शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

नेपाली चलचित्र

२०७४ वैशाख १५

एक महिना पश्चिम नेपालमा नम्रताको धमाका

नायिका नम्रता सापकोटाले चलचित्र ‘छक्का पन्जा र ब्रासलेट’बाट राम्रो चर्चा पाइन् । दुबै चलचित्रमा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले रुचाए । चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बताएकी नायिका करिब एक महिना पश्चिम नेपालको भ्रमणमा व्यस्त बनिन् । मार्चको अन्तिम साता उनी पश्चिम नेपालका विभिन्न जिल्लामा...
२०७४ वैशाख १५

नृत्य नगरी नीतालाई निद्रा नै पर्दैन

चलचित्र ‘करोडपति’मा अभिनय गरेपछि नायिका नीता ढुंगानालाई लाग्न थालेको छ कि केही चलचित्र असफल भयो भनेर निराश हुनुहुन्न । सफलता कुनै पनि बेला पाइन्छ । महत्वकांक्षी चलचित्र ‘फुलैफुलको मौसम तिमीलाई’ असफल भएपछि नीताको हातमा त्यति धेरै राम्रा चलचित्र आएनन् । तर, पनि पछिल्लो पटक...
२०७४ वैशाख १५

‘दीपा च्वाँक छे, मै बिहे गर्छुः किरण केसी(भिडियो)

हाँस्य सिरियल ‘जीरे खुर्सानी’बाट दुई कलाकार उदाए । दर्शकले कलाकार शिवहरि पौडेललाई ‘मुखमा हानुँ जस्तो’ उप-नामबाट चिने भने किरण केसीलाई ‘राता मकै’ उप-नामले चिने । ‘शिवहरि र किरण केसी’सँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः अहिले चर्चित हाँस्य सिरियल ‘जीरे खुर्सानी’ बन्द भैसकेको छ...
२०७४ वैशाख १४

सुरु भयो ‘छक्का पन्जा २’को छायांकन, प्रियंका स्वस्तिमाको आमा बन्ने

गतबर्षको ब्लकबस्टर चलचित्र ‘छक्का पन्जा २’को छायांकन सुरु भएको छ । बिहिबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पुजा गर्दै चलचित्रको शुभमुहुर्त सर्ट खिचिएको हो । साथमा, मन्दिरमै दृश्य खिचेर यसको छायांकन पनि प्रारम्भ भएको छ । दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको यो चलचित्रका कार्यकारी निर्माता विकास...
२०७४ वैशाख १४

अनमोलसँगै पर्दा शेयर गर्न चाहन्छिन् साम्राज्ञी

नायक अनमोल केसी र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी चलचित्र ‘ड्रिम्स’पछि चम्कियो । यो चलचित्रमा अनमोललाई हेर्न गएका उनका फ्यानहरु साम्राज्ञीलाई पनि मन पराएर हलबाट फर्किए । यो चलचित्र हिट भएपछि साम्राज्ञीले ३ वटा चलचित्रमा काम गरिसकेकी छिन् भने चौथो चलचित्रको छायांकन केही समयपछि...
२०७४ वैशाख १३

कति बोल्ड जेबिका ?

चलचित्रमा लागेर नाम, दाम कमाउने सोच त कसको हुँदैन र ? तर, नेपाली चलचित्र क्षेत्र अझै व्यवसायिक हुन नसक्दा केही अनुहारहरु विकल्पको खोजी पनि गर्छन् । व्यवसायिक नभएकै कारण चलचित्रबाट कमाएको नाम र बायोग्राफी अगाडि देखाएर धेरै कलाकार विदेश पनि पुगेका छन् । चलचित्र...
२०७४ वैशाख १३

करिश्मासँगै नाचिन् साम्राज्ञी

अहिलेकी पुस्ताकी सर्वाधिक चर्चित नायिका हुन्, साम्राज्ञीराज्य लक्ष्मी शाह । साम्राज्ञीको एउटा मात्र चलचित्र रिलिज भएको छ भने, ३ वटा चलचित्र रिलिजको तयारीमा छ । उनै, साम्राज्ञीले नायिका करिश्मा मानन्धरसँग कम्मर मर्काएकी छिन् । नयाँ शक्ति नेपालमा व्यस्त भएपछि करिश्माले चलचित्रको छायांकनमा समय दिन...
२०७४ वैशाख १३

मोहनदेखि हर्षिकासम्म, जसलाई छ ‘मेरी कुसुम’ महत्वपूर्ण

कलाकार मोहन बोगटी यतिबेला दुबइमा छन् । उनी, मे ५ मा दुबइमा चलचित्रको रिलिज गर्ने तयारीमा छन् । उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘मेरी कुसुम’ जेठ २५ गतेबाट भने नेपालभर रिलिज हुँदैछ । मोहन चलचित्रको रिलिजको समयमा नेपालमा हुने छैनन् । मोहनका अनुसार,...
२०७४ वैशाख १३

‘काले दाइ’ पछि ‘पर्व’ ट्रेलरको चर्चा, ट्रेन्डिङको पहिलो स्थान कब्जा

जेठ १२ गतेबाट देशभरका हलमा एकसाथ रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’को ट्रेलरले अहिले युटुबमा हंगामा मच्चाएको छ । सार्वजनिक भएको २ दिनपछि चलचित्रको ट्रेलरले नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थान कब्जा गरेको छ । निर्देशक दिनेश राउतले भने-‘नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थानमा...
२०७४ वैशाख १२

१५ बर्षदेखि जोडिएको दीपक-दीपा र निर्मलको सहकार्य तोडियो हो ?

हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलासँग निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्माको सम्बन्ध जोडिएको १५ बर्ष भयो । निर्मल दीपक र दीपालाई ‘गुरु बा र आमा’ भन्छन् । निर्मललाई हाँस्य सिरियल ‘तितो सत्य’बाट दीपक र दीपाले नै ‘गैडा’ उप-नामको परिचय दिएका हुन्...
२०७४ वैशाख १२

विपिन अब नाइके, ‘नाका’को ‘गुण्डा’ बन्ने

आफ्नो अभिनयका कारण दर्शकको मन जितेका कलाकार विपिन कार्की अब नयाँ चलचित्रमा अभिनय गर्न तम्सिएका छन् । वैशाख १४ गतेबाट छायांकन सुरु हुने चलचित्र ‘नाका’मा उनी गुण्डाहरुको नाइके बन्ने भएका हुन् । यो चलचित्रको छायांकन सिन्धुपाल्चोकको तातोपानीमा हुनेछ । चलचित्रको छायांकनका लागि विपिन अहिले...
२०७४ वैशाख १२

चलचित्रको नाम ‘हिटलर’ राख्दा फेसबुक र युटुबमा समस्या

जेठ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिटलर’को चर्चा अहिले राम्रो छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलर रिलिज नहुँदै यसले राम्रै हाइप बनाएको छ । अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सोहित मानन्धर र सामिया बर्तौला मुख्य भूमिकामा छन्...