शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

राष्ट्रिय समाचार

४७ दिनसम्म हिउँमा पुरिएका ताइवानी युवकले अस्पतालमै मनाए जन्मदिन

१५ बैशाख, काठमाडौं । हिउँमा चिप्लिएर वेपत्ता भएको ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अस्पतालको शय्यामै २२ औं जन्मदिन मनाएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ताइवानी लियान सेङ यूले शुक्रबार जन्मदिन मनाएका हुन् । उनलार्इ जन्मदिनको शुभकामना दिन पर्यटन राज्यमन्त्री परशुराम तामाङ समेत पुगेका थिए । उनले चकलेट र चिज केट काटेर...

रसुवाको चुनावः एमाले एक्लै भिड्ने, माओवादी-कांग्रेस तालमेलको तयारी

१५ बैशाख, काठमाडौ । रसुवाका राजनीतिक पार्टीहरुले आगामी निर्वाचनलाई लक्षित गरी महत्वाकांक्षी चुनावी एजेण्डा अघि सारेका छन् । प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रले धुञ्चेदेखि गोसाइकुण्डसम्म केबुलकार बनाउने मुख्य एजेण्डा अघि सारेका छन् । उनीहरुले उक्त केबुलकार निर्माणपछि रसुवाको पर्यटन विकासमा दुरगामी असर पार्ने दावी गरेका छन् । त्यसैका लागि तीनै दलले...

एमालेकै समर्थनमा संशोधन प्रस्ताव पारित हुन्छ : कानूनमन्त्री नायक

१५ वैशाख, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै सर्बसम्मत रुपमा आईतबार पारित हुने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमालेकै समर्थनमा उक्त संशोधन विद्येयक सर्वसम्मतीले पारित हुने दाबी गरेका हुन् । ‘यो...

निर्वाचनसम्वन्धी कुनै जिज्ञासा छ ? कल सेन्टरमा फोन गर्नुस्

१५ बैशाख, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । साथै निर्वाचनको सबै गतिविधी हेर्न सक्ने पनि बनाएको छ । निर्वाचन आयोगले मतदाताको गुनासो सुन्न पैसा नलाग्ने (टोल फ्री) नम्बर सार्वजनिक गरेको छ । निर्वाचनसँग सम्वन्धित कुनै जिज्ञासा वा गुनासो भए १६-६०-०१-४४-२२२ मा फोन गर्न सकिन्छ ।...

‘सामर्थ्य हामीसँगै छ, पोखरालाई पर्यटकीय र शैक्षिक हब बनाउन सक्छौं’

१५ बैशाख, पोखरा । कुनै पनि तन्नेरीलाई कहाँ घुम्न जाने भन्यो भने, प्रायःको जवाफ हुन्छ-पोखरा । आन्तरिक र बाहृय पर्यटकको प्रमुख गन्तव्य शहर पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका बन्दैछ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुको प्रमुख एजेण्डा पनि पोखरालाई पर्यटनको अब बनाउनेनै हुनसक्छ । प्रदेश नम्बर ४ को सम्भावित राजधानी...

प्रधानमन्त्रीले दलहरुलाई सोधेः मतगणना कहिले गर्ने ?

१५ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएर मतगणना दुई चरणमा गर्ने कि एकै चरणमा गर्नेर राय मागेका छन् । उनले संविधान संशोधन विधेयक र बजेटबारे पनि परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयक...

नेतामय जिल्ला नुवाकोटः कांग्रेस एक्लै भिड्ने, कम्युनिष्ट तालमेलको तयारीमा

१५ बैशाख, नुवाकोट । काठमाडौंसँग जोडिएको नुवाकोट नेताहरु धेरै भएको जिल्ला हो । राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता डा. रामशरण महत, डा. प्रकाशरण महत र कांग्रेस नेता अर्जुन नरसिंह केसीको गृहजिल्ला यही नुवाकोट हो । एमालेका महेन्द्र पाण्डे, विष्णु रिमाल पनि नुवाकोटबासी हुन् । माओवादी नेता हितबहादुर तामाङ पनि नुवाकोटबासी हुन् ।...

सय किलो चाँदीसहित २ जना पक्राउ

१५ वैशाख, बिराटनगर । झापाको भद्रपुरबाट अबैध रुपमा ल्याईएको एक सय किलो चाँदीसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । वुद्ध एयरको उडानमार्फत काठमाडौंबाट झापाको चन्द्रगढी एयरपोर्टमा कार्गो गरी ल्याएको चाँदीसहित झापा वुद्धशान्ति गाउँपालिका-३ का ३२ बर्षीय मनोज गोयल र झापा गाउँपालिका-२ का २७ बर्षीय पुण्यप्रसाद अधिकारी पक्राउ परेका हुन् । क्षेत्रीय प्रहरी...

एमालेले संसद अवरोध गरे स्थानीय चुनाव सर्ने

१५ बैशाख, काठमाडौं । सरकारले तराई मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने निर्णय गरेलगत्तै एमालेले संसद अवरुद्ध बनायो । आफ्नो निर्णयबाट सरकार पछि हटेपछि एमालेले संसदको अवरोध हटाएको छ । तर, फेरि पनि प्रतिपक्षले संसद अवरुद्ध पार्ने डरबाट सत्तापक्ष मुक्त भएको छैन । ‘एमालेले संविधान संशोधन प्रस्ताव जसरी पनि अवरुद्ध पार्ने निर्णय गरेको...

माओवादी केन्द्रद्वारा चितवनका सबै स्थानीय तहमा उम्मेदवार घोषणा

१५ बैशाख, चितवन । नेकपा माओवादी केन्द्र चितवनले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवारी औपचारीक रुपमा घोषणा गरेको छ । चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले जिल्लाका ७ बटै स्थानीय तहका उम्मेदवारहरु औपचारीक घोषणा गरेको हो । माओवादी स्थायी समितिका सदस्य एवम् चितवन जिल्ला निर्वाचन परिचालन...

माओवादी केन्द्रले गोरखामा पनि छान्यो उम्मेदवार

१५ वैशाख, गोरखा । स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौ वटै  गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ । सदरमुकाममा शक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ ले सो नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत निर्णय भएको जानकारी दिए । उपप्रमुखमा भने कसलाई...

म्याद सकिन लाग्यो, कसले जडान गर्ने काठमाडौंमा ट्राफिक लाइट ?

१५ बैशाख, काठमाडाैं । दिगो शहरी यातायात आयोजनाको म्याद आउँदो असार १६ गते सकिँदैछ । तर, यसको स्थापनासँगै अघि सारिएको काठमाडौंमा नयाँ ट्राफिक लाइट जडानको योजनाले भने कुनै गति लिएको छैन । एशियाली विकास बैंक (एडिबी) को ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋणमा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम’ जडान गर्ने भनिएको थियो । यसका...