शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com

खेलकुद

डि मारियाले रियल मड्रिड छाड्ने

५ भदौ, काठमाडौं । अर्जेन्टिनी विंगर एन्जल डि मारियाले युरोपियन च्याम्पियन रियल मड्रिड छाड्ने भएका छन् । उनले नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेको प्रशिक्षक कार्लो एन्सेलोटीले बताए । ‘डि मारियाले क्लब छाड्न अनुमति मागेका छन्-रियल मडि्रडका प्रशिक्षक एन्सेलोटीले भने । इङ्ग्लिस क्लब म्यानचेष्टर युनाइटेडसँगै फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले २६ वर्षीय डि मारियालाई भित्र्याउने...

‘क्रिकेटर अनिललाई सुरुमा सानो भनेर हेपे, पछि डराए’

५ भदौ, काठमाडौं । स्पिन बलिङकै कारण नेपालले एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि जितेको प्रशिक्षक वसन्त शाहीले बताएका छन् । नेपालको जीतसँगै १३ वर्षे बलर अनिल खरेल प्रतियोगिताकै होनहार खेलाडी घोषित भए । मलेसियालाई ३२ रनले पराजित गर्दै च्याम्पियन बनेको नेपाली टोली उपाधि लिएर बिहीबार मध्यान्ह काठमाडौं आइपुगेको छ । यू-१६ मा पहिलो उपाधि...

बाढी पीडित एथलेटिक्स खेलाडी केशरीलाई सहयोग

५ भदौ, काठमाडौं । बाढीले घरसहित सबै सम्पत्ति बगाएर बिलखबन्दमा परेकी एथलेटिक्स खेलाडी केशरी चौधरीलाई सञ्जय पण्डित फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । बर्दिया जोगीपुर गाविस निवासी चौधरीको घरमा केही दिन पसेको बाढीले घरसहित सबै सम्पत्ति बगाएको थियो । फाउन्डेसनका संस्थापक सञ्जय पण्डितले चौधरीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । खेलकुद मन्त्रालयमा...

मलेसियालाई हराउँदै नेपाल बन्यो यू-१६ प्रिमियर क्रिकेट च्याम्पियन

४ भदौ, काठमाडौं । नेपालले एसीसी यू-१६ पि्रमियर क्रिकेटको उपाधि जितेको छ । आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू-१६ उमेर समूहकै पहिलो उपाधि मात्र जितेन, दुई वर्ष अघि व्यहोरेको हारको बदला समेत लिएको छ । २ वर्षअघि एलिट कपका नाममा भएको प्रतियोगितामा नेपाललाई १ विकेटले हराएर मलेसियाले उपाधि उचालेको थियो । यू-१६...

खेलाडी किनबेचको प्रतिवन्ध हटाउने बार्सिलोनाले गरेको अपील अस्वीकार

४ भदौ, काठमाडौं । खेलाडी किनबेच (ट्रान्सफर) माथि लगाएको प्रतिवन्ध हटाउन बार्सिलोनाले गरेको आग्रह फिफाले अस्वीकार गरेको छ । अब बार्सिलोनाले जारी ट्रान्सफर बन्द भएपछि २०१६ जनबरीसम्म खेलाडी किन्न र बेच्न पाउने छैन । जारी ट्रान्सफर अगष्ट ३१ मा सकिनेछ । १८ वर्षभन्दा कम उमेरका खेलाडीहरुलाई एकेडेमी ला मासियामा ल्याएको भन्दै फिफाले बार्सिलोनामाथि १४...

यू-१६ विजेता क्रिकेटरलाई जनही २० हजार दिने घोषणा

४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी यू-१६ प्रिमियर क्रिकेटको च्याम्पियन बनेको नेपाली टोलीका सदस्यहरुलाई जनही २० हजार दिने घोषणा गरेको छ । खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यानले जनाएको छ । नेपाली टोली भोलि बिहीबार विहान साढे ११ बजे काठमाडौं आउने कार्यक्रम छ ।...

अनिल खरेल होनहार क्रिकेटर घोषित

४ भदौ, काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू-१६ प्रिमियर क्रिकेटमा नेपालका १३ वर्षे स्पिनर अनिल खरेल होनहार खेलाडी घोषित भएका छन् । नेपाललाई एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि दिलाउने क्रममा १३ विकेट लिएका उनी प्रतियोगिताको होनहार खेलाडी (मोस्ट प्रोमिसिङ प्लेयर) घोषित भएका हुन् । देब्रे हाते स्पिनर अनिलले आइतबार ओमानविरुद्ध मात्र ६ विकेट लिएर...

मैत्रीपूर्ण खेल खेल्न बेसबल टोली जापानतर्फ

४ भदौ, काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाली बेसबल टोली बुधबार जापान तर्फ प्रस्थान गरेको छ । बेस बल नेपाल-जापान बेसबल एक्सचेन्ज कार्यक्रम अन्र्तगत मैत्रीपूर्ण खेल खेल्न १६ सदस्यीय नेपाली टोली जापान प्रस्थान गरेको हो । टोलीमा चार जिल्लाका ९ खेलाडी छन् । टोलीमा सहभागी खेलाडीमा भक्तपुरका सगुन खिचाजु, काठमाडौका प्रतिक सरकार, ललितपुरका सफल...

रियल मड्रिडका लागि जेम्स रेड्रिग्वेजको पहिलो गोल

४ भदौ, काठमाडौं । जेम्स रेड्रिग्वेजले रियल मड्रिडमा पहिलो गोल गरेका छन् तर, मड्रिड डर्बी भिडन्त १–१ को बराबरीमा सकिएको छ । मंगलबार राति भएको स्पेनिस सुपर कपमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् । रियलको घरेलु मैदान बर्नाबाओमा भएको खेलमा रोड्रिग्वेजले पहिलो हाफको अन्तिम मिनेटमा क्रिष्टियानो रोनाल्डोलाई रिप्लेस गरेका थिए ।...

‘नेपालले आफ्नो खेल ६० प्रतिशत खेले उपाधि जित्छ’

३ भदौ, काठमाडौं । एसीसी यू-१६ पि्रमियर क्रिकेटको उपाधिका लागि नेपालले बुधबार मलेसियाको समना गर्दैछ । खेल किनरारा ओभलमा नेपाली समय अनुसार विहान सवा ८ बजेपछि हुनेछ । लगातार चार खेल जितेको नेपाल उपाधिको प्रमुख दावेदार हो । नेपाल एलिट कपका नाममा भएको अघिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिँदै यू-१६ मा पहिलेा उपाधि जित्न...

स्वरेजको कसम खाए- अब कसैलाई टोक्दिन

३ भदौ, काठमाडौं । बार्सिलानाका स्ट्राइकर लुइज स्वरेजले अब कसैलाई पनि नटोक्ने बताएका छन् । बार्सिलोनाबाट डेब्यू गरेपछि उनले भनेका छन्-‘म फ्यानहरुलाई भन्छु चिन्ता नलिनुस् । किनकी अब म त्यस्तो गर्ने छैन ।’ विश्वकपमा इटलीका जर्जिओ चेलिनीलाई टोकेका कारण उनी चार महिने प्रतिवन्धमा छन् । फिफाले अभ्यासका लागि अनुमति दिएपछि उनले सोमबार राति लियोनविरुद्धको...

कोष्टाको डेब्यू गोलसँगै चेल्सीको विजयी सुरुवात

३  भदौ, काठमाडौं । डिएगो कोष्टाको डेब्यू गोलसँगै चेल्सीले इङग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । उपाधिको दाबेदार मानिएको चेल्सीले सोमबार राति भएको खेलमा नवप्रवेशी बर्नलीलाई ३-१ ले पराजित गरेको हो । टर्फ मोरमा भएको खेलमा अग्रता भने बर्नलीले लिएको थियो । १४ औं मिनेटमा स्कट आफिल्डको गोलबाट लिएको अग्रता धेरै बेर...