ओली कामरेडको कांग्रेस प्रवेश र मेरो माओवादी प्रवेश
बामदेव गौतम

म एकीकृत नेकपा (माओवादी) मा प्रवेश गर्दै छु भन्ने हल्ला आफ्नै पार्टीभित्र गएको आठौं महाधिवेशनमा अध्यक्षकाविरुद्ध जुन समूह निर्माण भयो, त्यो समूहभित्रबाट चलाइएको हो । र, कता-कता माओवादीले पनि यो हल्लालाई साथ दिएजस्तो मैले पाएको छु । यो हल्ला कति असत्य, कति निराधार छ भन्ने कुरा हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, कम्युनिस्ट आन्दोलनकै एकजना वरिष्ठ नेता कमरेड केपी शर्मा ओलीलाई कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुरा जति झुटा हो, त्योभन्दा हजार गुना झुटा हो ।
केन्द्रीय कमिटीको दोस्रो बैठकमा केही मानिसले मेरो नामै लिएर ‘अहिले वामदेव कमरेडले माओवादीको बफादारी गरिरहनुभएको छ’ भन्नुभयो । उहाँहरू एउटा समूहलाई समर्थन गर्ने व्यक्ति हुनुहुन्छ । त्यो पक्षमा बारबार बोल्ने साथीहरूले नाम नलिईकन, मलाई संकेत गरेर ‘शरीर एमाले, मन माओवादी’ भन्ने गर्नुभएको छ । उहाँहरूबाट ‘एमाले भएर माओवादीको सेवा पुर्याउने’ र ‘वरिष्ठ नेता भएर माओवादीकहाँ सूचना पुर्याउने’ जस्ता आरोप लगाइन्छ । ती सबै आरोपलाई मैले एउटा कानबाट सुनेर अर्को कानबाट उडाउने काम गरेँ, त्यसको प्रतिक्रियामा मैले केही पनि बोलिनँ । पार्टीभित्र माओवादी आन्दोलनलाई हामीले एउटा समस्या देख्यौँ, त्यसलाई समाधान गर्ने दृष्टिकोण र उपायमा हामीबीच मतभिन्नता भए । म ठान्छु, यस्तो हुनु स्वाभाविक हो ।
एकाएक अर्को हल्ला आयो, यो सरकारलाई वामदेवको समर्थन छैन भनेर । मैले कतै पनि, कुनै पनि बहानामा यस्तो कुरा बोलेको छैन, बोल्ने पनि छैन । बरु मैले के भनेको हो भने, प्रचण्ड नेतृत्वको समीकरण गिराउन र गैरमाओवादी समीकरण निर्माण गर्नका निम्ति लाग्ने हाम्रो पार्टी स्थायी कमिटीको निर्णय गलत छ । यसबाट दक्षिणपन्थीलाई माथि उठाउने काम भएको छ ।
नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य ज्यादै उज्ज्वल र सुन्दर छ । त्यसका लागि नेकपा एमाले र एनेकपा माओवादीले गम्भीर भएर सोच्नुपर्ने वेला आएको छ । कम्युनिस्ट एकताका निम्ति माओवादीभित्रको उग्रवामपन्थी भड्काव र एमालेभित्रको दक्षिणपन्थी भड्काव मुख्य बाधकका रूपमा रहेका छन् । दुवै पार्टीभित्रका सच्चा क्रान्तिकारी साथीहरूबीचको मजबुत एकता र सहकार्य समयको माग पनि हो । तर, तत्कालीन घटनाक्रमलाई हेर्दा नेपालमा वामपन्थी एकताको वरिपरि लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्ने कामको अन्त्य भएको छ । अब दक्षिणपन्थी नेतृत्वको वरिपरि वामपन्थीहरू जाने र देशलाई अग्रगामी परिवर्तनको पक्षमा होइन, यथास्थिति र प्रतिगमनतर्फ लैजाने कामको सुरुवात भएको छ । यसमा म अहिले पनि अडिग छु ।
प्रधानमन्त्री प्रचण्डको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नुभयो, त्यसपछि बनेको शून्यतामा तुरुन्त फेरि प्रचण्ड वा माओवादी प्रधानमन्त्री भएको सरकार बन्ने अवस्था थिएन । त्यस्तो अवस्थामा नेपाली कांग्रेसको तर्फबाट हाम्रो पार्टीलाई जब प्रस्ताव आयो, हामीले सर्वसम्मत रूपमा माधव नेपाललाई अघि सार्यौँ, यो कुरालाई सर्वसम्मत बनाउन मैले उल्लेख्य भूमिका निर्वाह गरेको छु । म गैरमाओवादी राजनीतिक समीकरणको विपक्षमा हुँ । नीतिगत, वैचारिक पक्षमा असहमत भएर आफ्नो फरक मत लेखे पनि पार्टीले निर्णय गरिसकेको नीतिलाई कार्यान्वयन गर्ने क्षेत्रमा सहमत भएरै जानुपर्छ । म सरकारलाई समर्थन छैन भन्दै हिँड्नेवाला होइन । यो सरकारले सही काम गर्दै अगाडि जाओस् भन्ने मेरो चाहना छ, तर अहिलेसम्म त्यस्तो गरेको छैन । यही सरकारमा माओवादीलाई ल्याउने हो भने यही सरकार राष्ट्रिय सरकार बन्छ । हामीले त्यसका लागि पहल गर्नुपर्छ, तर अहिलेसम्म गरिएको छैन । बाहिर ओठे जवाफ दिन त भनिएको छ, तर भित्र यो सरकारलाई राष्ट्रिय स्वरूप दिऔँ भनेर कुनै पनि प्रस्ताव आएको छैन ।
अहिले राष्ट्रिय सहमति भन्नाले माओवादीसहितको सहमति मात्र राष्ट्रिय सहमति हुन सक्छ । माओवादी असहमत भएको अवस्था राष्ट्रिय सहमति हुन सक्दैन । यसको सान्दर्भिकता भनेको के हो भने, संविधान निर्माण गर्दा पनि माओवादीसहित निर्माण हुन सक्ने यथार्थ हो, शान्तिप्रक्रियाको टुंगो लगाउने कुरा त झनै अपरिहार्य आवश्यकताको कुरा हो । जब राष्ट्रिय कार्यभार नै ऊसहित संलग्न भएर मात्रै सम्पन्न गर्न सकिन्छ भने यो यथार्थलाई पन्छाउनुको कुनै औचित्य छैन । पन्छाउन खोज्नु भनेको राष्ट्रिय कार्यभार पूरा नगर्नु हो । सहमतिको वातावरण निर्माण गर्न पार्टीले मलाई जिम्मेवारी दियो भने म वफादारीपूर्वक बहन गर्न तयार छु । तर, मलाई यस्तो जिम्मेवारी पार्टीले दिन्छ भन्ने विश्वास छैन । अहिले पनि कैयन् वार्ता भइरहेका छन्, ती वार्तामा मलाई सामेल गरिएको छैन । यो अपमान पनि हो । अपमान नै सही, तर पार्टीको पाँचौँ महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा, ०६२/६३ को जनआन्दोलनको दिशा र त्यसपछि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निर्णयमा मेरो महत्त्वपूर्ण एवं उल्लेख्य भूमिका रह्यो । यिनलाई स्थापित गर्न गरिएका सम्पूर्ण व्यवहारमा मैले रगत, पसिना बगाएको छु, मैले मेरो विचार र समय पनि लगाएको छु । त्यसैले म यहाँ बसेर लडिरहन्छु । अन्तिम वेलासम्म पनि विचारलाई स्थापित गर्ने कोसिसमा म लाग्छु । मलाई मानिसहरूले विभिन्न किसिमले एक्लो पारे पनि म मेरो विचारमा एक्लो छैन । मेरो विचारलाई नेकपा एमालेका समर्थन/शुभचिन्तकहरूको ठूलो समर्थन छ ।
नलुकेको यथार्थ के हो भने, हाम्रो पार्टीभित्र माओवादीलाई शान्तिप्रक्रियामा सामेल गर्न र राजतन्त्रविरुद्ध आन्दोलनमा संलग्न गराउन कुनै पनि हालतमा हुन्न भन्ने विचारका नेता हुनुहुन्थ्यो । म कार्यवाहक महासचिव भएको अवस्थामा महासचिव माधवकुमार नेपालको सल्लाहमा माओवादीसित वार्ता गर्न स्थायी समिति सदस्य युवराज ज्ञवालीको साथमा रोल्पा गएँ । माओवादीले युद्ध सुरु गरेपछि त्यसवेलासम्मको इतिहासमा दुईवटा पार्टी बसेर लिखित सहमति गरेको पहिलो घटना नै त्यही बन्यो । दुवै पार्टीलाई राजतन्त्र उन्मूलन गर्ने र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरामा प्रतिबद्ध गरायौँ । र, त्यो दिशामा नेपालका सम्पूर्ण राजनीतिक पार्टीलाई बृहत् एकता कायम गरेर ल्याउने सहमति भयो । त्यसवेला राजाले सञ्चालन गरेको स्थानीय निकाय -नगरपालिका) निर्वाचनलाई नौटंकी सावित गराउँदै असफल पार्ने, ध्वंस गर्ने कुरा हामीले गर्यौँ । त्यो घटनापछि हाम्रो पार्टीको स्थायी समितिको बैठकमा ‘वामदेव गौतमलाई कारबाही गर्नुपर्छ, वामदेव गौतमले एमालेलाई लगेर माओवादीमा मिलायो, गणतन्त्र माओवादीको मुद्दा हो, एमालेको मुद्दा संवैधानिक राजतन्त्र हो, हामी ०४७ सालको संविधानमा प्रतिबद्ध छौँ, त्यही संविधानअन्तर्गत नै आजको समस्याको खोजी गरिनुपर्छ’ भनियो । त्यसपछि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरियो । त्यो भेलामा नियोजित रूपमा मेरोविरुद्ध क्याम्पेनिङ गरियो, राष्ट्रिय कार्यकर्ता भेलाबाटै मलाई कारबाही गरिनुपर्छ भन्दै कानेखुसी गरियो । ती साथीहरूले भनेबमोजिम जाने अवस्था त्यसवेला थिएन । निरंकुश राजतन्त्रविरुद्ध नै अगाडि बढ्ने अवस्था थियो । त्यहीअनुसारको राजनीतिक कार्यदिशा निश्चित भयो । जब नेकपा एमाले मुलुकको समस्या समाधान गर्नका निम्ति सकारात्मक ढंगले जाने कोसिस गरिरहेको थियो, त्यसवेला एउटा पक्ष त्यसको विपक्षमा थियो । तर, हामीले लक्ष्य पूरा गरेरै छाड्यौँ । हाम्रै पहलकदमीले संविधानसभाको रजिस्टरमा मत दर्ज गरेर राजतन्त्रलाई अन्त्य गरियो । नेपाललाई दुई हजार वर्षदेखि नेतृत्व गर्दै आएको राजतन्त्र र दुई सय ४० वर्षदेखि शासन गर्दै आएको शाहवंशीय परम्परालाई हामीले ढाल्यौँ । कसैले ठूलो कुरा नगरे हुन्छ, यो सब काम एमालेको पहलकदमीबाट मात्र सम्भव भएको हो । आन्दोलनको भूमिका, निरंकुश राजतन्त्र ढाल्ने नीति, माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने नीति, माओवादीका उग्रवामपन्थी विचार-व्यवहारको विरोध गर्दै शान्तिप्रक्रियामा ल्याउन प्रेरित गर्ने एमालेका प्रयत्नहरूकै प्रमुख रूपमा जिम्मेवारी रहेको छ । यद्यपि, यसमा माओवादीको आफ्नो ठाउँको भूमिका प्रमुख छ । त्यसबाहिर एमालेको भूमिका प्रमुख हो । हाम्रै प्रयत्नबाट नेपाली कांग्रेस राजतन्त्रप्रति निरपेक्ष हुने, माओवादी शान्तिपूर्ण आन्दोलनमा सामेल हुने र अन्य राजनीतिक पार्टीहरू गणतन्त्रको दिशातर्फ अगाडि बढ्ने अवस्था भएको हो । यी सबै प्रक्रियामा हामी जाँदा एमालेभित्र दुई दृष्टिकोण र दुई धार रहिरह्यो । जब हामी आन्दोलनमा थियौँ, अर्को पक्ष आन्दोलन गर्न हुन्न भन्ने पक्षमा थियो, जब राजतन्त्रको उन्मूलन गरिँदै थियो, अर्को पक्ष्ँ गर्नुहुँदैन भनिरहेको थियो, जतिवेला एमाले माओवादीसित सहकार्य गर्नुपर्छ भन्ने पक्षमा थियो, अर्को पक्ष त्यसो गर्नुहुँदैन भन्ने पक्षमा थियो र, त्यो पक्ष माओवादीलाई युद्धद्वारा नै समाप्त गर्नुपर्छ भनिरहन्थ्यो । त्यो व्यवहारका विरुद्ध नेकपा एमालेभित्र कुनै पनि व्यक्ति आमने-सामने भएर लडेको छ भने त्यो एक्लो वामदेव गौतम मात्र हो । मैले कहिल्यै पनि गुटबन्दी गरिनँ, मैले कहिल्यै पनि समूह निर्माण गरिनँ, मैले लागेको कुरा भनेँ । पार्टीभित्र हावी भएको यथास्थितिवादी विचारका विरुद्ध पार्टीभित्रै लड्दै यो पार्टीलाई नेपालको कम्युनिस्ट आन्दोलनको मात्र होइन, लोकतान्त्रिक आन्दोलनकै नेताका रूपमा स्थापित गर्नका निम्ति महत्त्वपूर्ण भूमिका खेलेँ ।
आज हाम्रो पार्टी संविधानसभामा तेस्रो पार्टी छ । यो पार्टीलाई संविधानसभाको पहिलो बहुमतको पार्टी बनाउने योजना मैले स्थायी समितिमा प्रस्तुत गरेँ । तर, त्यसलाई ठाडै इन्कार गर्ने काम भयो । त्यसवेला ६०-६५ प्रतिशत सिटमा एमालेलाई र ३५-४० सिटमा माओवादीलाई निर्वाचन क्षेत्र बाँड्नेगरी निर्वाचन कार्यगत एकता कायम गरेर जाऔँ भन्ने प्रस्ताव मैले राखेको थिएँ । त्यो प्रस्ताव माओवादीले मञ्जुर गरेको थियो । हाम्रो पार्टीको नेतृत्वले भने त्यसलाई ठाडै इन्कार गर्यो, दुत्कार्यो, व्यंग्य गर्यो र मखल ओढाउने काम गर्यो । र, देशव्यापी रूपमा त्यस्तो विचारको विरोध गरियो । आज नेपाली जनताले चाहेको, नेपाली वातावरणले खोजेको, युगले खोजेको नेकपा एमालेका यिनै विचारसहितको समीकरण, नेतृत्व, परिवर्तन तथा बहुदलीय प्रतिस्पर्धासहितको वैज्ञानिक समाजवादमा लैजाने आवश्यकता थियो । र, त्यो भूमिकाबाट यो पार्टीलाई वञ्चित गराउने काम त्यही विचार र त्यही समूहबाट भयो । अहिले माओवादीलाई विभिन्न बहानामा शान्तिप्रक्रियाबाट अलग गर्ने र ऊभित्र रहेको कमी-कमजोरी तथा ज्यादतीपूर्ण गलत व्यवहारको आडमा सिंगो माओवादीलाई युद्धको अवस्थामा फर्काउने अनि युद्धद्वारा नै समाप्त गर्ने नीति बोकेर हिँड्ने साथीहरू र विचारहरूको विरुद्धमा म सशक्त रूपमा पार्टीभित्र खडा भएको छु । त्यो विचार बोक्ने साथीहरूले मलाई ‘एमालेभित्र घुसेको माओवादी’ भन्ने आरोप लगाइरहेका छन् । इतिहासले फैसला गर्नेछ, आज मलाई माओवादी भन्नेहरू माओवादीका कमी-कमजोरीका कारण हाम्रो देशका प्रतिगामीलाई सहयोग गरिरहेका छन्, हाम्रो देशका दक्षिणपन्थीलाई सहयोग गरिरहेका छन् । र, इतिहासले सावित गर्नेछ, मेरो विचार सही छ, म अहिले पनि सही अडानमा छु । यो यथार्थलाई जगजाहेर गरिदिन चाहन्छु, म माओवादी होइन, मलाई माओवादीको आरोप लगाउँदै सिंगो एमालेलाई दक्षिणपन्थीहरूको चंगुलमा फसाउने षड्यन्त्र भइरहेको छ । त्यही षड्यन्त्रको हिस्साका रूपमा वामदेव माओवादी बन्दै छ भन्ने हल्ला चलाइएको हो ।
जहाँसम्म पार्टीभित्र अपमानका प्रसंग उठ्ने गरेका छन्, केन्द्रीय कमिटीमा कार्यविभाजन गर्दा नै त्यो कुरा देखिएको हो । मेरा लागि पार्टी स्कुल विभाग उपयुक्त छ भन्ने कुरा भयो । तर, त्यो कुरा मेरो पक्षमा प्रस्तुत भएन । पार्टी विभाजनमा एउटा पक्ष बनेर गएको, आइसकेर पनि फरक-फरक विचार बोकेर हिँडेको भनेर दिइएन । पार्टीभित्र मैले सञ्चालन गर्न नसक्ने विभाग कुनै पनि छैनन् । अहिले मैले जुन दृष्टिकोण अगाडि सारेको छु, नेपाली जनआन्दोलनको सम्बन्धमा, नेपालमा विकसित घटनाक्रमका विषयमा जिम्मेवारी बहन गर्न नदिने र पाइला-पाइलामा अपमान गर्ने काम भइरहेको छ । त्यस्तो व्यवहार सहन नसकेर कतिपय मान्छे लाखा-पाखा लाग्न सक्छन्, तर मसित कसैले आएर त्यस्तो कुरा गर्नुभएको छैन । यदि, उहाँहरू (पार्टी छाडेर गएका) अपमानले पोलेरै जानुभएको हो भने पनि त्यस्तो अपमान, जो मैले भोगेको छु, त्यस्तो त पक्कै पनि उहाँहरूलाई भएन होला । म त यही पार्टीमा बसेर संघर्ष गरिरहेको छु, गरिरहन्छु । माओवादीसित अहिले पनि मेरा गम्भीर मतभिन्नता छन् । म माओवाद मान्न सक्दिनँ, मार्गदर्शक सिद्धान्त त झनै मान्न सक्दिनँ । प्रचण्डपथ स्विकार्ने त कल्पना पनि गर्न सकिन्न । माओवादीका व्यक्तिहत्या र व्यक्तिप्रति गरिने ज्यादतीपूर्ण व्यवहारसित सहमत हुने कुनै ठाउँ छैन । यसै कारण अहिले पनि सिद्धान्त र व्यवहारका कारण ऊ उग्रवामपन्थी भड्काउ भएको पार्टी हो । तर, पनि म कम्युनिस्ट पार्टी मान्छु । र, अहिले नेपालको निम्ति त्यो अपरिहार्य शक्ति बनेको छ । यिनै यथार्थले गर्दा माओवादीसित एकातिर सहकार्य गरेर चल्नुपर्ने बाध्यता छ, अर्कोतिर माओवादी पार्टीसित गम्भीरखाले असहमति राख्नैपर्ने हुन्छ । यति गम्भीर कुरामा मतभिन्नता छ भन्ने यथार्थलाई बुझ्दाबुझ्दै मेरोबारे यसरी हल्ला गर्नु अरूको चरित्रहत्या गर्ने खेती गर्न पल्किएका बद्मासहरूको कामभन्दा अरू केही होइन ।
प्रधानसेनापतिका सम्बन्धमा विगत प्रचण्ड नेतृत्वको सरकारले स्पष्टीकरण माग्ने निर्णयमा मेरो सहमति हो, समर्थन हो, म त्यसवेला पार्टीको कार्यवाहक अध्यक्षको हैसियतमा पनि थिएँ । पार्टी अध्यक्ष चीन जानुभएको थियो, जानुअघि मलाई त्यसो गर्न निर्देशन नै दिनुभएको हो । म अध्यक्षसित प्रधानसेनापति बर्खास्त गर्ने निर्णय लिएर गएको होइन कि अध्यक्षले नै मलाई त्यो प्रस्ताव राख्नुभएको हो । प्रचण्डले त मंसिरदेखि कटवाललाई कारबाही गर्नुपर्यो भन्दै हुनुहुन्थ्यो । मैले नै हो, लामो समयसम्म इन्कार गर्दै आएको । मैले यो कुरा कसैलाई पनि भनिनँ । किनभने, म एकजनाले इन्कार गरिदिँदा त्यो निर्णय हुन सक्दैनथ्यो । त्यसैले त्यसलाई हल्लाको विषय बनाउनु उपयुक्त लागेन । मलाई अध्यक्षले भन्दा पहिला महासचिवले भन्नुभयो, त्यसपछि प्रचण्डले प्रस्ताव ल्याउनुभयो र हामीले समर्थन गर्यौँ । त्यसो गरेर सही गरेको भए पनि, गलत गरेको भए पनि त्यसमा म पूर्णरूपले जवाफदेही छु ।
दुःखको कुरा, हामीले प्रधानसेनापतिलाई बर्खास्त गर्ने निर्णय गर्दागर्दै हाम्रो पार्टी राष्ट्रपतिलाई कदम चाल्नका निम्ति उक्साउने काममा फेरि १८ दलमा सामेल भयो । दुःखका साथ म भन्छु, यसमा नेकपा एमालेको अडान पीपलपाते नै हो । नेपाली उखानमा पीपलपाते व्यवहारलाई कौडीबराबरको महत्त्व दिइन्न । यद्यपि, १८ पार्टीले प्रधानसेनापतिलाई पुनर्नियुक्ति गर्नु भनेको थिएन, एउटा उपायले समस्या समाधान गर्नु भनेको मात्रै थियो । यसरी राजनीतिक पार्टीहरूले राष्ट्रपतिलाई उचित कदम चाल्नुस् भन्न मिल्दैन । १८ पार्टीले राष्ट्रपतिलाई अनुचित कदम चाल्न प्रेरित गरे । राष्ट्रपतिले गरेको काम नेपालको अन्तरिम संविधानको अक्षर र भावनाको खुलमखुल्ला विरुद्धमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि पहिलोचोटि सबभन्दा माथिल्लो ठाउँमा रहेको सम्मानित संस्थाले गरेको असंवैधानिक काम हो । सरकारले प्रधानसेनापतिलाई बर्खास्त गर्यो । प्रधानसेनापतिलाई पुनर्नियुक्ति गर्ने काम राष्ट्रपतिले गर्न सक्दैनथे । त्यो संविधानसम्मत थिएन भने त्यसलाई पुनर्बहाली गर्ने निर्णय सर्वोच्च अदालतले मात्र गर्न सक्थ्यो या त्यो संसद्को बहसको विषय बन्न सक्थ्यो । पहिलो ऐतिहासिक भूल यहाँबाट सुरु भएको छ । सेरेमोनियल राष्ट्रपतिले जुन कार्यकारी अधिकार प्रयोग गरेका छन्, त्यसका दुस्परिणाम भोलिका दिनमा हामीले भोग्दै जानुपर्नेछ । राष्ट्रपतिले क्याबिनेटमा -प्रधानमन्त्रीमा) निहित अधिकार राष्ट्रपतिमा फर्काउने अर्को गल्ती अहिलेको सरकारले गरेको छ । यसपटक प्रधानसेनापतिलाई सरकारले हटायो र राष्ट्रपतिले पुनर्बहाली गर्नुभयो, त्यसपछि बनेको सरकारले राष्ट्रपतिले चालेको कदम एकदम सही हो भन्यो । भोलि स्वयं माधव नेपाललाई राष्ट्रपतिले हटाइदिनेछन्, र त्यसपछि बन्ने सरकारले राष्ट्रपतिको कदम सही हो भन्नेछ । यो संविधानको र परम्पराको विरुद्धमा छ ।
हाम्रो पार्टी सरकारबाट हट्ने मामिलामा जब बुटवलमा हाम्रा साथी प्रचण्ड थैवको हत्या भयो, त्यसविरुद्धको आन्दोलनकै क्रममा एउटा खेमा सरकारबाट अलग्गिन चाहन्थ्यो । निरन्तर क्याबिनेट बहिष्कार गर्ने निर्णय भयो । त्यो भनेको सरकारमा नबस्ने नै भनेको हो । हाम्रो पार्टीभित्रको त्यो समूह ऐतिहासिक कालदेखि नै राजनीतिक स्थितिलाई नेतृत्व गर्ने सम्बन्धमा फरक विचारको वाहक बनेर आएको छ । त्यही समूहले माओवादी नेतृत्वको सरकारबाट एमालेलाई अलग गर्न चाहन्थ्यो । प्रधानसेनापति प्रकरणलाई निहँु बनाइयो । त्यसमा नेपाली कांग्रेस र अन्य राजनीतिक पार्टीबाट पनि समर्थन प्राप्त हुने भएपछि यो घटनालाई प्रयोग गरियो । क्याबिनेटमा माओवादीले एक्लै प्रधानसेनापति हटाउने विषयमा निर्णय गर्न थाल्यो भने क्याबिनेट बहिष्कार गर्ने भन्ने अडान लिइयो । वैशाख २० गते आएर सरकारबाट हट्ने, माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने र राजनीतिक समीकरणको नयाँ विकल्पमा जाने भन्ने जुन निर्णय गरियो, त्यसमा मेरो गम्भीर आपत्ति छ । त्यो त्रुटिपूर्ण र ऐतिहासिक भूल हो । घटनाक्रमले त्यसलाई गलत सावित गर्नेछ भन्ने मलाई विश्वास छ ।
(जनआस्था साप्ताहिकका विश्वमणि सुवेदीसँगको कुराकानी)




YO BHATELE AAFAI NACHAHINE KURA GAREKO, AAFAI NAHUNE KURA GARERA MAOBADILE HALLA FIJAYO BHANDAI HIDNA LAGYE ABA PAGAL UML KA BHATUWA HARU
Hey Bamved ji, Kura nagar Maoist ma gayar kam gara.
Very good & honest feeling of innocent Leader Mr. Bamdev.
Bamdev sun taskar, thulo kura gar6a. Maobadi ko janma garaune( UML fute pa6i) man6e le esto boleko milena. Ho tapai maobadi ma gaye hun6a ra Oli Congress ma. Ani matrai party baliyo hun6a
kamred, bastabma tapaile utahunu bahyeko kura ahileko sandarbhama yak dam thik cha. aba ko uml ko bagdor tapai jasta netale samalnu parcha ra yek patak pheri nepal ma communista haruko yeklauti sarkar hunu parcha taba matra des le muhar phercha. tesko lagi bises rupma tapaile kosis garnai parcha chahe parti vitra bata hos chahe parti bahira bata. tapailai safalta ko subhakamana cha.
neta hun ta bamdev jasta. KP Oli vanne neta nam matrako ho, kina vane KP kangrassko netale je vancha usaiko order ma chalcha ra order dincha. so that ma KP Olilai Communista bichar vayeko person vanera vanna sakdina and chahanna pani. Bamdevjiko jastyo bichar aru communist neta haruko vayako vaye aaja nepal le coltey phari sakthoy.
कम्रेड! तपाईं बार सत्ताइस्को कुरा गरेर समय खेर न फल्नुस्, आजै आप्नो पक्षमा भएको सभासद र कार्यकर्ताहरु लिएर माओवादी मा गैहल्नुहोस्। यो, तपाईं, नेपाल र नेपाली जनता अनी समयको माग हो, तपाईं कै जित हुने छ र ईतिहासले तपाईं र तपाईं को बिचार लाई लाल सलाम गरी रहने छ।
कामरेड आज नेपाललाई कुरा भन्दा काम गर्ने नेताको आबस्यक छ. कुरा गर्ने नेताको नेपालमा कमि छैन तेसैले काम गरेर देखाउनु होला. काम गर्न लै आत्म खुसि र संतुस्ती हुनुपर्यो जब तपाइले पार्टीमा रहेर रुनु र आसु पिउनु बाहेक केहि देख्नु हुन्न भने केहि गरेर देखाउन दरो कदम चाल्न किन धर्मरौनु हुन्छ मैले कुरा बुझिन.
kamrad .aafno jeban bat a kunai kura tage garnu bhanda pahile aafno kharab bani chha vane teshlai tagara aagi badnu ramro hunchha
Nepalma kehi garera desh banau hai vanne netale k party nai parityag garnu par6 ramro kam gardai janus Jantale tapainlai salute gari hal6an ni. Kina vatuwa jastai ra Dr. Giri Raj Mani vayera hindnu par6 ra. Junai Party ma rahera pani desh banauna sakin6 ni. Tara Maoist harule Drama gari rakheka6an ki afnai sarkar hunu par6 vanera kina Emaleko hos wa aru kunai party ko hos sahayog garera ramra niti-tathha-karyakram prastut garda hunna ra kina sadakma vukdai hindnu par6. Tini harulai Nepalko kehi maya 6aina afnai Vudi vordaima thhikka6. Aja 9 Mahina samma Maoist Sarkarma thhiye kina nai prachandale sena-samayojan nagareko afaima prime minister hunda pani. Maoist ho khyal garnus netaharule tapain haru jasta nirdosh janatakeo khunko ragat bagayera swarthha luti raheka6an. Yo tapain harule pa6i bujnu hun6 ajhai tapain sanga josko khun daudiyeko6. Herdai janus Maoistle voli k gar6. YCL Le jantalai dhamkyayera dar-trashma rakhera kehi hunna. EMALE- CONGRESSKO TARUN0-DAL Pani YCLKo pa6i lageko6 yo hosiyar rahanu hola natra vane tapain haruko Cantonment Blast huna dherai time lagdaina this is my prediction in view of the Maoist activities.
NEPALI JANATA KO LAGE TAPAI MAOBADE MA JANUS KAMRAD.
I’ll like the words of Bamdev Comrade. Keep it up. Janta tapai sanga cha.
I think it is an stupid idea for an intelligent man like Bamdev ji to stay in a party which does not have ideology and political philasophy
Bamadev? do people know Bamadev? Bamdev was that person who was crying when the Royal family died and he hair cut his head.he was fully suported to the king. Bamdev that person who devided the uml party.
he does not have any ideology about party system and how can run any kind of post? So if he countinue stay in this uml party 100% he will devided the party and he will go definately in maoist party.
i know very well about him from very long time. M y name is suresh and i live in washington dc.if anyone wants to call me pls email me.
thank you.
thikai hola jasto lagcha
BAMDEVGI GHARMA BUDI HUDAHUDAI AARKAKI BUDISAGA SALKANE RAM FUYAL BIS KHAYERA MARDA UML LE MARO VANNE MAOBADIKI PRASAMSA GARNA LAG LAGENA..CHEE CHEE …KURA SUNDAI MAODI GANAUNA THALNU VO TAPAITA.ABA YESO NAGARNUS AAITIHASIK VUL HUNE6 NI….KHABARDAR
कामरेड जी तपाईका कुरा सुनेर मलाई दुख लागेको तपाई जस्तो चेपारे नेताले जेमन्मा लाग्यो त्यही बोल्दै हिड्न मिल्दैन । तपाईलाई त नेकपा एमालेले कारवाही गरेर पार्टीबाट निष्काशन गर्नु पर्छ ।
Bamdev ko yehi bhitri kura thaha payera nai ho maobadi ko manobal badhera sarkar banaune kura gardai hideko.Bholi uml phutchha phoram phutekai chha,yastai khoj khaj garera 301 puryaune sapana ho maobadi ko,akhirima maobadiko yo sapana somsharmako satuko ghada hunchha.
कम्रेड! तपाईं बार सत्ताइस्को कुरा गरेर समय खेर न फल्नुस्, आजै आप्नो पक्षमा भएको सभासद र कार्यकर्ताहरु लिएर माओवादी मा गैहल्नुहोस्। यो, तपाईं, नेपाल र नेपाली जनता अनी समयको माग हो, तपाईं कै जित हुने छ र ईतिहासले तपाईं र तपाईं को बिचार लाई लाल सलाम गरी रहने छ।
Bamadev? do people know Bamadev? Bamdev was that person who was crying when the Royal family died and he hair cut his head.he was fully suported to the king. Bamdev that person who devided the uml party.
he does not have any ideology about party system and how can run any kind of post? So if he countinue stay in this uml party 100% he will devided the party and he will go definately in maoist party.
कम्रेड! Bamdev ji !!! तपाईं बार सत्ताइस्को कुरा गरेर समय खेर न फल्नुस्, माओवादी मा गैहल्नुहोस्। But yek patak UML party lahi phutayera ML party banaudako wrong decision nagarnus.UML PARTY yo condition hune thiyena r Maobadi(u) ko yesto janma hune thiyena.Maobadi(u) ko 9 month ko sarkarmaa gayera ke ramro kaam garnu bho?
Shameless in your saying.
Hoina tapai jasto Kamred pani kina darayara runuhuncha? Oli lai goli hani vu pu rajako chakari garna pathaunus na ta. Oli jasta manis comunist ma rahunjal Bam andolan safal hudaina. Yo mero thokuba cha.
म माओवाद मान्न सक्दिनँ, मार्गदर्शक सिद्धान्त त झनै मान्न सक्दिनँ । प्रचण्डपथ स्विकार्ने त कल्पना पनि गर्न सकिन्न । माओवादीका व्यक्तिहत्या र व्यक्तिप्रति गरिने ज्यादतीपूर्ण व्यवहारसित सहमत हुने कुनै ठाउँ छैन । यसै कारण अहिले पनि सिद्धान्त र व्यवहारका कारण ऊ उग्रवामपन्थी भड्काउ भएको पार्टी हो । तर, पनि म कम्युनिस्ट पार्टी मान्छु । र, अहिले नेपालको निम्ति त्यो अपरिहार्य शक्ति बनेको छ । यिनै यथार्थले गर्दा माओवादीसित एकातिर सहकार्य गरेर चल्नुपर्ने बाध्यता छ, अर्कोतिर माओवादी पार्टीसित गम्भीरखाले असहमति राख्नैपर्ने हुन्छ
kursi bachauna,aafu bachna,party samma phutauna sakne neta ho tapain , jasko karan le aaja nepali haru le prachanda jasta pakhandi neta ko daas bhaera bachnu prya chha,teti matrai ho…………nepali Janata lai mitho bhram chhardai satya ra ramra kuralai banduk ko goli le udai rakheka chhan.udaharn aalai chhan1.Ram hari ko hatya 2.patrkar Birendra ko hatya 3.patrkar Uma sing ko hatya 4.Prachanda thaibo ko hatya 5.byapari haru ko harek hatyama YCL ko hat raheko kura psti vaisakeko chha.yi sabai Bamdev ko mistake ho.
any way you are comunist incline person so to support maoist than congress is your harma and also you will proud it but you also think that if your own family kill others and try to protect him nor good neither fair so you also support maoist when they lost about their decision so you are not wrong only your part but also maoist and whole country
tulanatmak rup ma matra bamdev thik hun. yin ko andra bhudi sabai hami lai ni thaha chha, yini pani kam chahi chhinan kp bhanda. sara ngo haru chalayara dam kamauna ma yini ni bestachhan, dherai pahile npj ma bhaya ko matribhumi traders dubayako ra gairigau ktm ko saptatara galaicha udhyog dubayara sara sampati thageko kura ma aaile ni jhaljhali samjheko chhu. yini kasta hun, yin ko niyat kasto chha sabai thaha bhayakai kura ho. matribhumi traders ra saptatara galaicha udhyog jasto des lai nadubaya huthiyo.
Lal Salam Kamred Bamdev !!
Ram Hari Shrestra ji ko hattyara lai mawobadi ko sibir ma lukayera Mawobadile rakheko thah pauda paudai pani karbhai kina garnu bhayena, affai Griha mantri huda hudai ? Testa kayeu bakkti haruko Mawobadile tapai usko sath sarkar ma bhayekai time ma hattya bhayeko chha, khai auta udharann ta diyera hernuhos, kaslai tapai le karbai garnu bhayo, tesaile tapai lai Mawobadima prabesh garne bakkti bhanera dahi chiure bhaneko ho, k Thamel ka 2/4 wota dance Restaurane banda garna matra tapai mantri hunu bhayeko ho ta ? Ram Hari Shrestha ko thau ma tapai ko chora bhayeko bhaye tapai lai kasto hunthiyo akh patak sochera hernuhos ta !!! K aba Ram hari Shrestha jasta sarba sadharann le naye napaune ?
Kamred Bamdev, ali kati baki thiyo pun: hattyara kali Bahadur Kham lai mawobadile sibir ma lukayera uchha sammann ka sath rakheko chha, aba feri UML kai grihe Mantri hunuhunchha, aba ta Pradhanmantri mapni affnai chha, lu aba Kali Bahadur jasta hattyara lai karbahi garera dekhaunuhos ta natra vot maggna jada hattyara ko party le jasto booth capture gare matra natra jantale Neta harulai jutta ko mala lagaidinechhann, yadd rakhnnu hola, ma pani UML kai bakkti ho tara aba tapai haruko acharann le garda ta affulai UML bhanna pani lazz mardo bhayo.
Salam !!!
पहिला जनताको हत्या गर्ने हत्यारा गिररिजा ,माकुने ,के.पि.ओलि हरुलाई कार्बाही गर्नु पर्छ । अनि लुटेराको सफया गर्ने जनताका मुक्तिदाताको सम्मन गर्नु पर्छ त्यस पछिमात्र नयां नेपाल बन्छ ।
Bamdev G I will support u truth is always better
he bhate neta ho kura ta jale pani garcha kam gare ra dekha aru ke bhanne bame bhane ko dahi chiure ho kahile male ta kale emale sala bhate harus desh nai khattam bhanaye
yo sale haru yemaleko blind samarthak lai kaha ramro kura pacha ra….BAM DEV JI TAPAI LE JE KURA GARNU BHAYO MERO PURA SAMARTHAN CHHA…
MALAI TA YO YEMALE COMMUNIST NI LAGDAINA…
KANA PALKEKA NETA HARU LE YEMALE BIGRYO….KURCHI RA ABASAR KO PACADI LAGERA YEMALE LAI DUBAYO
RA MA BHANCHU ABO KO CHUNABA MA YEMALE LE TOILET KO CHIJ BUIJ KHAYENA BHANE TA MA NEPAL CHODINCHU LA….
AND MAHOBADI BINA KO SARKHAR HAMLAI MANYE HUNE CHAIAN…ELECTION MA HAREKOLAI SARKAR MA BASNA KUNAI ADIKAHAR CHAINA…LAJ NAPACHEKA HARU KUKUR SALE HARU,,, NAK NABAHKA,,,
MA BHA TA LAJ LE DHARTI CHIRERA TALA JANTHE…
AT LAST,,,,YO YEMALE SALEE HARU LE DES BIGARNE BHAYO,,,
ABO HAMI JANATA YESKA BIRUDAAA LAGNA PARCHA RA NETA KO TAUKO KATNE BELA AKO CHHA,,,
THANX BAM DE JIIII
yadi bamdeb maodali ko chamcha nayaye kina hara kura maobadi ko suppot garnu hun6 ta?
oli kamret ta je 6 prasta bhannu hu6 uhako tehi bani malai man par6 ramro hos atawa naramro janata le risauna khusi hun tesama matlabha chhaina so amale le aba dherai bishwash garer bameb lai jimbebari dinu hudai na kina ki pati ko kura arko pati ma jan sak6 .
KP oli will sell this country.
Ma tapaiko b 4 ma sahamat chu. uml party ko ailay ko kacgar kp oli ni hun.
mero desh mahan
bam dev ji tapai aru kura nagarera maobadima pasnu hos tapai ra desh ko kalyan hunechha .tapai lai ta girija ,madhav ra kp oli ko sath lageko suhaudaina ahile nepali janata ko chahana nai maobadi ho jasle nepalko bhalo chahanchha.
jai kranti
…….
Bam dev ji ,
tapain ta dada haru ko gyang ma jada hunchha tyo ta rajnaitik parti ko bhanda alik fark chha. manchhe marnu,afno kura matari ramro hunu aru ka ramro kura dekhnai nasaknu.afule gareko sabai thik aru le gareko bethik yi yesta byabhar ta dada haru ko ta hunchha ni hoina ra?
Now the govt is ruled by Ye Ma Le not by not Nepal Comunist Party UML. Makune, Duchhar Oli, and their Chela Chapeta are belongs to Ye. Ma. Le. Honest and devoted to part, caders are belongs to NCP UML. It is ovious that if ledears and party caders are not start to save the party from these basters Makune, oli and their chela chapeta CPN UML will be as present Male of CP Mainali. Bamdv is the name of controversy in CPN UML but if you go to the fact he was forced to go to controvesy. He always tel the truth particulary to let people be aware what is going worng in the party.
And of course if you tel the truth dishonest and disloyal leader like makune and oli start to put hin on controversy.
Bamdev ji may be you are not a big leader in CPN UML but you are good leader of every Nepali Comunist Individual. keep it up.
बामदेव जी तपाइले नेपालमा कम्युनिष्टको नाममा ठूला भूलहरू गर्नुभो । २०५४ कि ५५ ताका पार्टी विभाजन गर्नु भो नि आफु पार्टीको सर्वेसर्वा भन्ने आशामा त्यही नै सबैभन्दा ठूलो गल्ती हो । त्यति वेला पार्टी नफुटाएको भए एमालेको दुइ तिहाइ बहुमत आउने थियो अनि सबै सम्विधान चेन्ज गरेर कम्युनिष्ट शाषन शुरू भैहाल्थ्यो र अहिले देश यो दुर्दशामा कहिले यसको हातमा कहिले त्यसको हातमा नाच्नै पर्ने थिएन । अहिले माअोवादीको कुरा गर्नुहुन्छ नि माअोवादीले त झन लुट्न, चोर्न, पो बढी सिकायो त । अहिले कतिपय माअोवादीका मान्छेहरू नै यस्ता काम मा लागि परेका छन् । किनकी माअोवादिले त्यतिबेला आफ्नो सँख्या बढाउनका लागि गाउँगाउँमा गल्ती गर्नेहरूलाइ आफ्ना सिविरहरूमा राख्ने र आफ्नै ट्रेनिंगहरू दिने गरे । सबै गाउँमा जाँड खाने अर्काका छोरीवेटी विगार्ने, चोरी, तस्करी, लुटपाट गर्ने जति सबै माअोवादी अनि त तिनीहरूलाइ अहिले कस्ले दिने खान बस्न फेरि त्यहि काम गर्नु परेन त??? त्यसैले यदि सच्चा नेता हुनुहुन्छ भने एमालेलाइ सुमार्गमा हिडाउने तिर लाग्नुस् वा नेपालमा मात्र एक कम्युनिष्ट बनाउने तिर लाग्न्रस् अब फेरि दोश्रो पटक गल्ती गर्नुभो भने २ ४ जनाले ठीक बामदेव कमरेड भन्नेहरू पनि आफ्नै विरूद्धमा होलान है विचार गर्नुस् ।
यो माअोवादी त एकदम चोरहरू हुन वामदेव कमरेड । यिनका पछि नलाग्नुस है । गरिवको लागि भनेर गरिवकै पसिना चुसेर बसे युद्धकालमा अनि जब सत्तामा गए खै त गरिवका लागि भन्ने नारा ? करोड पर्ने गाडी र ५ तारे होटल र स्पामा मिटिङ गरेर अनि मिल्ने जति पुरै विदेशी राष्ट्र सकेर अब बजेट सकियो भनेपछि राजिनामा दिने पुष्पकमल जस्ता पाखण्डीको कुरामा नलाग्नुस् है बामदेव जी । यी त बाँदरहरू जस्ता हुन आफ्नो घर पनि नबनाउने अरूको घर पनि भत्काउने ? होस गर्नसू वामदेव जी आगे चेते चेते नै पिछे चेते होते नै………. ।
कम्रेड! तपाईं बार सत्ताइस्को कुरा गरेर समय खेर न फल्नुस्, आजै आप्नो पक्षमा भएको सभासद र कार्यकर्ताहरु लिएर माओवादी मा गैहल्नुहोस्। यो, तपाईं, नेपाल र नेपाली जनता अनी समयको माग हो, तपाईं कै जित हुने छ र ईतिहासले तपाईं र तपाईं को बिचार लाई लाल सलाम गरी रहने छ।
कम्रेड! तपाईं बार सत्ताइस्को कुरा गरेर समय खेर न फल्नुस्, आजै आप्नो पक्षमा भएको सभासद र कार्यकर्ताहरु लिएर माओवादी मा गैहल्नुहोस्। यो, तपाईं, नेपाल र नेपाली जनता अनी समयको माग हो, तपाईं कै जित हुने छ र ईतिहासले तपाईं र तपाईं को बिचार लाई लाल सलाम गरी रहने छ।
म माओवाद मान्न सक्दिनँ, मार्गदर्शक सिद्धान्त त झनै मान्न सक्दिनँ । प्रचण्डपथ स्विकार्ने त कल्पना पनि गर्न सकिन्न । माओवादीका व्यक्तिहत्या र व्यक्तिप्रति गरिने ज्यादतीपूर्ण व्यवहारसित सहमत हुने कुनै ठाउँ छैन । यसै कारण अहिले पनि सिद्धान्त र व्यवहारका कारण ऊ उग्रवामपन्थी भड्काउ भएको पार्टी हो ।
कामरेड तपाईका कुरा सुनेर मलाई दुख लागेको तपाई जस्तो चेपारे नेताले जेमन्मा लाग्यो त्यही बोल्दै हिड्न मिल्दैन । तपाईलाई त नेकपा एमालेले कारवाही गरेर पार्टीबाट निष्काशन गर्नु पर्छ ।
छोडे हुन्छ हो बामे भाइ एमाले हुतिहारा पाटी लाई बामे सुहाएन के माओवादी नै राम्रो एमाले भन्दा त हो ।नेपाल लाई शान्ती देश बनाउन यो गर्नै पर्छ बामे भाइ नत्र तेरो पनि नामोनिशान रहन्न के खै कुरा भुझेको ?
छोडे हुन्छ हो बामे भाइ एमाले हुतिहारा पाटी लाई बामे सुहाएन के माओवादी नै राम्रो एमाले भन्दा त हो ।नेपाल लाई शान्ती देश बनाउन यो गर्नै पर्छ बामे भाइ नत्र तेरो पनि नामोनिशान रहन्न के खै कुरा भुझेको ?
it is better to join the maoist and lets strenthen one of the communist party of nepal we the people are always with you.
If we are to build up the nation a leader like you; a brave and always in the side of people ;and the supporters of this dogma should unified togther with maoists and lead the country towards right way if not; the country wiil drown inthe damp of dense darkness.
बामदेव जी तपाइले नेपालमा कम्युनिष्टको नाममा ठूला भूलहरू गर्नुभो । २०५४ कि ५५ ताका पार्टी विभाजन गर्नु भो नि आफु पार्टीको सर्वेसर्वा भन्ने आशामा त्यही नै सबैभन्दा ठूलो गल्ती हो । त्यति वेला पार्टी नफुटाएको भए एमालेको दुइ तिहाइ बहुमत आउने थियो अनि सबै सम्विधान चेन्ज गरेर कम्युनिष्ट शाषन शुरू भैहाल्थ्यो र अहिले देश यो दुर्दशामा कहिले यसको हातमा कहिले त्यसको हातमा नाच्नै पर्ने थिएन । अहिले माअोवादीको कुरा गर्नुहुन्छ नि माअोवादीले त झन लुट्न, चोर्न, पो बढी सिकायो त । अहिले कतिपय माअोवादीका मान्छेहरू नै यस्ता काम मा लागि परेका छन् । किनकी माअोवादिले त्यतिबेला आफ्नो सँख्या बढाउनका लागि गाउँगाउँमा गल्ती गर्नेहरूलाइ आफ्ना सिविरहरूमा राख्ने र आफ्नै ट्रेनिंगहरू दिने गरे । सबै गाउँमा जाँड खाने अर्काका छोरीवेटी विगार्ने, चोरी, तस्करी, लुटपाट गर्ने जति सबै माअोवादी अनि त तिनीहरूलाइ अहिले कस्ले दिने खान बस्न फेरि त्यहि काम गर्नु परेन त??? त्यसैले यदि सच्चा नेता हुनुहुन्छ भने एमालेलाइ सुमार्गमा हिडाउने तिर लाग्नुस् वा नेपालमा मात्र एक कम्युनिष्ट बनाउने तिर लाग्न्रस् अब फेरि दोश्रो पटक गल्ती गर्नुभो भने २ ४ जनाले ठीक बामदेव कमरेड भन्नेहरू पनि आफ्नै विरूद्धमा होलान है विचार गर्नुस
ball kamredko buddee aya6 maobadima gaya tapaiko ramrro hun6 amalema kunee vabisya chheena
yo badev chamcha ho mawodi ko.yasalai ta prachand ko secretary banai diya hunch.yi maowadi haru chor ra hatyara hun,yiniharu ko pachi lagis bhane goli khanchas.sachet ho.
neta jyu ramro neta huna tyag hunu pardachha boli ma dam ra tuk hunu jaruri chha
janata le aanusharan garna layak personality hunu pardhachha. rajniti bhaneko dharma ho . dharma satya ho . satya mewam jayate. tyo swarga ho . timi haru ta nara pichas hau ; katar hau himmat chhaina veti chadhayara minister banchhau. neta huna garib janata ko man jita uni haru ko dhukha lai samjha naya yuga tira lamka aauta chamatkar gara . satya nistha ko manab bana . tehi chha mero sujhab
malie lagcha tapai ta moist ma prabesh hunu huncha