शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

अपराध

२०७३ माघ ५

अन्तरदेशीय र संगठित अपराध अहिलेको चुनौतिः प्रधानमन्त्री

५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरदेशीय र संगठित अपराध अहिलेको मुख्य चुनौती भएको बताएका छन् । त्यसैगरी गृहमन्त्री विमलेन्द्र निधीले अपराध र आतंकवादको कुनै सीमाना नहुने बताएका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको २३ औं एसिया प्यासिफिक सम्मेलनको काठमाडौंमा बुधबार...
२०७३ पुष २७

प्रेममा तगारो बनेपछि श्रीमानको हत्या

२७ पुस, रौतहट । रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेको छ । र, प्रहरीले साही पत्नी सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको छ । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा...
२०७३ पुष १४

काठमाडौंमै ‘सर्जिकल अट्याक’ गरेर यसरी किड्नी लुटियो !

१४ पुस, काठमाडौं । गोरखा मुचोकका दीपक नेपाली रोजगारीका लागि पोखरामा बस्दै आएका थिए । मजदुरी काम गर्ने १९ वर्षका उनको भेट कास्कीका भीमप्रसाद न्यौपानेसँग भयो । राम्रो जागिर लगाइदिन्छु, मेरो प्लाई उद्योग छ भन्दै गत साउनमा न्यौपानेले नेपालीलाई काठमाडौं ल्याए । उनले विकास...
२०७३ पुष १४

कपडा प्याकिङ गर्न भन्दै चीन गएका चार युवा २२ दिन थुनिए

१४ पुस, काठमाडौं । अछामका नवराज साउद लाखौं रकम बुझाएर रोजगारीका लागि गत चैतमा चीन उडे । भिजिट भिसामा गएपनि त्यहाँ पुगेपछि वर्किङ भिसा लगाइदिने र कपडा कम्पनीमा प्याकिङको काम पाउने आश्वासनमा उनले शान्तिनगरस्थित जम्प टु जम्प कन्सलटेन्सीमा ९ लाख ८ हजार बुझाएका थिए...
२०७३ पुष १३

जेलबाट छुट्नासाथ फेरि ठगी धन्दामा, बिहे गर्छु भन्दै युवतीलाई जालमा पार्ने दुई युवा पक्राउ

१३ पुस, काठमाडौं । झापा सनीअर्जुनका अभिषेक गिरी भन्ने नेत्रप्रसाद गिरी ठगीको आरोपमा जेल परे । म्याग्दी कारागारमा २ वर्ष १३ दिन बिताए । कारागारमै बस्दा उनको एकल महिलासँग भेट भयो र, उनीहरुको हिमचिम पनि बढ्यो । जेलबाट छुटेपछि बिहे गर्छु भन्ने प्रलोभन देखाए...
२०७३ पुष १२

सिंहदरबारमा चोरको बिगबिगी ! कम्प्युटर अपरेटरको ल्यापटप गायब

१२ पुस, काठमाडौं । सिंहदरबार देशको प्रशासनिक केन्द्र हो, जहाँ २४ सै घन्टा कडा सुरक्षा पहरा दिइएको हुन्छ । सार्वसाधारणले सिंहदरबारमा पाइला टेक्न पनि कम पापड बेल्नुपर्दैन । तर, त्यही सिंहदरबारभित्र चोरीको घटना बढ्दो छ । मंगलबार दिउँसै सिंहदरवारभित्र रहेको भौतिक पूर्वाधार तथा यातायात...
२०७३ पुष ३

करोडौंको औषधि यसरी बन्छ लागूऔषध

३ पुस, काठमाडौं । बिरामी लठ्याउन प्रयोग गरिने औषधि वर्षौंदेखि लागूऔषध प्रयोजनमा ठूलो परिमाणमा प्रयोग भइरहेको देखिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले बर्सेनि लाखौं डलर बराबरको डाइजेपाम, ब्रुप्रेननफ्रिन तथा फेनार्गन जस्ता औषधिजन्य लागूऔषध बरामद गर्ने गरेको छ । ती यस्ता औषधि हुन्, जुन वैध...
२०७३ पुष १

शिशु हत्या गर्ने देवर भाउजू थुनामा

१ पुस, पर्वत । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवर-भाउजू पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने...
२०७३ मंसिर ३०

ट्याक्टर किन्न बालकको अपहरण ! शौचालयमा भेटियो ८ वर्षीय दुर्गानन्दको शव

३० मंसिर, सप्तरी । सप्तरीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । हरीपुर गाविस ३ बस्ने रामगोबिन्द साहका ८ वर्षीय छोरा दुर्गानन्द साहको शव उनकै छिमेकी पन्नालाल साहको शौचालयकालागि सिमेन्टले बनाइएको हबबाट बरामद गरेको छ । प्रहरीले हत्यामा संलग्न दुई जनासहित तीन जनालाई...
२०७३ मंसिर २९

यौन उन्मादले ट्याक्सी चालकको ज्यान गयो ! होटलवालीलाई विश्वास गर्दा चौकी जल्यो

२९ मंसिर, काठमाडौं । प्रहरीले अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएका भनिएका ट्याक्सी चालकको हत्या भएको खुलेको छ । साथै यसमा स्थानीय प्रहरी पनि घटनालाई बुझ्न चुक्दा स्थानीयको आक्रोशको शिकार प्रहरी चौकी बनेको पाइएको छ । आइतबार विहान काठमाडौंको नयाँबस्तीका स्थानीयहरुले प्रहरी चौकीमा तोडफोड...
२०७३ मंसिर २६

अपराधीले समेत सजिलै पाउँछन् पुलिस रिपोर्टको ‘क्लिन चिट’

२६ मंसिर, काठमाडौं । अपराध अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरीले प्रविधिको विकाससँगै अनुसन्धान पद्धतिमा पनि आधुनिक तरिका प्रयोग गर्न थालेको छ । अपराधको अनुसन्धान गर्न नसके प्रहरी असफल हुन्छ भन्ने ठानेर महानिरीक्षक उपेन्द्रकान्त अर्यालकै पालामा केही ठूला अपराधको सफल अनुसन्धानपछि अनुसन्धानमा आधुनिकता खोज्न थालिएको...
२०७३ मंसिर २४

हतियारसहित एक पक्राउ

२४ मंसिर, रौतहट । गौर-चन्द्रनिगाहपुर सडकखण्डको भेडियाहीबाट प्रहरीले एक जनालाई हतियारसहित पक्राउ गरेको छ । मेड इन यूएसए लेखिएको अत्याधुनिक पेस्तोल सहित सखुअवा ८ का लालबाबु ठाकुर पक्राउ परेका हुन् । हतियार लिएर एक व्यक्ति भेडियाही तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा ठाकुरलाई पक्राउ...