शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com
४ घन्टा अगाडि

चुनाव बहिस्कार गर्ने उपेन्द्र यादवको आन्तरिक प्रस्ताव

११ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुभन्दा केही घण्टा अघिमात्रै विहीबार दिउँसो उपेन्द्र यादव दिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रचण्ड र उपेन्द्रवीच केहीबेर कुराकानी भयो, त्यसलगत्तै मधेसी मोर्चाको बैठक बस्यो । प्रधानमन्त्री प्रचण्ड चीन जानुअगावै विहीबारै मधेसी...
४ घन्टा अगाडि

नवराज सिलवाललाई आइजीपी नबनाउने सत्तापक्षको अडान

११ चैत, काठमाडौं । सरकारले तत्काल नेपाल प्रहरीको महानिरीक्षकमा कसैलाई नियुक्त नगर्ने भएको छ । निर्वाचन आयोगले आचार संहिता लगाइसकेका कारण तत्काल आइजीपी नियुक्त गर्न नमिल्ने बताइएको छ । यसका साथै सत्तापक्षका नेताहरु अदालतले कार्यपालिकामाथि अनुचित हस्तक्षेप भएको निश्कर्षमा पुगेका छन् । ‘प्रहरी महानिरीक्षकको...
४ घन्टा अगाडि

एमालेलाई ‘काउन्टर’ गर्दै भैरहवा पुगे बाबुराम

११ चैत, भैरहवा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई यतिबेला तराई मधेसको अभियानमा छन् । तीन दिन अघि लाहानबाट सुरु भएको नयाँशक्ति पार्टीको ‘हिमाल पहाड तराई मधेस अभियान’ शुक्रबार भैरहवा आइपुगेको छ । एमालेले दुई नम्बर प्रदेशमा मधेसी जनताको विरोधका कारण अभियान...
४ घन्टा अगाडि

तस्वीरमा प्रधानमन्त्रीको चीन भ्रमणः थाङ्का अवलोकनदेखि उपप्रधानमन्त्रीसँग वार्तासम्म

११ चैत, हेइनान । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार हेइनानमा उच्चस्तरीय भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रमण्डलले शुक्रबार अपराह्न चिनियाँ स्टेट काउन्सिलर तथा उपप्रधानमन्त्रीसँग भेट वार्ता गर्‍यो । यो भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डका साथमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र...
४ घन्टा अगाडि

३० महिनामा यस्तो बन्दै छ भैरहवा शहर

११ चैत, भैरहवा । ०२० को दशकसम्म गाउँको रुपमा रहेको भैरहवा ५० वर्षको अन्तरालमा आज देशकै नमुना शहर बनेको छ । नगरक्षेत्रमा विकासको रफ्तार अझै जारी नै छ । पछिल्लो समय भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल ६ लेन सडक, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लगायत विकासका कामहरु...
४ घन्टा अगाडि

स्वर्गद्वारी जीप दुर्घटनाका मृतक सबैको सनाखत

११ चैत, काठमाडौं । ललितपुरबाट तीर्थयात्री बोकेर प्यूठानको स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । स्वर्गद्वारी नजिकै रुमालेमा शुक्रवार विहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते छन् ।...
५ घन्टा अगाडि

‘हट सिट’मा कर्ण लिम्बूः नवयुगलाई बिर्साउने चुनौती

एसियन कपको छनोट चरणअन्तरगत नेपाल र फिलिपिन्सबीचको म्याचपूर्व ‘हट सिट’ मा छन् कर्ण लिम्बु । ३१ वर्षीय स्ट्राइकरसामू सुपरस्टार नवयुग श्रेष्ठको अभावलाई पूर्ति गर्ने चुनौती छ । तीन वर्षपछि उनले राष्ट्रिय टीममा मौका पाएका हुन् र उनलाई यो मौका खेल फाल्नु छैन । त्यसैले...
५ घन्टा अगाडि

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, ३ घाइते

११ चैत, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भूमि भैरव मन्दिर नजिकै शुक्रबार दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुई युवती र एक युवक घाइते भएका छन् । प्रहरीका अनुसार एकैतिरबाट गैरहेका बा ५३ प ५४२६ र बा ६० प ९४९६ नम्बरको पल्सर मोटरसाइकल...
५ घन्टा अगाडि

नेपाल आयो साओमीको एमआई नोट-२, बुकिङमा आकर्षक अफर

११ चैत, काठमाडौं । साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फ्डको मार्दै असाधारण प्रविधियूक्त मि-मिक्सपछिको प्रिमियम फोनको रुपमा एमआई नोट-२ भित्र्याएको छ । अग्र भागको दुई साइडमा कर्भ विषेशता रहेको यस फोनमा ५.७ इन्च एलइडी डिस्प्ले छ । यसमा ६ जिबी र्‍याम र १२८ जिबी रोम...
२०७३ चैत ११

मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैनः डा कोइराला

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् । गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले  गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए...
२०७३ चैत ११

नार्कोसी डटकमले थाल्यो भिडियोमा अाधारित सेवा

अस्ट्रेलिया । काठमा नार्कोसी डटकमले  इन्टरनेटमा पहुँच भएका विश्वभरिका एक करोड नेपाली भाषीलाई सहयोग पुग्ने हेतुले  नयाँ उत्पादन सार्वजनिक गरिएको छ ।   हालै नेपाली भाषाका  श्रब्य दृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रबिधि तयार गरिएको छ । http://www.narkosi.com/videos लिन्कमा गएर भिडियोहरु हेर्न सकिनेछ । यस...
२०७३ चैत ११

विद्युत् प्राधिकरणले २ करोड थान एलइडी बल्ब बाँड्दै

११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल २ करोड थान एलइडी बल्ब आफ्ना ग्राहकलाई वितरण गर्ने भएको छ । यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ । केही साताअघि काठमाडौंमा भएको नेपाल-भारत उर्जा...