आइतबार, ८ फागुन, २०७३
OnlineKhabar.com

वैदेशिक रोजगारी

२०७३ फागुन ४

कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, यो वर्ष लाइन बस्नु नपर्ने

४ फागुन, काठमाडौं । नेपालले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव गरेको छ । र, यो पटक अनलाइन फारम हुनेछ । चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको...
२०७३ फागुन ४

कोरियाले सुरुवातमै पठायो ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’

४ फागुन, काठमाडौं । दक्षिण कोरियाले सन् २०१७ को पहिलो लटका लागि नेपाली काादरलाई लैजान सुरु गरेको छ । कामदारको छनोट सुरु गरे लगत्तै भाषा परीक्षा पास गरेका ५ सय नेपालीको श्रम सम्झौता पठाएको छ । यसैसाता सन् २०१७को लागि इपीएस पास गरेका नेपाली...
२०७३ फागुन ३

वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा

३ फागुन, बैतडी। वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् । श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले र६० हजार खर्चेर भिटाकेदार जाने बाटो (सिडी) निर्माण गरेका हुन् । केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी,...
२०७३ फागुन २

वैदेशिक रोजगारीमा जानेले परिवारको अनिवार्य स्वास्थ्य वीमा गर्नुपर्ने

२ फागुन, काठमाडौं । सबै नेपालीलाई स्वास्थ्य वीमामा आवद्ध गर्ने लक्ष्य अनुरुप सरकारले अब बैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा आफ्नो परिवारको स्वास्थ्य वीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याउन लागेको छ । सामाजिक स्वास्थ्य वीमा विधेयक, २०७३ मार्फत सरकारले कामको खोजीमा बिदेश जानेले आफ्नो परिवारको स्वास्थ्य...
२०७३ फागुन १

मन्त्रीको उपस्थितिमा मलेसियामा श्रमिक कल्याणकारी कोष स्थापना

मलेसियाको भ्रमणमा रहेका श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले एनआरएन मलेसियाले स्थापना गरेको श्रमिक कल्याणकारी कोषको शुभारम्भ गरेका छन् । मन्त्री गुरुङले शनिवार गैरआवासीय नेपाली संघ मलेसियाले क्वालालम्पुरमा उद्घाटन गरेको एनआरएन मलेसिया कल्याणकारी कोषमा चालीस हजार रिंगेट अर्थात करीव दश लाख रुपैयाँ संकलन भएको...
२०७३ फागुन १

यी हुन् दुबईकी ‘चटपटेवाली’ नेपाली चेली !

१ फागुन, युएई । आफूले काम गरिरहेको कम्पनीले कामदार सप्लाई गर्न नसकेपछि दमक झापाकी तारा पोखरेललाई संकट आइलाग्यो । केही वर्ष परदेशमा दुःख गरेर परिवारको आर्थिक अवस्था दरिलो बनाउने सपनासहित दुबई आएकी पोखरेलले ऋण तिरी नसक्दै नेपाल फिर्नुपर्ने भयो । तैपनि ताराले हिम्मत हारिनन्...
२०७३ माघ २९

विदेश जाने श्रम स्वीकृति अनलाइनबाटै कसरी लिने ? (तरिकासहित)

२९ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले ब्यक्तिगत श्रम स्वीकृतिका लागि पनि अनलाइन सिस्टम लागू गरेको छ । तर, प्राविधिक अष्पष्टताका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरू यसबारे अन्यौलमा छन् । अहिले ब्यक्तिगत स्वीकृति लिने र  श्रमको रि-इन्ट्री गर्ने कामदारहरुको आवेदन पनि अनलाइनबाट बुझ्न थालिएको...
२०७३ माघ २४

कुबेतमा लाएको पिरती एक बोतल एसिडले बनायो खरानी

२४ माघ, भैरहवा । धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट नपा-५ की २७ वर्षीया तुलसा सापकोटाको करिब तीन वर्ष पहिले कुवेतमा भेट भयो । त्यही भेटको परिणामस्वरुप आइतबार राति बुटवलमा तुलसामाथि सुनीलले एसिड प्रहार गरे । र, सोमबार उनको मृत्यु...
२०७३ माघ २२

निःशुल्क भिसा र टिकट लागू नगर्न गिरोह नै लागेः श्रममन्त्री गुरुङ

२२ माघ, चितवन । श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट कार्यान्वयन र व्यवस्थित हुन नसकेको स्वीकारेका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसलाई कार्यान्वयन गर्न नदिन गिरोह सक्रिय रहेको बताए । कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको पनि उनको भनाइ थियो...
२०७३ माघ २०

वैदेशिक रोजगारी: फिलिपिनो युवती बनिन् मधेसकी बुहारी

२० माघ, सप्तरी । वैदेशिक रोजगारीले हाम्रो समाजलाई केही धनी बनाएको छ । तर, ठीक उल्टो हेर्ने हो भने केहि सामाजिक विकृत्तिहरु पनि ल्याइदिएको छ । वैदेशिक रोजगारी अब यतिमै सिमित रहेन् । अब वैदेशिक रोजगारीले माया, प्रेमसहित वैवाहिक अवसर पनि जुटाउँदै गएको छ...
२०७३ माघ १८

समातिए वैदेशिक रोजगारीका ‘नटवरलाल’, ९४ पीडित प्रहरी सम्पर्कमा

१८ माघ, काठमाडौं । खाडी मुलुकहरुमा आकर्षक तलबसहित रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा अमन भन्ने मोहमद अजमत अलि साह पक्राउ परे । धनुषा मिथिलेश्वर घर भई ललितपुर नकबहिलमा बस्दै आएका २९ वर्षीय साहलाई गत पुस २९ गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको थियो ।...
२०७३ माघ १४

कतारमा अलपत्र तीन नेपालीको उद्दार

१४ माघ, काठमाडौं । तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा उद्दार गरिएको छ । पीडितहरुले म्यानपावरमा बुझाएको पैसा फिर्ता गराउने पहल समेत थालिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका तिलक विष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारीको उद्धार गरिएको हो...