शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com

राष्ट्रिय समाचार

आगोमा जलेर ७ जनाको मृत्यु, मृतक ५ जना एउटै परिवारका

६ कात्तिक, काठमाडौं । भारतको राजस्थानमा एक पसलमा आगो लाग्दा एकै परिवारका ५ सदस्यसहित ७ जनाको मृत्यु भएको छ । राजस्थानको बाडमेर जिल्लाको बालोतरामा आगो लागेर ७ जनाको मृत्यु भएको हो । तिहारको बेला फेन्सी कपडा पसलमा पटाका समेत बेच्न राखिएको थियो । सोही पसलमा बुधबार मध्यराति आगो लागेको हो । आगो लागेको समयमा...

घरघरमा दीपावली गरेर लक्ष्मीपूजा पर्व मनाइँदै

६ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका...

क्यानडाको संसद भवन भित्रै गोली चल्यो

६ कात्तिक, काठमाडौं । क्यानडाको राजधानी ओटावास्थित संसद भवन भित्रै गोली चल्दा दुई जनाको मृत्यु भएको छ । मारिनेमा एकजना सुरक्षाकर्मी र एकजना गोली चलाउने व्यक्ति रहेका छन् । संसद भवन भित्र प्रधानमन्त्री स्टीफन हार्पर समेतको सहभागीतामा बैठक बसिरहेको थियो । एक्कासी गोली चल्न थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्रीे हार्पर र सांसदहरुलाईसुरक्षित बाहिर निकालेका थिए ।...

गोकर्णबाट विना निश्कर्ष फर्किए शीर्षनेता

अपडेट ५ कात्तिक, काठमाडौं । संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । ९ गते पुनः छलफलमा बस्ने सहमति गर्दै उनीहरू बैठकबाट उठेका छन् । संविधानमा सहमति जुटाउन गोकर्ण रिसोर्ट पसेका नेताहरु दुई दिनसम्म काग तिहार र कुकुर तिहार मनाएर रित्तो हात फर्किएका हुन् ।...

देशैभरि सुरु भयो देउसी भैलोको रौनक

५ कात्तिक, काठमाडौं । राष्ट्रिय पर्व तिहारको अवसरमा सिंगै देश देउसी भैलोमय बनेको छ । विद्युत प्राधिकरणको उर्दीलाई उल्लंघन गर्दै सहरभरि बत्तीको झिलिमिली देखिएको छ भने देउसी र भैलो खेल्ने क्रम सुरु भएको छ । लक्ष्मीपूजाको अघिल्लो दिन राजधानीका सडकमा बत्तीको झिलिमिली देखिन थालेको छ । बुधबार दिनभरि तिहारका सामाग्री किनमेल गर्नेहरुको भिडभाड देखिएको...

सिंहदरबारको चोरी प्रकरण : जसले बोल्यो, उसैलाई पोल्यो

५ कात्तिक, काठमाडौं । सस्तो लोकप्रियताका लागि जिम्मेवार पदाधिकारीले राज्यका जिम्मेवार निकायमा उपस्थित भएर जे पनि बोल्ने कि, प्रमाण पनि पेश गर्ने ? एमाले सभासद सुरेन्द्र पाण्डेले संसदको अर्थ समितिमा बुधबार प्रश्न उठाए । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेको जस्तै प्रश्न उठाउने सभासद कांग्रेसका चन्द्र भण्डारी र जगदीशनरसिंह केसी पनि थिए । उनीहरुको संकेत थियो शहरी...

गोकर्णको जंगलमा सहमति भएन, अब के हुन्छ ?

५ कात्तिक, काठमाडौं । गोकर्ण रिसोर्टमा आवासीय बैठक बसेर संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा रहेका तीन दलका शीर्ष नेताहरु असफल भएका छन् । ...

यस्ता छन् लेखा समितिले ठहर गरेका सुवास निरौलाका कर्तुतहरु

५ कात्तिक, काठमाडौं । पर्यटन बोर्डका कामु कार्यकारी प्रमुख सुवास निरौला अन्ततः कारबाहीमा परेका छन् । बोर्डमा व्यापक अनियमितता गरेको ठहर गर्दै उनलाई लेखा समितिले तत्काल निलम्बन गरेर कारबाही गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ ।...

राजधानीमा चारजना ‘डाका’ समातिए

५ कात्तिक, काठमाडौं । राजधानीको सोल्टीमोडमा दिउँसै डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका अनुसार मंगलबार काठमाडौं १३ निवासी ब्यापारी अजय शाह तुराहका रहेको १ लाख ३० हजार रुपैयाँ लुट्ने कार्यमा संलग्न चार व्यक्तिलाई उसै दिन प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाही हरिवनका ऋषिराम कडरिया,...

डिभिजन थ्रीमा नेपालको लक्ष्य उपाधि रक्षा : पारस

५ कात्तिक, क्वालालाम्पुर । युनाण्डासँगको खेलबाट नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि रक्षा यात्रा थाल्दैछ । बुधबार क्वालालाम्पुरमा आयोजित कप्टेन प्रेसमिटमा कप्तान पारस खड्काले श्रीलंका भ्रमणपछि नेपाली टीम राम्रो तयारीका साथ आएको बताए । उपाधि रक्षा नै नेपालको लक्ष्य भएको भन्दै उनले भने-राम्रो गर्न सक्ने क्षमता छ । चाहिएको बेला खेल्न सक्नुपर्छ...

मरुभूमिमा सास गयो, परिवारले लास पाएनन्

५ कात्तिक, काठमाडौं । ‘कि सास देऊ, होइन भने लास देऊ’ कुनै नागरिक मारिएपछि तीनका आफन्तले राज्यसँग माग्ने पहिलो चीज यही नै हो । नेपालमा बेकारी भएर विदेशमा पैसा कमाउन गएकाहरु दिनदिनै मरुभूमीमा मरिरहेका छन् । आफन्तले तीनका सास होइन, लासका लागिसमेत राज्यसँग गुहार माग्दा पनि पाउन सकेका छैनन् । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध...

कुकुरको पूजा वैज्ञानिक कि धार्मिक अन्धविश्वास ?

५ कात्तिक, काठमाडौं । हिन्दकुश सभ्यताको नेपाली समाजमा प्रकृति पूजक र पशुपन्छी पूजक समुदाय छन् । हिन्दू र बौद्ध सम्प्रदायको ९० प्रतिशत बढि जनघनत्व रहेको यो नेपाली समाजले आफ्ना प्रमुख चाडबाडमा आफूमात्र रमाइलो गर्दैन, घर पालुवा जनावरको पनि भरपूर सेवा सेवा गर्छ ।...