म त रेखाको फ्यान

बामदेव गौतम, उपाध्यक्ष, नेकपा एमाले

bamdev-gautamखरो स्वभाव र प्रष्ट विचारका धनी बामदेव गौतमलाई धेरैले राजनीतिज्ञको रुपमा मात्र चिन्दै आएका छन । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष समेत रहनु भएका नेता गौतम एक कुशल गीतकार, कवी भएको कुरा चाही धेरै कमलाई मात्र थाहा होला । उप प्रधानमन्त्री समेत भैसक्नु भएका नेता गौतमद्धारा रचित गीती संग्रहको एल्वम यसअघि नै बजारमा आई सकेको छ । फुर्सदमा गीत कोर्ने नेता गौतम अहिले एल्वम निकाल्ने तयारीमा हुनुहुन्छ । यही प्रसंगमा नेता गौतमसँग अनलाइनखबर डट कमले गरेको सिने संगीत वार्ता ।

० जीवनमा हेरेको पहिलो चलचित्र ?

- आमा ।

० कहिले र कँहा हेर्नु भो ?

- वि.स २०२१ सालमा भुमिगत कालमा भारतको गोरखपुरमा हेरेको थिएँ ।

० पछिल्लो पटक कुन चलचित्र हेर्नु भएको थियो ?

- थ्री इडियट्स । मैले आजसम्म हेरेको हिन्दी चलचित्रहरुमध्ये यो निकै उत्कृष्ट लाग्यो ।

० हलमा गएर कि घरमा नै हेर्नुभयो ?

- दिल्ली गएको बेलामा उतैको हलमा सपरिवार हेरियो ।

० नेपाली चलचित्र बढी हेर्नुहुन्छ कि हिन्दी ?

- कुनै फिल्म त्यसरी नै हेर्दिन, तर हिन्दी चलचित्र बढी मनोरञ्जनात्मक हुने भएकाले ती नै बढी हेरिन्छ । असाध्यै राम्रो लागेको फिल्म जुन पनि हेरिन्छ । नेपालीमा पनि कुसुमे रुमाल, बलिदान र लालसलाम हेरेको छु ।

० पछिल्लो समयमा हेरेको नेपाली चलचित्र ?

- बलिदान ।

० नेपाली कलाकार चिन्नुहुन्छ ?

- हाम्रो देशका कलाकारहरुसँग विभिन्न कार्यक्रममा भेट भइरहेको हुन्छ । भुवन के.सी, अशोक शर्मासँग नजिकको सम्बन्ध छ । महिला कलाकारमा रेखा थापा मन पर्छ, म उहाँको फ्यान हुँ । उहाँसँग भेट गर्ने मौका त मिलेको छैन, तर साप्ताहिकमा आउने लवगुरुको प्रतिक्रिया मन पर्छ । गौरी मल्लसँग एक, दुई पटक भेट भएको छ, नेपाली चलचित्र क्षेत्रमा उहाँ मर्यादित र भद्र नायिका हो जस्तो लाग्छ ।

० हिन्दी कलाकार नि ?

- म राजकुमारको अभिनयबाट निकै प्रभावित छु । स्वाभिवानी रुपमा प्रस्तुत हुने उहाँको संवाद त अति नै मन पर्छ । उहाँलाई म सम्मान गर्छु । उहाँको निधन हुँदा म रोएको थिए । ४,५ दिन त किन मरे होला जस्तो लाग्यो ।

० कस्तो बेला चलचित्र हेर्न मन पराउनुहुन्छ ?

- फुर्सदको बेला बढी चलचित्र हेरिन्छ । जुनसुकै चलचित्र भए पनि मनोरञ्जन चाही सबैबाट लिन्छु ।

० विशेष गरी कस्ता चलचित्र मन पराउनुहुन्छ ?

- जस्तो पनि मन पराउछु । तर बढी मन पराएको चाही महाभारत नै हो । महाभारतको ५२ वटा क्यासेट बजारबाट भाडामा ल्याएर लगातार तीन दिन सम्म हेरेको थिए । सात वर्षको हुँदा महाभारत पढेको हुनाले पनि त्यसको प्रभाव परेको हुन सक्छ । नेपालीमा बलिदान, लालसलाम हेरको छु । बलिदान हेर्दा आँखाबाट आँसु पनि आएको थियो ।

० चलचित्र हेर्दा कतिको रुने गर्नुहुन्छ ?

- रुने, हाँस्ने दुवै गर्छु ।

० कस्तो चलचित्र बन्नुपर्छ ?

- यस्तो उस्तो भन्ने छैन । चलचित्र हेर्दासम्म मनोरञ्जन चाही हुनुपर्छ । मैले चलचित्र हेर्दा पूर्णतया मनोरञ्जन लिइ रहेको हुन्छु ।

० चलचित्रले समाज परिवर्तनमा कस्तो भुमिका बहन गर्न सक्छ ?

- खासै प्रभाव पार्छ जस्तो लाग्दैन्, तर नजानिदो पाराले गर्न सक्छ ।

० नेपाली चलचित्रहरुले किन बजार पाउन सकेनन् होला ?

- यस क्षेत्रमा योग्यतम मान्छे नआएर होला । महानायकको उपाधि पाउनु भएका राजेश हमाललाई म सम्मान गर्छु । उहाँले आˆनो जीवन यसैमा समर्पित गरे जस्तो लाग्छ, तर अहिले पनि उहाँ उस्तै भुमिकामा देखिदा अस्वभाविक लाग्छ, जबरजस्ती कला क्षेत्रमा लागे जस्तो लाग्छ ।

० तपाईको व्यक्तित्वलाई झल्काउने किसिमको चलचित्रमा अभिनय गर्न प्रस्ताव आयो भने ?

- अभिनय गर्न सक्छु जस्तो लाग्छ, तर कनफिडेण्ट छैन ।

० गीत, सङ्गीत कतिको सुन्नुहुन्छ ?

- गीत सुन्छु । सङ्गीतमा ज्ञान छैन । तर, सङ्गीत विना गीत बन्दैन ।

० कस्ता गीत मन पर्छ ?

- कलात्मक, भावनात्मक र विचार भएका गीत मन पर्छन । लोकगीत र दोहोरी पनि खुव मन पर्छ ।

० कतिको गाइयो त लोकगीत, लोकदोहोरी ?

- स्वर छैन, त्यसैले खासै गाइएन । गायनतर्फ साधना पनि गर्न पाइएन । राजनीतिमा लाइयो, त्यस्तो मौकै मिलेन, तर दोहोरीतिर गइयो भने गाउन सकिन्छ जस्तो लाग्छ । गीत चाही कोरेको छु ।

० एल्वम पनि निकाल्नु भो ?

- राम्रा संगीतकर्मीको साथ पाएर एल्वम निकालेको हुँ । शक्तिबल्लभ र शम्भुजित बाँस्कोटाले संगीतमा साथ दिनु भयो भने अन्य गायक, गायिकाले पनि गीत गाउनुभयो ।

० रहर मात्र पूरा गर्न हो कि मौका मिले अरु पनि निकाल्नु हुन्छ ?

- होइन, मैले दुई वटा एल्वम निकाल्ने तयारी गरिरहेको छु । व्यस्तता कारण समय मिलेको छैन । संगीतकार शक्तिवल्लभले संगीत तयार भइसकेको बताउनु भएको छ । समय पाउनासाथ त्यसको तयारीमा लाग्छु ।

० गीत बाहेक कविता पनि कोर्नहुन्छ कि ?

- शार्दुल विकृतको छन्दमा कविता कोर्ने गर्थे । अनि गद्य कविता पनि लेखियो । साहित्यिक अध्ययनमा लागेकाले कविता लेखेको हो ।

० एकछिन मनलाई आनन्द दिन गीत मन पर्छ कि सन्देश दिने ?

- सबै किसिमका गीतहरु मन पर्छन ।

० जीवनमा कुनै गीतले प्रभाव पारेको छ ?

- गीत त्यति याद हुँदैन तर भुमिगत छँदा गाइ त बाँध्यो ढुंग्रोमा….. गरीबको चमेली बोल्दिने कोही छैन, अनि गाँउ गाँउबाट उठ बस्ती बस्तीमा उठ खुव सुनिन्थ्यो अनि गाइन्थ्यो ।

० मन पर्ने कलाकार ?

- नेपाली अरुणा लामा, तारादेवी, नारायणगोपाल, रामेश, मञ्जुल राम्रा लाग्छन् । हिन्दीमा मोहम्मद रफी र लता मंगेश्वरका गीत सुन्छु । रफीको निधन हुँदा मलाई गहिरो चोट परेको थियो ।

Share This Post

प्राप्त 14 मतहरु

  • bishwas wrote on 1 February, 2010, 21:43

    bam dev ji aru bhanda dherai nai romantic hunuhudo raicha.

  • jhak bahadur puri wrote on 1 February, 2010, 22:40

    SABAI KISIMIMKA ANUBHAB GARNU BHAYAKO RAHE6.DESKO LAGI PANI KEHI SOCNUHOLA BHANNE SUJHAB TAPAI LAI.

  • Bisnu sharma,bagdhad-camp liberty,VBC wrote on 2 February, 2010, 9:16

    talai chor bame,rekha lai nai man parune bhanepachi ta pani khub boke rahechas hoina morna nasekeka buda

  • Tuladhar bkl wrote on 2 February, 2010, 13:50

    baam dev ji ko geeti sangrah ko naam pani dieko bhae ramro hunethiyo.

  • udaya wrote on 2 February, 2010, 14:33

    Bisnu sharma,bagdhad-camp liberty,VBC
    Rekha hajur ko baheni ho ki k ho?
    saarai resaounu bhayo ta. Budho lay manpare bhanera ho.

  • rk rai wrote on 3 February, 2010, 10:09

    Oho KAMDEV Jee Rekha lai dekhera nikai KAMUK hunu bhaya chha

  • Aabhiyan wrote on 3 February, 2010, 12:24

    Hoina Sathiharu ho, tapaiharu le comment box ko khilli udaunubhako ki, aaphno jat janaunu bhako, Natra kina Bamdev le 1jana calakar lai manparauna nahune? Ani man parauda chai tapaiko ke gayo ra? Kina Baine jasto wa …………… bhanera bekar ma aaphno jat janako yar?
    Hami nepali ko yehai naramro bani le ta sadhai negative matrai sochane garnale ta pachhadi pardai chhaun ni
    Hoina ra?
    Harek Hura lai Positive rup ma lina kahile dekhi suru garne ho? 
    Subha Karya ma kina dhila?????????????????

  • Ramgiri wrote on 3 February, 2010, 17:30

    तँलाई बिष्णु शर्मा भन्ने जन्तु। नेपाल सरकारको अनुमती बिना तँ त्यहाँ कसरी गैइस, किन गइस? मर्न मन लागेर गाको हो त्यहँ? उ नै त्यस्तो ठाँउमा छ,, अरुलाई नानाथरी भन्दोरहेछ। हिरोनीहरु को रुप राम्रो हुन्छ। राम्रो कुरा सबैलाई मन पर्छ। त्यसमा तेरो के को टाउको दुखाइ हो हँ?
    मोरो नजा नजा भन्दा भन्दै पनि लुकी लुकी गइहालिस,, अलि बिचार पुर्‍यायेर काम गर। बम सम नजिक आउँला नि। अनि धेरै पनि नबोल।

  • hem chamling wrote on 5 February, 2010, 15:36

    bam dev sir pahile MALE huda ta tapaile bole ko kura malai aajhai pani yaad chha teti bela ta tapailai romantic 6 jashto lage ko thiyena tara ahile tha bho.. j hos maile saman garne kamred pani ma jashtai hunu hudo rahe chha thank you bam dev sir.

  • pravasi wrote on 5 February, 2010, 16:36

    com lai j. B. tuhure ni ?

  • abinav wrote on 5 February, 2010, 19:23

    Bamdev g…tapaie haruwa vayara pani deputy pm hunu vayo…badhaie cha…tara asta rekha sekha ko kura vanda sambidhan lekhnay kura tira dhyan dinda ramro hola…tapaie sanga paisa cha vanay asto rekha laie j pani garauna sakincha…rekha kunaie important kt hoina tyo ta paisa ma biknay ho,,,tesaily ta teslay tyo afno hajurbau vannay jasto chavi ojha sanga b-hay gareki chay…..testa ko kina value…thukka tpaieko buddi

  • BIMAL Tamang UAE wrote on 6 February, 2010, 9:35

    Git lekhne tira dhyan dinu bhanda, sambidhan lekhne tira dhyan dinu hola. Bam Dev Sir. Manchhe ta romantic hunu hundo rahechha khusi lagyo. Purano jamana ma pani LOVE marriage garne manchhe po ta haina? ROMANTIC nabhaye love nai parne thiyena ahileko Mrs. sanga ani love marriage kasari?

  • kushal wrote on 7 February, 2010, 21:46

    comred ji,
    namasakrar , tapaiko kura sunda ani bhaubkatapan dekhta ta malai tapai jagruk neta haina jhai laghtho, kunai samayema , ta ra aile tapai jatty ko neta tyo partyma aru dhherai hunu hunchha , ta ra tapa nai malai badi man parchha , teso ta shahana pradhan, jbkhanal. cpmainali sabai man parchhan , ta ra emale bhitra ka cangreharu, kpoli, bidhaya , i sabai desh ra party dubai dubauna pachhi pardainana , je hosh comred tapailai dherai dhannebad .

  • किशोर विश्वकर्मा wrote on 9 February, 2010, 10:59

    वहुप्रतिभाका धनि क. वामदेवलाइ लाल सलाम पुर्वेली ठिटाको तर्फवाट

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.