जमीम हत्याको विरोधमा पत्रकारको प्रदर्शन
२६ माघ, काठमाडौं । जमीम शाहका हत्यारालाई कारबाही तथा शान्ति सुरक्षा माग गर्दै नेपाल पत्रकार महासंघले मंगलबार राजधानीमा प्रदर्शन गर्दैछ । अपरान्ह तीन बजेपछि भृकुटीमण्डपबाट सुरु हुने विरोध र्याली बसन्तपुर पुगेर सम्पन्न हुनेछ । प्रर्दशनमा श्रमजिवि पत्रकारहरुको सहभागिता रहनेछ ।
स्पेसटाइम नेटवर्कका अध्यक्ष तथा च्यानल नेपाल टेलिभिजनका सञ्चालक जमीम शाहको दिनदहाडै लाजिम्पाटमा गोलि हानी आइतबार हत्या भएपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।




त्यस्तो व्यस्त लाजिम्पाट जस्तो ठाउँमा हत्या हुन्छ भने अरु ठाउँको जिम्मेवारी कसले लिने ?