बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

सुर्खेत

२०७४ साउन २९

सुर्खेतमा विद्युत सेवा अवरुद्ध, वर्षा जारी, सन्त्रास ३ वर्ष अघिको

२९ साउन, सुर्खेत । दुई दिनदेखि सुर्खेत र दैलेखको विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेत-कोहलपुर प्रशारण लाइनको बीचमा वर्षाले विद्युत तार र पोलमा क्षती पुर्‍याउँदा विद्युत अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा सुर्खेतका केही एफएम रेडियो स्टेशन वन्द भएका छन् ।...
२०७४ साउन २९

सुर्खेतमा पहिरोले घर बगायो, एकै परिवारका तीन जनाको मृत्यु

२९ साउन, सुर्खेत । शुक्रबार राति देखिको अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार...
२०७४ साउन १३

प्रलोभनमा बेचिन्छन् सुर्खेतका चेलीबेटी

१३ साउन, सुर्खेत । मानव जीवनकै कलङ्कका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् । सुर्खेतको हकमा चेलीबेटी बेचबिखन समस्याका रुपमा देखापरेको सरोकारवाला...
२०७४ जेठ १८

सुर्खेतमा आगलागी, दमकल नहुँदा नियन्त्रणमा आउन सकेन

१८ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१०, सुर्खेतमा बिहीबार बिहान आगलागी भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको न्यू कोटेश्वर टायर रिसोलिङ सेन्टरमा आगो लागेको हो । बिहीवार बिहानैदेखि आगलागी भए पनि सुर्खेतमा दमकल नहुँदा अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले...
२०७४ जेठ ३

सुर्खेतको बराहतालमा कांग्रेस विजयी

३ जेठ, काठमाडौं । सुर्खेतको बराहताल गाउँपालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तेजबहादुर बस्नेत ३२२१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका ताराकेशर गौतमले २९६४ मत ल्याए भने माओवादी केन्द्रका बलबहादुर कठायतले १९८४ मत ल्याएका छन् । १० वटा...
२०७४ वैशाख १४

माओवादीले सुर्खेतका सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगायो

१४ बैशाख, सुर्खेत, । नेकपा माओवादी केन्द्रले सुर्खेतका सबै स्थानीय तहमा उम्मेदवारहरुको टुङगो लगाएको छ । जिल्लाबाटै सबै ९ वटा स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जानकारी दिए । उम्मेदवार छनौट समितिले वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा पहिले उम्मेदवार छनौट गरेको...
२०७४ वैशाख ४

दलहरुलाई शिक्षकको चूनौती, चुनाव लड्न धमाधम राजीनामा

४ बैशाख, सुर्खेत । आगामी बैशाख ३१ को स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सुर्खेतमा शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तह चुनावमा उम्मेदवार बन्न्कै लागि सामुदायिक विद्यालयका शिक्षकहरुले राजिनामा दिएका हुन् । उनीहरुले खुला रुपमै राजनीतिक दल र नेताहरुलाई चुनौती दिएर अबको...
२०७३ कार्तिक ८

सुर्खेतमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन सुरु

८ कात्तिक, छिन्चु । सुर्खेतको भेरीगंगा नगरपालिकामा अन्तराष्ट्रियस्तरको क्षेत्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन शुरु भएको छ । यसअघि पूर्वसम्भाव्यता अध्ययन टोलीले सो क्षेत्रमा विमानस्थल निर्माण गर्न उपयुक्त भएको प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको थियो । हाल विमानस्थल निर्माणका लागि आवश्यक भौगर्भिक र सम्भाब्यता अध्ययन गर्नकालागि...