यार्चागुम्बा टिप्न गएका नौ जनाको हत्या

१८ असार, पोखरा । यार्चागुम्बा टिप्न मनाङ पुगेका गोरखाका नौजनालाई नार गाबिसका स्थानीय बासिन्दाले हत्या गरेका छन् ।

गत जेठ २७ गते भएको सो घटनाबारे ढिलो गरी जानकारी आएको प्रहरीले जनाएको छ । यार्चागुम्बा टिप्ने विषयमा विवाद भएपछि नारबासीले सात जनालाई कुटेर हत्या गरेको र ज्यान जोगाउन भाग्ने क्रममा थप दुईको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नो क्षेत्रमा यार्चागुम्बा टिप्न आएको भन्दै नारका स्थानीयबासिन्दासंग बिवाद भएको थियो । उनीहरुको धारिलो हतियार प्रहारबाट सातजनाको घटनास्थलमै र अन्य दुईजनाको भाग्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

मृत्यु हुनेहरुमा  गोरखा करौचा गाविसका बिरे गुरुङ, कामी गुरुङ, ज्ञानबहादुर गुरुङ, सुभदार गुरुङ, सोगर गुरुङ, आइतराम गुरुङ र ध्रुव गुरुङ छन्। भीरबाट लडेर मृत्यु हुने अन्य दुईजनाको पहिचान भएको छैन। घटनास्थल मनाङको सदरमुकाम चामेबाट दुई दिन टाढा पर्छ। घटनाबारे थप जानकारी दिन चामेबाट प्रहरी टोली त्यसतर्फ गएको छ ।

Share This Post

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.