मार्टीन र कोइरालावीच छलफल

२० असार, काठमाण्डौ । नेपालमा भ्रमणमा रहनुभएका अनमिनका पूर्व प्रमुख इयान मार्टीनले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग भेटवार्ता गर्नुभएको छ ।

कोइरालानिवास महाराजगंजमा बिहान भएको भेटमा मार्टीनले नेपालका शान्ति प्रकृया र सेना समायोजनबारे जानकारी लिनुभएको थियो । नयाँ सरकार बनेपछि शिबिरमा रहेका माओवादी लडाकुको भबिष्य र सेना समयोजनबारे मार्टीनले चासो राख्नुभएको कोइरालानिकट स्रोतले जनाएको छ ।

आफ्नो कार्यकाल सकेपछि दोस्रोपटक नेपाल भ्रमणमा आउनुभएका मार्टीनले पछिल्लो भ्रमणमा राजनीतिक दलका नेताहरुसंग पनि छलफल गर्नुभएको छ । उहाँले यसअघि माओवादी नेता डा बाबुराम भट्टराईसंग छलफल गर्नुभएको थियो ।

Share This Post

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.