शनिबार, १२ चैत, २०७३
OnlineKhabar.com

संविधान संशोधन

२०७३ चैत ११

एमालेलाई ‘काउन्टर’ गर्दै भैरहवा पुगे बाबुराम

११ चैत, भैरहवा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई यतिबेला तराई मधेसको अभियानमा छन् । तीन दिन अघि लाहानबाट सुरु भएको नयाँशक्ति पार्टीको ‘हिमाल पहाड तराई मधेस अभियान’ शुक्रबार भैरहवा आइपुगेको छ । एमालेले दुई नम्बर प्रदेशमा मधेसी जनताको विरोधका कारण अभियान...
२०७३ चैत ७

सीमांकनलाई थाती राखेर कुनै सम्झौता गर्दैनौंः ठाकुर

७ फागुन, सप्तरी । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकनलाई थाती राखेर सरकारसँग कुनै सम्झौता नगर्ने बताएका छन् । बाहिर चर्चा भए जस्तो कुनै सहमति नभएको भन्दै उनले संविधान संशोधन नभई मधेसी मोर्चा चुनावमा जान नसक्ने बताए । गत फागुन २३ गते...
२०७३ चैत ७

संशोधन प्रस्ताव थाती नराखे चुनाव प्रभावित हुने एमालेको चेतावनी

  ७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाति राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान बोलाएको प्रमुख दलहरुको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव थाति राख्न प्रस्ताव गरेको छ ।...
२०७३ चैत ६

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

६ चैत, काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ । आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका ६ सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा भनिएको छ,...
२०७३ चैत २

संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने एमालेको घोषणा

२ चैत, टीकापुर । सरकारले सीमांकन हेरफेर बाहेक अन्य तीन बुँदामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थालेलगत्तै प्रमुख विपक्षी नेकपा एमालेले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ । भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय पनि मधेसमा मधेसी र थारुलाई नै...
२०७३ चैत २

प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतालाई सिंहदरबार बोलाए

२ चैत, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका मधेसी मोर्चाका नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान सिंहदबारमा बोलाएका छन् । प्रधानमन्त्रीको निमन्त्रणालाई स्वीकार गर्दै मोर्चाका नेताहरु सिंहदरबारमा भेला हुँदैछन् । मोर्चाको मंगलबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको...
२०७३ चैत १

कांग्रेस बैठकमा संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्न माग

१ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संविधान संशोधन विधेयक तत्काल प्रक्रिया अघि बढाउन माग गरेका छन् । सरकारले अहिले पास गर्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय चुनावपछि मात्र संविधान संशोधन विधेयक अघि बढाउने प्रस्ताव अघि सारेको छ ।...
२०७३ चैत १

ओलीको काठमाडौं यात्राः ‘चारआनाको मूर्गालाई बाह्रआनाको मसला’

१ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओली पार्टीको मेची महाकालीजस्तो महत्वपूर्ण कार्यक्रम छाडेर सोमबार काठमाडौं फर्किए । कार्यकर्ता र समर्थकहरुको ठूलो भीडले मञ्चमा ओलीलाई खोज्यो, तर पाएन । ओली काठमाडौंमा महत्वपूर्ण राजनीतिक काम परेकाले सभामा आउन नसकेको भन्दै नेताहरुले मञ्चबाटै माफी मागे ।...
२०७३ चैत १

५ नम्बर प्रदेश टुक्र्याउन नदिने एमालेको रणनीति

१ चैत, दाङ । सत्ता पक्षले ५ नम्बर प्रदेश हेरफेरसहितको संविधान संशोधन विधेयकमा दुई तिहाई बहुमत जुटाउने प्रयास तीब्र पारेकै बेला प्रमुख विपक्षी नेकपा एमाले भने ५ नम्बर प्रदेशमा केन्दि्रत भयो । एमालेका नेताहरुले ५ नम्बर प्रदेश फेरबदल विरुद्धको जनमत आफ्नो पक्षमा पार्न भरमग्दूर...
२०७३ फागुन २७

अहिलेकै संविधान संशोधन विधेयक पारित हुँदैनः कमल थापा

२७ फागुन,काठमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले संसदमा बिचाराधीन संविधान संसोधन यथास्थितिमा पारित नगर्ने पार्टीको अडान यथावत राखेरै आफू सरकारमा सहभागी भएको बताएका छन् । शुक्रवार स्थानीय विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यथास्थितिमा संविधान संसोधन बिधेयक पारित नगर्ने राप्रपाको अडान...
२०७३ फागुन २३

मधेसका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन हुँदैनः रविन्द्र अधिकारी

२३ फागुन, भक्तपुर। नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन नहुने बताएका छन् । रफत सञ्चार क्लवमा भएको साक्षात्कारमा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बलियो बनाउनसंविधान संशोधनभन्दा पहिला निर्वाचन गर्नुपर्ने बताए । निर्वाचन...
२०७३ फागुन १९

मधेसलाई अलग गरेर चुनावमा जानुहुँदैनः कमल थापा

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसलाई अलग गरेर चुनावमा जाँदा संविधान कार्यान्वयनमा अप्ठ्यारो पर्ने बताएका छन् । मधेसी मोर्चालाई सहमतिमा नल्याई प्राविधिक रुपमा चनाुव गर्न सकिने भए पनि यसले संविधान कार्यान्वयनमा समस्या पर्ने थापाको विश्लेषण छ । राप्रपा केन्द्रीय...