दुर्घटनामा ७ घाइते
२६ माघ, हेटौंडा । हेटौंडा-नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी-८ रजैयामा मंगलबार एउटा टाटासुमो पल्टिादा ७ जना घाईते भएका छन् ।
कलैयाबाट काठमाडौंतर्फ जान आउादै गरेको ना १ ज ३०३४ नम्बरको टाटा सुमो पल्टिादा घाईते भएका सवै बाराको कलैया निवासी भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा कलैया-५ का २८ वषिर्य सुइटी खेतान, १३ वषिर्य दिपक कुमार, ७ वषिर्या सलोनी खेतान, देवी खेतान, मिरा खेतान लगायतका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाईतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । मंगलबार विहानैदेखी पानी परेपछि बाटो चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



