उत्तर पुस्तिका हेर्न पाउने

२६ माघ, काठमाण्डौ । कक्षा ११ र १२ का विद्यार्थीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्नो उत्तर पुस्तिका हेर्न पाउने भएका छन् ।

उच्च माध्यामिक शिक्षा परिषद्ले आउँदो शैक्षिक सत्रदेखि विद्यार्थीलाई उनीहरूका उत्तरपुस्तिका उनीहरुलाई हेर्नदिने निर्णय गरेको परिषद्का उपाध्यक्ष उपेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

यस्तै कक्षा ११ र १२ मा सर्वोत्कृष्ट स्थान हासिल गर्ने दशजना विद्यार्थीका उत्तरपुस्तिकालाई पुस्तककारुपमा प्रकाशन पनि गर्ने भएको छ ।

उत्कृष्ट ठहरिएका विद्यार्थीको लेखन शैली एवम् प्रस्तुतिबारे विद्यार्थीहरूलाई जानकारी गराउन उत्तरपुस्तिकालाई पुस्तकाकारमा ल्याउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

पुस्तक बिक्रीबाट प्राप्त हुने रकमलाई भने सामुदायिक उच्चमाध्यामिक विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि खर्च गरिने छ ।

Share This Post

One Comment

  • sudan wrote on 9 February, 2010, 14:57

    uttar pustika herna dine HSEB ko kura thik lagyo yash bata student ma afule kasto garda kati marks aoune bhnne kurako knowledge hunchha

तपाईको मत

Copyright © 2010 Onlinekhabar.com. All rights reserved.