बाढीले २ सय घर डुवानमा, २० घरपरिवार विस्थापित
२० असार, नवलपरासी । विगत तीनदेखि लगातार परेको झरीका कारण नवलपरासीको केरुङ्गा खोलामा आएको बाढीले शिवमन्दिर गाविसको २ सय घर डुवानमा परेका छन् । डुवानका कारण शिवमन्दिर-६ का २० घर परिवार विस्थापित भइसकेका पत्रकार नविन पौडेलले जानकारी दिनुभएको छ । प्रहरी, रेडक्रस तथा स्थानिय सामाजिक संघसंस्थाको टोलीले उद्धार जारी राखेका छन् ।
सोहि खोलाले बगाएर शुक्रबार शिवमन्दिर-९ का ५० वर्षीय अम्मर विकको ज्यान गएको थियो ।


