Online Khabar
९ जेठ, काठमाडौं । बिद्यार्थीलाई जाँचमा निकै कडाई गर्ने धेरै शिक्षक यतिखेर आफैं परीक्षा दिन व्यस्त छन् । १७ वर्षपछि खुलेको स्थायी शिक्षकका लागि विद्यालयमा कार्यरत अधिकांश अस्थायी, करार र निजी शिक्षकले आवेदन दिएका छन् । उनीहरुको परीक्षा बिहीबारदेखि शुरु भएको छ । आफैं गार्ड बसेर विद्यार्थीको चिट खोस्ने शिक्षकले नै परीक्षामा अनियमित कार्य गर्ने हो कि भन्ने आशंका शिक्षक सेवा आयोगलाई छ । त्यसैले आयोगले परीक्षालाई मर्यादित बनाउन कडा नियम बनाएको जनाएको छ । ‘परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन हामीले त्यसै अनुसार निर्देशिका बनाएका छौं’ आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसाद नेपालले अनलाइनखबरसित भन्नुभयो-’अनियमित कार्य गरेको फेला परेका कार्वाही हुन्छ ।’
आयोगको परीक्षा सम्बन्धी निर्देशिकामा परीक्षा सुरु भएपछि परीक्षार्थी परीक्षाहलबाट बाहिर शौचालय गएमा उ परीक्षाहलमा प्रवेश नगरेसम्म निगरानी गरिने जनाएको छ । यस्तै परीक्षाकेन्द्र र परीक्षा हलमा प्रतिबन्धित सामग्रीहरु -चिट, गाइड, किताव, नोटबुक, मोवाइल फोन इत्यादि) लैजान नदिने र कसैले लुकाई छिपाई लगेको पाइएमा परीक्षाबाट निश्काशन गरिनेछ । कुनै परीक्षा केन्द्रमा अनियमित काम भएको पाइएमा अनियमितताको प्रकृति हेरी सो केन्द्रका केही वा सवै परीक्षार्थीको परीक्षा रद्द गर्न सिफारिस गर्ने व्यवस्था पनि गरिएको छ ।
परीक्षामा अनियमित काम गर्ने परीक्षार्थीलाई ६ महिनासम्म कैद र एकलाख रुपैंयासम्म जरिवाना गर्ने व्यवस्था छ । यस्ता परीक्षार्थीलाई एकदेखि पाँच वर्षसम्म आयोगले सञ्चालन गर्ने परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइने आयोगले जनाएको छ । आयोगका अनुसार कुनै स्थायी शिक्षक आफू स्थायी भएकै पदमा उम्मेदवार भई परीक्षा दिएको भेटिएमा विभागीय कार्वाही गरिनेछ ।
यस्तै परीक्षार्थीहरुलाई प्रतिवन्धित सामग्रीहरु, जस्तै चिट, गाइड, किताव, नोटबुक, मोवाइल फोन इत्यादि परीक्षाकेन्द्रभित्र लैजान नपाइने व्यवस्था गरिएको छ । अन्य परीक्षाकेन्द्रका परीक्षार्थी आफ्नो केन्द्रमा परीक्षा दिन आएमा त्यस्ता परीक्षार्थीहरुलाई परीक्षामा सामेल नगराउने र लिखित परीक्षामा परीक्षार्थीलाई क्याल्कुलेटर प्रयोग गर्न नदिने पनि आयोगले जनाएको छ ।
१३ हजार पदमा ४ लाख ८० हजारको भीडन्त
शिक्षक सेवा आयोगले मागेको भन्दा निकै धेरै संख्यामा दरखास्त परेको छ । प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको लागि १३ हजार ५९ जनाको कोटामा ४ लाख ८० हजार ७ सय ५८ जना प्रतिष्पर्धामा छन् । ‘हरेक घरघरमै परीक्षार्थी छन् भन्दा पनि हुन्छ’ आयोगका प्रशासकीय अधिकृत नेपालले भन्नुभयो -’धेरै वर्षपछि स्थायी शिक्षकको आहृवान गरिएकाले देशभर परीक्षाको माहोल बनेको छ ।’ शिक्षण पेसालाई सजिलो मान्ने प्रचलनले पनि शिक्षक बन्न चाहनेको संख्या धेरै छ ।
९ जेठ, काठमाडौं । चर्चित अभिनेता एवं हास्यव्यंग्यकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ संसारभरका नेपालीभाषीले पढ्न पाउने भएका छन् । विश्वको सबैभन्दा ठूलो अनलाइन स्टोर अमेजनमार्फत यो पुस्तक पढ्न पाइने प्रकाशक फाइनपि्रन्टले जनाएको छ ।
भर्खरै बिक्रीका लागि राखिएको उक्त पुस्तक अमेजनमा किन्न पाइने नेपाली भाषाको पहिलो कृति हो । ‘अन्तर्राष्ट्रिय अनलाइन स्टोरमा नेपाली पुस्तकको उपलब्धतापछि नेपाली पुस्तकको बजारले फड्को मार्नेछ, जसबाट नेपाली लेखक र प्रकाशक दुवै लाभान्वित हुनेछन्’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले भन्नुभयो -’विदेश बस्ने नेपालीको संख्या करोडजस्तो छ ।
तर तिनको पहुँचमा हामी पुग्न सकिरहेका थिएनौँ । अमेजनमार्फत हामी ती पाठकसम्म पुग्न सक्ने भएको छौ, यो नेपाली प्रकाशन उद्योगको ठूलो उपलब्धी हो ।’ यो पुस्तक अमेजनमा २३.८५ डलर र ३९८ भारुमा किन्न सकिनेछ ।
९ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहीबार कारोबार भएकामध्ये अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि नेप्से परिसूचक २ दशमलव १७ अंकले ह्रास भई ४९६ अंकमा झरेको छ । व्यापार र विकास बैंक समूहको सूचकमात्रै वृद्धि भएका छन् । यो दिन ९० कम्पनीको ६ करोड ७८ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।
नागरिक लगानी कोषको सेयर मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ । यसको मूल्य १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । यस्तै छिमेक लघुवित्त बैंकको मूल्य ४३ बढेर ४ सय ३३ रुपैयाँ पुगेको छ । सगरमाथा इन्स्योरेन्सको ६७ रुपैयाँ बढेर १ हजार १ सय २३ रुपैयाँमा कारोबार भयो । यो दिन बिशाल बजार कम्पनीको सेयर मूल्यमा ३५ रुपैयाँ वृद्धि भई १ हजार ७ सय ६४ रुपैयाँ पुगेको छ ।
लगातार बढ्दै आएको लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २० रुपैयाँ घटेर १ हजार १ सय ३० कायम भएको छ । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको १५, हिमालयन बैंकको १४ र कृषि विकास बैंकको सेयर मूल्य १४ रुपैयाँले घटेको छ । अन्य धेरै कम्पनीको थोरै अंकले मूल्य घटेको छ ।
९ जेठ, काठमाडौं । हृवाइट हाउस कलेजले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको विजेता राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गरेको छ । हृवाइट हाउसले बिहीबार राष्ट्रिय टोलीका सदस्यहरुलाई सम्मान गर्नुका साथै १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।
यसैगरी राष्ट्रिय क्रिकेट एकेडेमीलाई २५ हजार प्रदान गरिएको हृवाइट हाउसका हेड अफ स्पोर्टस कीर्तिमान तेक्वान्दो खेलाडी दीपक विष्टले जानकारी दिनुभयो । कार्यक्रममा कप्तान पारस खड्कासहितका खेलाडीहरुले आफूलाई अध्ययनमा समेत रहयोग गरेको हृवाइट हाउसले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।
खड्कासँगै पूर्व कप्तान विनोद दास, सुवास खकुरेल, पृथु बास्कोटा लगायतका खेलाडीहरुले हृवाइट हाउसमा उच्चशिक्षा हासिल गरेका हुन् ।
पूर्व सभासद सदरुल मियाँ हकको हत्याको विरोमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्न ढालेको रुख । राजमार्ग अवरुद्धका कारण हजारौं सवारी साधन अलपत्र परेका छन् । तस्वीर :रासस
बसन्तुपर क्षेत्रमा पोष्टकार्ड छान्दै पर्यटकहरु । तस्वीरः अनलाइनखबर
९ जेठ, काठमाडौं । प्रभु फाइनान्स, समृद्धि विकास बैंक र वैभव फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । मर्जसम्बन्धी अन्तिम टुंगो लगाउन अहिले त्रिपक्षीय छलफल भइरहेको र केही बेरमा संयुक्त हस्ताक्षर हुने प्रभुका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनुभयो ।
वैभव फाइनान्सको चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ छ । सो कम्पनीले साधारण सेयर जारी गरेको छैन । यस्तै ७ करोड चुक्तापुँजी भएको समृद्धिले पनि साधारण सेयर जारी गरेको छैन । प्रभु फाइनान्सको तुलनामा अरु दुई कम्पनीको वित्तीय अवस्था कमजोर भएको हुनाले मर्जमा उनीहरुको सेयरको मूल्यांकन कम हुनेछ ।
९ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पूर्व सचिव रवीन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । साथै बाबुराम सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अर्थशास्त्रमा स्नातकोत्तर गरेका शाक्य आयोगका पूर्व सचिव शाक्यलाई उपाध्यषमा नियुक्त गर्ने निर्णय गरेको हो । बाबुराम भट्टराई सरकारको पालामा उपाध्यषमा नियुक्त पूर्व गर्वनर दीपेन्द्रबहादुर क्षेत्रीले नयाँ सरकार बनेपछि राजीनामा दिनु भएको थियो । सरकारले रिक्त सदस्य पदमा भने नियुक्त गरेको छैन ।
केन्द्रको काजगपत्र भूमिसुधार मन्त्रालय र जिल्लास्तरमा संकलित कागजपत्र मालपोल कार्यालयले जिम्मा लिने निर्णय गरेको हो । आयोग केन्द्रसमिति २५ जिल्लामा छ । कांग्रेस र एमालेले आयोगमा भएको नियुक्ति राजनीतिक भएको भन्दै खारेजको माग गर्दै आएका थिए ।
मन्त्रिपरिषद् बैठकले आरोही मीनबहादुर शेरचनसहितको ७ जनालाई पुनः आरोहण्नका लागि लाग्न शल्क मिनाहा गर्ने निर्णय गरेको छ भने शेरचनलाई १० लाख सहयोग गर्ने निर्णय गरेको छ । सबैभन्दा पाको उमेरमा सगरमाथा आरोण गर्ने शरेचनको कीर्तिमान बिहीबार मात्र जापानी नागरिक युचिरो मिउराले तोडेका छन् । उनी ८० वर्षीय हुन् । ८१ वर्षीय शेरचन कीर्तिमान रक्षाका लागि आधार शिविरमा पुगिसकेका छन् ।
९ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोख्रेलले सरकार असफल भएको टिप्पणी गर्नु भएको छ । सरकारको भूमिका गठनको उद्देश्य अनुरुप नभएको टिप्पणी गर्दै उहाँले भन्नुभयो-’यो सरकारकै कारण दलहरुवीच मतभेद बढ्यो । यसले सहमतिका लागि भूमिका खेल्न सकेन । पहिलो मिसनमै सरकार असफल भईसक्यो ।’
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा पोखरेलले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न सरकारले देखाएको हतारोले मुलुकमा सरकारबाट अपेक्षा गरिएको शासासन नै समाप्त भएको बताउनु भयो । उहाँले मतदाता नामावली संकलन कार्यमा सुरक्षा दिन नसकेर शान्ति सुरक्षामा समेत सरकार असफल भएको दावी गर्नुभयो ।
एमाले सचिव पोखरेलले एमाओवादी झण्डै सय जना सभासद रहेको नेकपा-माओवादीको कुरै नसुनी १ प्रतिशत पनि मत नल्याउने दलको पक्षमा उभिँदा उसले मंसिरमा निर्वाचन नचाहेको प्रष्ट भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो-’ड्यास माओवादीलाई निर्वाचनमा ल्याउन एमाओवादी छलफल चलाउन नै चाहँदैन । तर १ प्रतिशत पनि मत ल्याउन नसक्ने दलहरुको लागि थ्रेस होल्ड हटाउ उभिन्छ । अनि कसरी उसले मंसिरमा निर्वाचन चाहन्छ भनेर विश्वास गर्न सकिन्छ ।’ नेकपा-माओवादीको बोली र ब्यवहारमा तारतम्य नमिलेकाले उसको नियतमा आशंका ब्यक्त गर्दै उहाँले निर्वाचनमा नआउने हो भने कुरेर बस्न नसक्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा-माओवादीका सचिव देबप्रसाद गुरुङले २५ बुँदे बाधा अडकाउ फुकाउ कायम रहेसम्म निर्वाचन हुन नसक्ने र आफ्नो पार्टी पनि निर्वाचनमा भाग नदिने स्पष्ट पार्नुभयो । उच्चस्तरीय राजनीतिक समितिमा बस्न र मन्त्री परिषदमा ठाँउ पाउन आन्दोलन नगरेको भन्दै उहाँले निर्वाचन गर्ने भए गोलमेच सम्मेलन गरेर २५ बुँदे बाधा अडकाउ फुकाउलाई परिवर्तना गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
९ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले संविधानसभाको निर्वाचनको सुनिश्चितताको लागि कांग्रेस र एमालेले भने जस्तो थ्रेस होल्ड राख्ने र संविधानसभाको सख्या घटाउने विषयमा छलफल गर्न तयार रहेको बतउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा सापकोटाले भन्नुभयो-’अहिलेको अनिवार्य आवश्यकता निर्वाचन हो । त्यसको लागि २५ बुँदे बाधा अडकाउ फुकाउ र सरकार बाहेक सबै विषयमा छलफल गर्न तयार छौं ।’ आफ्नो पार्टी ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउमा प्रतिबद्ध रहेको उहाँको भनाई थियो । काग्रेस र एमालेले गुटबन्दी गरेको आरोप लगाउँदै उहाँले राजनीतिक समितिमै बसेर छलफल गर्न चुनौति दिनुभयो ।
साक्षात्कारमा कांग्रेस नेता दिपकुमार उपाध्यायले चुनावको मुखमा आएर निर्वाचन चाहने चार दलवीच नै विवाद हुनु दुखद भएको भन्दै अब चार दलले निर्वाचनकेा विषयमा एउटै धारणा बनाएर असन्तुष्ट दलहरुसँग छलफल थाल्न सुझाव दिनुभयो । थ्रेस होल्ड नराख्दा मुलुकको राजनीतिमा फेरि अन्तर्राष्ट्रिय चलखेल बढ्ने भन्दै उहाँले भन्नुभयो-’थ्रेस होल्डमा विवाद गर्नु हुँदैन । एक प्रतिशत पनि मत ल्याउन नसक्नेलाई जनताको प्रतिनिधित्व गर्ने अधिकार छैन । त्यसैले विवाद नगरौं नभए मुलुकको दुर्दिन आउँछ ।’