनाले सडकलगायत पूर्वाधार निर्माणमा गरिरहेको प्रगतिको समीक्षापछि समितिले उक्त निर्देशन दिएको हो । पूर्वाधार एवम् संरचना निर्माणमा नेपाली सेनाप्रति...

लेनदेन गरेको भेटिए मूल्य चुकाउन तयार छुः मन्त्री थापा

८ फागुन, चितवन । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो मन्त्रालयमार्फत हुने नियुक्ति लगायतका काममा कसैले पैसा लिएको पाइए त्यसको नैतिक जिम्मेवारी लिने बताएका छन् । उनले भनेका छन्, ‘मेरो मन्त्रालय मार्फत भएको कुनै पनि नियुक्ति लगायतको कुरामा पैसामात्र के एक गिलास पानी पनि लेनदेन भएको रहेछ भने पनि त्यसको नैतिक जिम्मेवारी मैले लिने हो, जतिसुकै...

रुपन्देहीमा प्रहरी चौकीमा ढुंगामुढा, प्रहरीको हतियार लुटियो

८ फागुन, भैरहवा । रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रको तनावग्रस्त बनेको छ । स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए । झडपको क्रममा प्रहरीको साथमा...

रकम अभावका बीच ४२ दिनमै मुसहर बस्तीमा आधा काम, दोश्रो तला उठाउन सुरु

८ फागुन, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माण डेढ महिना नपुग्दै आधा सकिएको छ ।पुस २५ गते महजोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) ले शिलान्याश गरेको बस्तीको ४२ दिनमै ५० प्रतिशत काम सकिएको हो । लामो समयदेखि अशिक्षा, बेरोजगारी तथा पिछडिएका यो बस्तीमा निर्माणधीन घरहरुको पहिल्लो तल्लाको काम सकिएको...

चीनलाई जोड्ने ‘सूपर हाइवे’ बनाउन पूर्व अर्थमन्त्रीको प्रस्ताव

८  फागुन, काठमाडौं । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको विकास गर्ने हो भने फास्ट ट्रयाक निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । इन्भेष्टमेन्ट समिटमा सम्बोधन गर्द पाण्डेले फास्ट ट्रयाक निर्माण ढिलाइ हुँदा विकासको बाटो पनि प्रभावित भएको बताए । ‘हामीले धेरैभन्दा धेरै आयोजनालाई प्राथमिकता राख्यौं तर काम गर्न सकेनौं, त्यसैले साँच्चै देशको बिकास गर्ने...

कमल थापाविरुद्ध प्रदीप विक्रमको उम्मेदवारी दर्ता

८ फागुन, काठमाडौं । राप्रपा महाधिवेशनमा कमल थापाविरुद्ध प्रदीप विक्रम राणाले उम्मेदवारी दर्ता गराएका छन् । उनी आफै महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रिय अध्यक्ष राणाको उम्मेदवारी दर्ता नम्बर २७ हो । राणामाथि दुर्व्यवहार कमल थापाले पार्टीलाई एकलौटी रुपमा चलाउन खोजेको भन्दै राणाले पत्रकार सम्मेलन गरी...

१७ सडक र महाकाली पुलका लागि भारतले दियो ‘नो अब्जेक्सन लेटर’

८ फागुन, काठमाडौं । भारतले आफ्नो ऋण सहयोगमा बन्ने १७ वटा सडक र महाकाली पुलका लागि टेण्डार गर्न ‘नो अब्जेक्शन लेटर’ दिएको छ । नेपाल भ्रमणमा रहेका भारतका केन्दि्रय रेलमन्त्री सुरेश प्रभुले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई भारतीय विदेश मन्त्रालयबाट आएको ‘नो अब्जेक्सन लेटर’ हस्तान्तरण गरे । अब भारतको आयात-निर्यात एक्जिम...

राप्रपा अध्यक्षमा कमल थापाविरुद्ध राणाको उम्मेदवारी घोषणा

८ फागुन, काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदीप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका हुन् । राणाले भने, ‘आज बिहानदेखि...

सरकारले भोलि स्थानीय चुनावको मिति घोषणा गर्ने

८ फागुन, काठमाडौं । सरकारले भोलि स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिनेछ । आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गरेको छ । र, भोलि नै चुनावको मिति घोषणा...

टेलिकमले एकैपटक माग्यो १५५ कर्मचारी, एनटीएमा पनि २७ पदमा खुल्यो जागिर

८ फागुन, काटमाडौं । नेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै टेलिकमले विभिन्न पदमा जागिर खुलाएको हो । टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ । टेलिकमलेले...