सोमबार, १५ जेठ, २०७४
OnlineKhabar.com

खेलकुद

पारसलाई कीर्तिमय राष्ट्रदीप र जगत टमाटालाई प्रबल जनसेवाश्री

१५ जेठ, काठमाडौं । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको छ । गणतन्त्र दिवस २०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ । जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारससँगै कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकायलाई कीर्तिमय राष्ट्रदीप...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीले पुलिसलाई हरायो

१४ जेठ, काठमाडौं । नेपाल पुलिस क्लवलार्इ हराउँदै त्रिभुवन आर्मी क्लव काठमाडाैंमा जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटकाे समूह बी बाट बिजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । सोही समूहबाट पुलिस पनि समूह उपबिजेताका रूपमा अन्तिम चारमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गरेको हो...

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

१३ जेठ, काटमाडौं । प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान सातौं उपाधि हो । शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हरायो । वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रता लिएको थियो । यद्यपि...

कोपा डेल रेको उपाधिमा बार्सिलोनाको हृयाट्रिक, इनरिकको सुखद विदाइ

१३ जेठ, काटमाडौं । लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ र प्रशिक्षक लुइस इनरिकेको सुखद विदाइ गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले ३० औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, यो...

अल्ट्रा रेसको उपाधि आर्मीका राजनलाई

१३ जेठ, काठमाडौं । पहिलो खुल्ला कैलाश काठमाडौं एवेरेस्ट अल्ट्रा दौडको उपाधि नेपाल आर्मीका राजन खत्रीले जितेका छन् । नेपाल माउन्टेनरिङ सङ्घको आयोजनामा शनिबार काठमाडौँमा आयोजित प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो आर्मीकै क्रमशः टीकाराज कटवाल, हरि रिमाल र रामजी बस्नेतले बाजी मारेका छन् । उक्त रेस चोभारदेखि सुरु भएर चाल्नाखेल (चार भञ्ज्याङ (हात्तीवन रिसोर्ट...

प्रधानमन्त्री कप क्रिकेटः बर्षाले प्रभावित खेलमा सुदूरपश्चिम र पूर्वाञ्चलले अंक बाँडे

१२ जेठ, काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल बर्षाले प्रभावित भएपछि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले अंक बाँडेका छन् । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चलले ४ ओभरमा ४ विकेट गुमाउँदै २२ रन बनाउँदा बर्षा बाधक बनेको थियो । त्यसयता खेल सुचारु गर्न सकिएन र दुवैले एक...

रेलिगेसनमा परेपछि हल सिटीका प्रशिक्षकले राजीनामा दिए

१२ जेठ, काठमाडौं । क्लव रेलिगेसनमा परेपछि इंग्लिस टोली हल सिटीका प्रशिक्षक मार्को सिल्भाले पदबाट राजीनामा दिएका छन् । क्लवको निरन्तरको खराव प्रदर्शनपछि माइक फेलानलाई प्रतिस्थापन गर्दै हल सिटीले ३९ बर्षीय पाोर्चुगिज प्रशिक्षक सिल्भालाई गत जनवरीमा नियुक्त गरेको थियो । नेतृत्व संहालेपछि उनले हल सिटीलाई रेलिगेसनबाट जोगाउन सकेनन् । उनको प्रशिक्षणमा हल सिटीले १८...

प्रधानमन्त्री कप क्रिकेटमा पूर्वाञ्चलको लगातार दोस्रो हार, पुलिस ९ विकेटले बिजयी

११ जेठ, काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटमा पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले लगातार दोस्रो पराजय ब्यहोरेको छ । पहिलो खेलमा आर्मीसँग ९ विकेटले पराजित भएको पूर्वाञ्चल आजको खेलमा पनि पुलिस क्लवसँग ९ विकेटको हार व्यहोरेको छ । पूर्वाञ्चलले दिएको १०५ रनको बिजय लक्ष्य पुलिसले १७.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर...

युनाइटेडले जित्यो युरोपा लिग, च्याम्पियन्स लिगमा सिट सुरक्षित

११ जेठ, काठमाडौं । इंग्लिस टोली म्यान्चेस्टर युनाइटेडले सिजनको दोस्रो ठूलो ट्रफी जित्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । युनाइटेडले गएरातिको फाइनलमा डच टोली आयक्सलाई हराउँदै युरो लिगको उपाधि जितेको हो । म्यन्चेस्टरमा एक कन्सर्टको दौरान भएको आतंककारी हमलाको दुई दिन पछि म्यान्चेस्टर युनाइटेडले प्रशंसकलाई जितको खुसी दिलायो । १८औं मिनेटमा...

मलेसियासँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टिम पराजित

१० जेठ, काठमाडौं । मलेसियासँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले ४-१ को पराजय ब्यहोरेको छ । यसअघि सोमबार भएको पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो । कोता किनाबालुस्थित ययुएमएस रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियाको चुनौतिको सामना गर्न नसक्दा निरिह बन्न पुग्यो । नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको बिजयी सुरुवात

९ जेठ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले बिजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको उदघाटन खेलमा आर्मीले पूर्वाञ्चल बिकास क्षेत्रको टिमलाई ९ विकेटले पराजित गर्‍यो । पूर्वाञ्चलले दिएको १०४ रनको लक्ष्य आर्मीले १८.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर महेश क्षेत्री इनिङको पहिलो...

भलिबल बन्यो राष्ट्रिय खेल

९ जेठ, काठमाडौं । मुलुकको राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस टुंगो लागेको छ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । डण्डिबियो र कबड्डीले आफूलाई...