प्याकेजमा सहमति गर्न कार्यदल

३ मंसिर, काठमाडौं । जारी राजनीतिक गतिरोध अन्त्य गर्न प्याकेजमा सहमति गर्न प्रमुख तीन दल सहमत भएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बुधबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले प्याकेजमा सहमति गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदलमा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देव गुरुङ, नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी र नेकपा एमालेका युवराज ज्ञवाली सदस्य छन् ।

सहमतिको प्रारम्भिक खाका कार्यदलले बिहीबारसम्म तयार गर्ने र बिहीबार नै मुख्य तीन दलको बैठक बस्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कांग्रेस सभापति कोइराला आइतबार स्वदेश फर्केपछि मात्र सहमतिको खाकाले अन्तिम रुप पाउने एक नेताले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालसहित, एकीकृत नेकपा माओवादीका उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र देव गुरुङ, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, बिमलेन्द्र निधी र लक्ष्मणप्रसाद घिमिरे तथा नेकपा एमालेका झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो ।

Share This Post

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.