नवलपरासीमा बस र ट्रक ठोक्किंदा ३० घाईते

२० असार, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा बस र ट्रक आपसमा ठोक्किंदा बसमा सवार ३० जना यात्रु घाईते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय नवलपरासीका अनुसार भैरहवाबाट पोखरा जाँदै गरेको ना ३ ख ९१६६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४६८७ नम्बरको ट्रक आज विहान दाउन्नेको विश्वकर्मा मन्दिर नजिक एकआपसमा ठोक्किएका हुन् ।

घाईतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटनापश्चात पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्ने सडकखण्ड अवरुद्व भएको छ ।

Share This Post

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.