सोमबार, १२ असार, २०७४
OnlineKhabar.com

खेलकुद

यू-१९ विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

५ असार, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट भएका छन् । टोलीमा सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दिप सुनार, ललित राजवंशी र पवन सर्राफ छन् । यस्तै अनिलकुमार साह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दिप जोरा, राजन ढकाल, प्रनित थापा मगर, शाहव...

भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन

५ असार, काठमाडौं । आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेका...

भारतीय बलरलाई रुवाउने फखर जमान को हुन् ?

खेलको मैदानमा स्टार त्यही हुन्छ, जसले महत्त्वपूर्ण समयमा आफ्नो भूमिका दमदार रुपमा निभाउँछ । यदि त्यो खेलाडी पाकिस्तानको हो भने भारतविरुद्ध कुनै पनि बेला चुक्नु हुँदैन । पाकिस्तानी ब्याट्सम्यान फखर जमानले च्याम्पियन्स लिगको फाइनलमा महत्त्वपूर्ण भूमिका खेले र भारतविरुद्ध शानदार शतक बनाए । यो प्रतियोगिता अघि क्रिकेटको दुनियामा फखर जमानको नाम शायदै कसैले सुनेका...

पाकिस्तानले रच्यो इतिहास, भारतलाई हराउँदै जित्यो च्याम्पियन्स ट्रफी

४ असार, काठमाडौं । चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो । ओभरमा टस...

च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानद्वारा भारतसामू ३३९ रनको लक्ष्य

४ असार, काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानले भारतसामू ३३९ रनको बलियो चुनौति पेश गरेको छ । भारत केहिबेरमा जवाफी ब्याटिङमा आउनेछ । इंग्ल्याण्डको ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले फाखर जमानको शानदार शतकीय पारीको सहयोगमा ४ विकेट गुमाएर ३३८ रनको योगफल बनायो । ओपनर फाखरले १०६ बलमा १२ चौका र ३...

क्रिकेटको ‘महाभिडन्त’: डेढ अर्ब मानिसको नजर भारत र पाकिस्तानमाथि

३ असार, काठमाडौं । जब पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्यो, धेरैले कामना गरे, भारत पनि पुगोस् । बंगलादेशलाई पन्छाउँदै भारत पनि फाइनलमा पुगेको छ । र, विश्वका लाखौं क्रिकेट सर्मथकले हेर्न चाहेको भारत र पाकिस्तानको फाइनल भिडन्त भोलि हुनेछ । च्याम्पियन्स ट्रफीको इतिहासमा दुई चिरप्रतिद्वन्द्वी टिम फाइनलमा भिड्न लागेको यो पहिलो पटक हो ।...

एकदिवशीय प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तान पहिलो पटक भिड्दै

इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि चीर परिचित प्रतिद्धन्दी पाकिस्तानसँगको भेट पक्का भएसँगै भारतीय क्रिकेट कप्तान बिराट कोहलीले प्रतियोगितामा पाकिस्तानको प्रदर्शन शानदार रहेको प्रतिक्रिया दिएका छन् । भारत बिहीबारको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारतसँग सजिलै पराजित भएको पाकिस्तानले सेमिफाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई पराजित...

एक्सपर्ट स्कुल क्रिकेट लिगको उपाधि अनिरुद्ध उच्च माविलाई

१ असार, भैरहवा । एक्सपर्ट स्कुल क्रिकेट लिग ०७४ को उपाधि कञ्चनपुरको अनिरुद्ध उच्च माविले जितेको छ । उपाधिसहित अनिरुद्धले १ लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ । बिहीबार भैरहवाको सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल खेलमा न्यू होराइजन उच्च मावि रुपन्देहीलाई ४ विकेटले पराजित गर्दै अनिरुद्धले उपाधि उचालेको हो । न्यू होराइजनबाट जितका लागि...

स्वीडिस डिफेण्डर भिक्टर कीर्तिमानी मूल्यमा युनाइटेडमा अनुबन्धित

१ असार, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज क्लव बेनफिकाका स्वीडिस डिफेण्डर भिक्टर लिण्डेलोफलाई ३१ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ । स्वीडेनका २२ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी भिक्टर बुधबार मेडिकलका लागि म्यान्चेस्टर पुगेका छन् । भिक्टरले स्वीडेनका लागि १२ क्याप जितेका छन् । अनुबन्धित भएपछि उनी युनाइटेडका सबैभन्दा महंगा डिफेण्डर बनेका छन् । सन् २००२ मा...

अर्जेन्टिनी क्लब फुटबलरको दाबीः विपक्षी स्ट्राइकरलाई सूईले घोचेर जितियो

एक अर्जेन्टिनी फुटबल खेलाडीले आइतबार भएको खेलका क्रममा विपक्षी खेलाडीलाई चोट पुर्‍याउन सुईको प्रयोग गरेर खेल जितेको दाबी गरेका छन् । एक रेडियो अन्तर्वार्ताका क्रममा अर्जेन्टिनाको तल्लो डिभिजनको क्लव स्पोर्टस प्यासिफिकोका डिफेण्डर फेडेरिको एलेण्डेले शीर्ष डिभिजनको क्लब स्टुडियान्टेसका स्ट्राइकरलाई पटक-पटक सुई प्रयोग गरेर चोट पुर्‍याएको खुलासा गरेका हुन् । एलेण्डेले भनेका छन् कि खेल...

कोकाकोला कपको नवौं संस्करणको पुनरागमन

३१ जेठ, काठमाडौं । कोकाकोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) तथा युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रुपमा आयोजना गर्ने गरेको ‘कोकाकोला कप २०७४’ नवौं संस्करणको पुनरागमन भएको छ । विद्यालय स्तरीय आधारभूत तहको देशकै सबैभन्दा ठूलो प्रतियोगिताकोे घोषणा गरिएको छ । यसका अतिरिक्त, एन्फासँग आबद्ध ४३ जिल्लाहरुमा प्रतियोगिता खेलाईने छ, जसमा हरेक जिल्लाबाट...

आगामी सिजन प्रिमियर लिगको पहिलो खेलमा चेल्सी र बर्नले भिड्ने

  ३१ जेठ, काठमाडौं । इंग्ल्याण्डको फुटबल एसोसियसन (एफए)ले प्रिमियर लिगको आगामी सिजनका लागि खेलतालिका सार्वजनिक गरेको छ । इंग्लिस प्रिमियर लिगको सन् २०१७/१८ को सिजन अगष्ट १२ देखि सुरु हुनेछ र पहिलो खेलमा साविक बिजेतमा चेल्सीले स्टाम्फोर्ड ब्रिजमा बर्नलेसँग प्रतिस्पर्धा गर्नेछ । यस सिजनमा हडर्सफिल्ड टाउन र बि्रगटोन क्लवले पहिलो पटक प्रिमियर लिग...