ख्यातीको हत्याको सहयोगी मेरिना डिस्टिङ्सनमा एसएलसी पास

१९ असार, काठमाडौं । ख्याती श्रेष्ठको अपहरण, बलात्कार र हत्याको मतियारको रुपमा हिरासतमा रहेकी मेरिना शाक्य एसएलसी परिक्षामा डिस्टिङ्सनमा पास भएकी छिन् । एभीएम विद्यालयबाट एसएलसी दिएकी उनले ८६. ८७ प्रतिशत अंक ल्याएकी छिन् । ०३२३४२८ ‘एन’ सिम्बोल नम्बरकी मेरिनाले आठ सय पूर्णाङ्कमा ६ सय ९५ नम्बर लयाएर उत्तीर्ण भएकी हुन् ।

विद्यालयमा मेरिनाको प्रतिभा देखेर नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा विश्लेषण गर्ने विद्यार्थी समूहको सदस्य चयन गरेको थियो । तर, ओबामाको भाषण सुनेर विश्लेषण गर्नुअगाडि नै उनी पक्राउ परिन् ।

१९ बर्षीया ख्याती श्रेष्ठको अपहरण र हत्यामा मतियार बनेको अभियोगमा ६ असारदेखि उनी प्रहरी हिरासतमा छिन् ।

हत्याका मुख्य अभियुक्त शिक्षक विरेन श्रेष्ठ र मेरिनाको मिलेमतोमा ख्यातीको हत्या भएको थियो । ख्यातीको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ, आज प्रकाशित नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share This Post

प्राप्त 2 मतहरु

  • xyz wrote on 3 July, 2009, 19:47

    I still feel this lady is innocent. She is being used and abused by her tutor.

  • JONAM wrote on 4 July, 2009, 13:00

    yo marina biren ko rakhel ho sala kukurni

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.