शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

माओवादी केन्द्र

२०७४ साउन ३

माओवादीमा नयाँ प्रस्तावः छायाँ सरकार बनाउने, जिल्ला कमिटी विघटन गर्ने

  ३ साउन, काठमाडौं । माओवादी केन्द्रको जारी बैठकमा एकजना नेताले ७५ वटै जिल्ला कमिटीहरु विघटन गर्नुपर्ने र स्थानीय तहमा छायाँ सरकार गठन गरिनुपर्ने लिखित प्रस्ताव दर्ता गराएका छन् । माओवादीका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरी नयाँ संरचनामा जानुपर्ने...
२०७४ साउन २

माओवादी बैठकमा रिपोर्टिङः संगठन कमजोर भएकाले हारियो, प्रदेश नम्बर २ मा ४० सिट जित्छौं

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इञ्चार्जहरुले पार्टी निर्माणका लागि निर्मम भएर प्रस्तुत हुन पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । संगठन कमजोर भएकै कारण पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा अपेक्षा गरिएअनुसारको नतिजा नआएको भन्दै उनीहरुले संगठन निर्माणका लागि अध्यक्ष प्रचण्डले...
२०७४ असार २८

माओवादी हेडक्वार्टरमा नेताको रिपोर्टिङः अनुभव कमीले चुनावमा हारियो

२८ असार, काठमाडौं । माओवादी केन्द्रका नेताहरुले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् । कतिपय स्थानमा जितिनेमा अति विश्वासका कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरुले जिकिर...
२०७४ असार २५

तराईका ७ जिल्लामा एमाले पहिलो, दाङ र कैलालीमा बहुमत

२५ असार, काठमाडौं । दुई चरणमा निर्वाचन सम्पन्न भएका तराईका ११ जिल्लामध्ये ७ जिल्लामा एमाले पहिलो दल बनेको छ । यीमध्ये दुई जिल्लामा एमालेले बहुमत सीट जितेको छ । तराईका जिल्लाहरुमा राम्रो मत परिणाम आएको भन्दै एमाले नेताहरु सन्तुष्ट देखिएका छन् । तर, पार्टी...
२०७४ असार २३

दाङबाट एमाले-माओवादी तालमेलको शुरुवात, जिल्ला समन्वय समितिमा यसरी भयो भागबण्डा

२३ असार, दाङ । दाङ जिल्लाका सबै १० स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा एमाले जिल्लाभरको लोकप्रिय मत र स्थानीय तह दुवैतर्फ पहिलो दल बनेको छ । तर जिल्ला समन्वय समितिमा भने एमालेलाई एक मत नपुगेपछि माओवादी केन्द्रसँग मिल्ने भएको छ । दाङको जिल्ला समन्वय...
२०७४ असार २३

एमाले जिल्ला अध्यक्षलाई हराउँदै कांग्रेसका रमेश बने बुद्धशान्तिको प्रमुख

२३ असार, झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवारले एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई हराएका छन् । कांग्रेस उम्मेदवार रमेश भुजेल ७ हजार ९ सय ९६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी पाठकले ७ हजार ३ सय ५३ मत ल्याए ।...
२०७४ असार २२

कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादी विजयी

२२ असार, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार पोतिलाल चौधरी ६ हजार ७६४ मतसहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका बल्लभराज भट्टले ६ हजार ४०७ मत पाए । कांग्रेस उम्मेदवार...
२०७४ असार २१

कांग्रेस-एमाले गठबन्धन तोड्ने गुल्मीकी छोरी, रुकुमकी बुहारी

२१ असार, रुकुम । रुकुमको इतिहासमा पहिलोपटक एक महिला स्थानीय तहको नेतृत्वमा पुगेकी छिन् । जिल्लाको ऐतिहासिक ‘बाउन्न पोखरी त्रिपन्न टाकुरी’को नामले चिनिने सुन्दर रुकुमकोटकी कुमारी बरालले यो गौरव हासिल गरेकी हुन् । चर्चित कमल तालसमेत रहेको सिस्ने गाउँपालिकाको प्रमुखमा कुमारीले देशका दुई ठूला...
२०७४ असार २०

हिरा केबटः सेना छाडेर लडाकु, लडाकु छाडेर गाउँपालिका अध्यक्ष

२० असार, भैरहवा । स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लामा नेकपा माओवादी केन्द्रको साख पूर्वजनमुक्ति सेनाको बटालियन कमाण्डरले जोगाएका छन् । जिल्लाको १६ स्थानीय तहमध्ये ११ तहको परिणाम आउँदा एक तहमा मात्र माओवादी केन्द्रले जित हात पार्दै आफ्नो साख जोगाएको छ । स्थानीय तह निर्वाचनमा रुपन्देही...
२०७४ असार १८

अर्घाखाँचीको भुमिकास्थानमा कांग्रेस-माओवादी गठबन्धन विजयी

१८ असार, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा कांग्रेस-माओवादी गठबन्धन विजयी भएको छ । गठबन्धनबाट माओवादीका मेयर पदका उम्मेदवार रेशम थापा र उपमेयरमा कांग्रेसका खडानन्द बेल्बासे निर्वाचित भएका छन् । मेयर पदमा विजयी थापाले ५ हजार ३२० मत प्राप्त गरेका छन् । थापाका निकटतम...
२०७४ असार १८

रोल्पा ‘क्लिन स्वीप’ गर्ने माओवादीको प्रयास किन असफल भयो ?

१८ असार, रोल्पा । १० वर्षे माओवादी जनयुद्धको उद्गमथलो रोल्पाले यसपटकको स्थानीय तह चुनावमा माओवादी नेतृत्वलाई झड्का दिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तीदेखि कृष्णबहादुर महरा, वर्षमान पुन लगायत माओवादीका ठूला नेताहरुको जिल्ला रोल्पामा रुकुम जस्तै ‘क्लिन स्वीप’ गर्ने माओवादीको प्रयास सफल...
२०७४ असार १७

अर्घाखाँचीका ३६ वडाको परिणामः कहाँ कसले जिते ? (सूचीसहित)

१७ असार, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ स्थानीय तहबाट ३६ वडाको परिणाम सार्वजनिक भएको छ । सितगंगा नगरपालिकाका १०, सन्धिखर्क नगरपालिकाका ५, भुमिकाथान नगरपालिकाका ४ वटा वडाको परिणाम सार्बजनिक भएको छ । यसैगरी छत्रदेव गाउँपालिकाका ७, मालारानी गाउँपालिकाका ५ र पाणिनी गाउँपालिकाका ४ वडाको...