‘जमीम हत्याबारे प्रहरीभित्र छानविन हुनुपर्छ’
२६ माघ, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोईरालाले टेलिभिजन सञ्चालक जमिम शाहको हत्याबारे प्रहरीमा पनि छानविन गर्नुपर्ने बताउनुभएको छ ।
कडा सुरक्षा घेराबीच पनि हत्यारा उम्कनुले प्रहरी प्रशासनको गतिविधीमा समेत शंका उब्जिएको उहाँले बताउनुभयो ।
गत आइतबार काठमाडौंको लाजिम्पाटमा गोली प्रहारबाट हत्या गरिएका शाहका परिवारलाई समवेदना दिन शाह निवास पानीपोखरी पुगेकी मन्त्री कोईरालाले यस्तो आशंका व्यक्त गर्नुभएको हो ।
‘उपराष्ट्रपतिको सपथ र बेलायती सेनापतिको भ्रमणका कारण बाक्लो सुरक्षाकर्मी परिचालन गरीएपनि अपराधी उम्कनुले प्रहरीमा प्रश्न चिन्ह खडा गरेको छ,’ उहाँले भन्नुभयो । हत्या पछि गठन हुने छानविन आयोग र कमिटिप्रती व्यङ्ग्य गर्दै मन्त्री कोईरालाले भन्नुभयो, ‘हत्यारालाई पक्राउ गर्न नसक्ने छानविन आयोग वा कमिटिको कुनै औचित्य छैन ।’ सरकार र प्रहरीले शाहको हत्या छानविन गर्न सोमवार छुट्टा छुट्टै आयोग गठन गरेका थिए ।
शाहको हत्याबारे परराष्ट्र मन्त्रालयले पनि छानविन गर्ने मन्त्री कोईरालाले जानकारी दिनुभयो ।
सरकारले पूर्वन्याधीश गोविन्द पराजुलीको संयोजकत्वमा र प्रहरीले डिआइजी राजेन्द्रसिंह भण्डारीको संयोजकत्वमा छुट्टा छुट्टै छानविन आयोग गठन गरेका छन् ।
पटक पटक हत्या र आक्रमणका घटना दोहोरीनुले शान्तिसुरक्षाको अबस्था अत्यन्तै जटिल बन्दै गएको उहाँले बताउनुभयो । ‘मुलुकको सुरक्षा संयन्त्र कमजोर बन्दै गएको बेला सुरक्षा निकायका सबै प्रमुख एकैचोटि चीन भ्रमणमा जानु बेठिक छ, मन्त्री कोइरालाले भन्नुभयो, ‘आपराधीक गतिविधी दोहोरीनु आतङ्कवादले प्रश्रय पाईरहेको प्रमाण हो ।’ अपराधीलाई कानुनी कठघरामा ल्याउन सरकारले सबै संयन्त्र परिचालन गर्ने उहाँले बताउनुभयो ।




Sujata anti! Ramro saga bichar garera matrai bola hai.
jamim shah hatya bare chadainai chhanbin hunuparchha ra so apradhilai kanun ko kathgherama lai kanuni karbahi hunuparchha tyast hatyaralai deathood dinuparchha taba matra nepal ma hatya hinsa control ma aanouchha sathai yashko jabaf turunta homeminister rawal le dinuparchha.kathmandu jasto deshko sabhaibhanda badhi surakshya nikya bhayako thaouma dinousai hatya hunule gambhir prashna khada gardachha? sudan bangesal pyuthan hal butwal
yas lai mantri bat nikalnu parcha