शनिबार, १२ चैत, २०७३
OnlineKhabar.com

नेकपा एमाले

२०७३ चैत ११

एमालेलाई ‘काउन्टर’ गर्दै भैरहवा पुगे बाबुराम

११ चैत, भैरहवा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई यतिबेला तराई मधेसको अभियानमा छन् । तीन दिन अघि लाहानबाट सुरु भएको नयाँशक्ति पार्टीको ‘हिमाल पहाड तराई मधेस अभियान’ शुक्रबार भैरहवा आइपुगेको छ । एमालेले दुई नम्बर प्रदेशमा मधेसी जनताको विरोधका कारण अभियान...
२०७३ चैत १०

एमालेले बनायो उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने

१० चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको मापदण्ड र टिकट वितरण सम्बन्धी कार्यविधी पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गर्ने बिधी सर्वसम्मत रुपमा पारित गरेको...
२०७३ चैत १०

चीन जानुअघि मोर्चासँग सहमति गर्ने प्रधानमन्त्रीको प्रयास, ओली र यादवसँग छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विहीबार साँझ चीन प्रस्थान गर्नुअघि नै मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रयास अघि बढाएका छन् । यसका लागि सिंहदरबारमा मधेसी मोर्चा र एमालेका नेताहरुसँग प्रधानमन्त्रीले बेग्लाबेग्लै छलफल गरेका छन् । मोर्चाका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीले एमाले नेताहरुसँग छलफल...
२०७३ चैत ८

केपी ओलीले कसलाई भने फर्सी बुद्धिजीवी ? (भिडियोसहित)

८ चैत, काठमाडौं । नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार एउटा कार्यक्रममा एमाले र आफ्नो आलोचना गर्ने बुद्धिजिवीहरुमाथि खनिएका छन् । उनले एमाले मधेस अभियानमा जानु हुँदैनथ्यो भन्ने बुद्धिजीवहरुलाई फर्सी बुद्धिजिवीको संज्ञा दिए । उनीहरु अरुले खुवाएको ट्याबलेड खाएर बोलेको...
२०७३ चैत ८

ओलीले भने- एमाले विरुद्ध मोर्चाबन्दी हुँदै छ !

८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले मोर्चाबन्दी गरेको बताएका छन् । ओलीले आउने चुनाव एमालेले जित्ने देखेर आतंकित भएकाहरुले मोर्चाबन्दी गरेको दाबी गरेका छन् । मेची महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयंसेवक, कलाकार...
२०७३ चैत ८

महान्यायाधिवक्ता श्रेष्ठ पदमा बस्न अयोग्यः ओली

८ चैत, काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले महान्यायाधिवक्ता रमण श्रेष्ठ पदमा बस्न अयोग्य भएको दाबी गरेका छन् । श्रेष्ठ ‘उग्रपन्थी पार्टीको हुल्याहा कार्यकर्ता’ का रुपमा प्रस्तुत भएको ओलीको आरोप छ । एमालेको मेची-महाकाली अभियानका स्वयंमसेवकलाई धन्यवाद दिन मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष...
२०७३ चैत ७

संशोधन प्रस्ताव थाती नराखे चुनाव प्रभावित हुने एमालेको चेतावनी

  ७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान बोलाएको प्रमुख दलहरुको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव थाति राख्न प्रस्ताव गरेको छ ।...
२०७३ चैत ६

सप्तरी घटनाको थप खुलासा: मोर्चा र एमालेवीच प्रतिष्ठाको लडाइँ, सुरक्षा लापरवाही

सप्तरीमा एमालेको सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो । पाँच नागरिक मारिए । एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए, तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन । मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची-काली अभियान’ अन्तर्गत सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र...
२०७३ चैत ४

प्रचण्डलाई ओलीको प्रश्न-आफैं षड्यन्त्र गर्दै हुनुन्छ कि अरुको षड्यन्त्रमा फस्नुभयो ?

४ चैत, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पश्चिमी सीमा शहर महेन्द्रनगर पुगेर प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नियतमा प्रश्न उठाएका छन् । उनले सत्तापक्षमाथि हार्ने डरले चुनावबाट भाग्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।...
२०७३ चैत ३

ओलीको नजरमा कांग्रेसः आकार भैंसी जत्रो तर, बाख्राले जति पनि भारी बोक्न नसक्ने !

३ चैत, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै समयमा स्थानीय चुनाव गराउन एमालेले सबै शक्ति लगाउने बताएका छन् । महेन्द्रनगरमा आयोजित मेची-महाकाली अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘तोकिएको मितिमा चुनाव हुनुपर्छ, नत्र यो सरकारको खैरियत छैन ।’ देशको ठूलो...
२०७३ चैत ३

कञ्चनपुर पुगेर ओलीले भने- गोविन्द गौतम हत्यामा भारतले माफी माग्नुपर्छ

३ चैत, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको आनन्दबजारमा भएको गोविन्द गौतम हत्या प्रकरणमा भारतले नेपाल र नेपाली जनता समक्ष माफी माग्नुपर्ने बताएका छन् । महेन्द्रनगरमा आयोजित मेची-महाकाली अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै ओलीले यो घटनामा नेपाल सरकारले लटर पटर गर्न...
२०७३ चैत ३

डाँकामा पनि नैतिकता हुन्छ, तर प्रचण्डमा भएनः बामदेव गौतम

३ चैत, धनगढी । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री प्रचण्डले पटक-पटक राजनीतिक बेइमानी गरेकाले उनी अनैतिक भएको टिप्पणी गरेका छन् । मेची-महाकाली अभियानका क्रममा कैलालीको धनगढीमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै गौतमले आफैं सम्मिलित सरकार र त्यसको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँदाहुँदै बिनाकारण...