सहमति भए १० दिनमै संविधान : गच्छदार

२६ माघ, घोराही । उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारले प्रमुख दलहरुबीच सहमति भए दस दिन भित्रै संविधान जारी हुने बताउनु भएको छ । जसरी भएपनि आगामी जेठ १४ गते भित्रै संविधान जारी गर्नुपर्ने भन्दै उहाँले संविधानसभाको समय थप्न नहुने बताउनुभयो ।

पत्रकार महासंघ दाङले मंगलबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा गच्छदारले भन्नुभयो, ‘माओवादी, काङ्ग्रेस र एमालेबीच सहमति भए ८/१० दिनमै संविधान जारी हुन्छ ।’

संबिधान निर्माणका लागि अझै ३ महिना बढी समय भएकाले समय थप्ने कुरा भन्दा पनि कसरी छिटो संबिधान निर्माण गर्ने भन्नेतर्फ ठूला दलहरु जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । सबै विषयगत समितिहरुले प्रतिवेदन तयार पारिसकेको र अब संबिधान लेख्ने काम मात्रै बाँकी रहेकाले संबिधानसभाको समय थप्ने कुरा कसैले पनि गर्न नहुने उहाँको भनाई थियो ।

प्रधानमन्त्री र मधेसवादी दलहरुको सहभागिताबिना बनेको संयन्त्र अपूरो भएकाले यसले राष्ट्रिय समस्या समाधानमा बाधा पुर्‍याउने मन्त्री गच्छदारको दावी छ ।

Share This Post

One Comment

  • Rabindra Kurumbang wrote on 9 February, 2010, 15:40

    yo kura chahi thikai ho…sambidhan chahi chadai lekhnu parcha..tara yasma rajnitik parti haru afno afno swarthama tallin dekhincha…so..its not possible..

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.