जापानद्वारा ६५ करोड सहयोग
२६ माघ, काठमाडौं । जापान सरकारले नेपालको खाद्य सुरक्षाका लागि ६५ करोड ६४ लाख ४० हजार आर्थिक अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा आज भएको सहयोग सम्बन्धी सम्झौता पत्रमा नेपालका लागि जापानका राजदुत तात्सु मिजुनो र अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । सहयोग रकम नेपालको खाद्यान्न अपुग रहेका जिल्लाहरुमा खर्च गरीने छ ।
जापान सरकारको सहयोग रकम खाद्य संस्थान मार्फत खर्च गरिने अर्थमन्त्रालयद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ ।



