आइतबार, ८ फागुन, २०७३
OnlineKhabar.com

राष्ट्रिय समाचार

प्रहरी महानिरीक्षकबारे सर्वोच्चमा बहस हुँदै, जयबहादुरको भाग्यको फैसला हुने

८ फागुन, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा देखा परेको अन्योलबारे आज सर्वोच्च अदालतमा बहस हुँदैछ । प्रहरी महानिरीक्षकसम्बन्धी सर्वोच्च अदालतमा दुईवटा मुद्दा छन् । दुबै मुद्दालाई अदालतले एउटै बेञ्चमा राखेर सुनुवाइ गर्दैछ । डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत् रोकेर राखेको छ ।...

आजदेखि पूर्वाधार सम्मेलन, भारतीय रेलमन्त्री काठमाडौंमा

८ फागुन, काठमाडौं । दोस्रो पूर्वाधार शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभु शनिबार काठमाडौं आएका छन् । नेपालको पूर्वाधार विकासमा नयाँ सोच र प्रविधिको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता र भूमिकाबारे छलफल हुने बताइएको छ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय,...

‘मान्छे सानी सानी’ भन्दै प्रलितासँग छमछमी नाचे कमल थापा !

७ फागुन, काठमाडौं । नायिका रेखा थापा जुन पार्टीमा लाग्छिन्, सो पार्टीका अध्यक्षले कम्मर मर्काएर नाचेको समाचार सुन्न पाउनु शायद एउटा संयोग नै मान्नुपर्छ । राप्रपा अध्यक्ष कमल थापा महाधिवेशनको बन्दसत्र हलमा शनिबार साँझ श्रीमती प्रलितासँग छमछमी नाचेका छन् । शनिबार साँझ भृकुटीमण्डस्थित बन्दशत्र हलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख आकर्षण...

‘स्थानीय चुनावको घोषणा कुनै पनि बेला हुन सक्छ’

७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय चुनावको मिति घोषणाको अन्तिम तयारीमा जुटेका छन् । र, कुनै पनि बेला सरकारले मिति घोषणा गर्न सक्ने प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार मधेसी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएर चुनावको मिति घोषणामा सहयोग गर्न आग्रह गरेका छन् । चुनाव घोषणा नगरे...

नक्सापास प्रक्रियामा नयाँ नियम, जग्गाधनीको उपस्थिति अनिवार्य

७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पासका लागि जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने नयाँ नियम ल्याएको छ । कर्मचारीकै मिलेमतोमा जथाभावी नक्सापास गर्ने र भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने क्रम बढेपछि भएपछि महानगरपालिकाले नयाँ कार्यविधि ल्याएको हो । यसलाई ‘भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण संक्षिप्त कार्यविधि-२०७३’ नाम दिइएको छ । अब नक्सापास गर्दा...

झापामा यसरी फेरिँदैछ राजनीतिक दलको कार्यशैली

७ फागुन, झापा । केही वर्ष अघिसम्म राजनीतिक दलले आन्दोलन, आमसभा, र्‍याली, कोणसभा, जुलुस, प्रदर्शनलगायतका कार्य गरेर जनताको ध्यान आफूतर्फ आकषिर्त गर्दै आएका थिए । तर, अहिले राजनीतिक दलको शैली फेरिन थालेको छ । र, यसको सुरुवात झापाबाट भएको छ । पुरानै शैलीमा अब जनताको मन जित्ने गाह्रो हुने राजनीतिक दलका नेताले निष्कर्ष निकालेका...

प्रियाका श्रीमानले फेसबुकमा किन लेखे ज्यान मार्ने कुरा ?

७ फागुन, काठमाडौं । आफ्नी छोरीलाई ज्वाइाले हत्या गरेकोे दाबी गर्दै प्रिया देउजाका पिता प्रद्युम्न देउजाले सातदोबाटो प्रहरीमा बिहीबार किटानी जाहेरी दिएका छन् । प्रहरी भने यसबारे पोष्टमार्टम रिपोर्ट नआउञ्जेल कुनै कदम चाल्ने मुडमा छैन । गत सोमबार इमाडोलस्थित आफ्नै निवासको बेडरुमभित्र झुण्डिएको अवस्थामा २२ वर्षीया प्रियाको शव भेटिएको थियो । ज्वाइँ विप्लव सुवेदीले...

मजफ्फरपुरबाटै नेपाललाई ग्यास दिन भारत सहमत, वीरगञ्ज नजिकैसम्म पाइपलाइन ल्याइने

७ फागुन, काठमाडौं । भारतले नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्ज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने भएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको हो । मुजप्फरपुरको डिपोबाटै नै नेपालले मागेजति सबै ग्यास लोड गर्न आईओसी तयार भएको छ...

सफलताको कथाः स्कुल छाडेर पार्टनर खोज्दै रक्सी भट्टीमा !

७ फागुन, काठमाडौं । मानिसले सफल हुन विद्यालय जानैपर्छ वा औपचारिक शिक्षा लिनैपर्छ ? बेलायतका ली बिगिन्सले यसलाई असफल सावित गरिदिएका छन् । १९ वर्षको उमेरमा पढाइ छाडेर व्यवसायमा लागेको उनी अहिले ३८ वर्षको उमेरमै अर्बपति बन्न सफल भएका छन् । स्कुले जीवनमा लि बिगिन्स कहिल्यै सफल भएनन् किनकि हरेक परीक्षाका नतिजाहरु निराशाजनक हुन्थे...

समयमै चुनाव गर्न दलहरु सफल हुने राष्ट्रपतिको विश्वास

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरु सक्षम हुने विश्वास व्यक्त गर्नु भएको छ । साथै निर्वाचन सम्पन्न गर्न बाँकी रहेका आधारहरु तय गर्न सरकार, राजनीतिक दल र निर्वाचन आयोगको ध्यान केन्दि्रत हुुनुपर्नेमा पनि जोड दिइन् । प्रथम निर्वाचन दिवसको अवसर पारेर निर्वाचन आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई...

युरोपमा नेपाली उडड्यन प्रतिबन्ध छिटै हट्छः परराष्ट्रमन्त्री

७ फागुन, काठमाडौं । परराष्टमन्त्री प्रकाशशरण महतले युरोपेली आकाश माथि लाग्दै आएको उडड्यन प्रतिबन्ध छिट्टै फुकुवा हुने बताएका छन् । ब्रसेल्समा आयोजित शान्ति सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दक्षिण एसियाको उड्डयन सुरक्षा मापदण्ड नेपालले पनि पुरा गरेकाले युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध फुकाउन गरेको आग्रहमा बेल्जियम र लक्जेम्बर सरकारले...

मेलम्चीको लागि ३३ किमी पाइप बिछ्याइयो, ४० स्थानमा एकसाथ काम

७ फागुन, काठमाडौं । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जालमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ । उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पुर्याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले शुक्रबार...