२७ फागुन, काठमाडौं । सुर्खेतको हरिहरपुर २ गाजापानीमा नेपाली सेनाको गोली लागेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कृष्णबहादुर बिक, हरिकला विक र देवीकला विक रहेका छन् ।
पूरा पढ्नुहोस्
२७ फागुन, काठमाण्डौ । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय राजनीतिक मामिलाका उप-महासचिव बीलीन पास्कोले शिविरमा रहेका एकीकृत नेकपा माओवादीको लडाकुको विवरण दिन नमिल्ने स्पष्ट पार्नुभएको छ । नेपाल नीति तथा अध्ययन केन्द्रले विहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा पास्कोले सरकारले अनमिनसँग शिविरमा रहेका लडाकुको विवरण मागेको प्रसंगमा लडाकुको संख्या दिन नमिल्ने भन्दै गोप्य रहने प्रष्ट पार्नुभयो ।
पूरा पढ्नुहोस्
२७ फागुन दोलखा । दोलखाको काहाकुरी गाविस-६ स्थित एक घरमा आगलागी हुँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । लप्टनटोलका सुदिप कार्कीको घरमा आगलागी हुँदा कार्कीकी श्रीमती २२ वर्षिया प्रमिला, ३ वर्षिया छोरी सुप्रभा र ९ महिनाकी छोरीको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
२६ फागुन, काठमाडौं । शान्ति सुरक्षा बहाली हुन नसकेको भन्दै गृहराज्यमन्त्री रिजवान अन्सारीले बुधबार पदबाट राजिनामा दिनुभएको छ । आठ महिना अघि राज्यमन्त्रीमा नियुक्त अन्सारीले बुधबार अपरान्ह प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो । विधिको शासन व्यवस्था र जनताले अपेक्षा गरेअनुसार शान्ति सुरक्षा कायम गर्न वातावरण नपाएकोले राजीनामा दिएको अन्सारीले अनलाइनखबरलाई प्रतिक्रिया दिनुभयो ।
पूरा पढ्नुहोस्
२५ फागुन, काठमाण्डौं । नयाँ संविधान जारी गर्ने मूल कार्यतालिकामा हेरफेर नुहने गरी संविधान निर्माण कार्यतालिका मंगलबार १० औं पटक संशोधन भएको छ । संवैधानिक समितिलाई पहिलो एकीकृत मस्यौदा तयार गर्न थप एक महिना समय दिँदै बाँकी प्रक्रिया ५० दिनभित्र सक्ने गरी संविधान निर्माण कार्यालिका संशोधन गरीएको हो । यसअघि तोकेका सबैजसो समयसीमालाई हटाउँदै सबै कामको समयसीमा जेठ १४ गतेभित्र नै सम्पन्न गर्ने गरी कार्यतालिका ...
पूरा पढ्नुहोस्
२५ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलहरुबीच सहमति भए निर्धारित समयमै पूर्ण संविधान जारी गर्न सकिने बताउनुभएको छ । निर्धारित समयमै संविधान जारी गर्न समय अपुग भएकोले संक्षिप्त संविधान जारी गर्नुपर्ने संविधानसभाका अध्यक्षलगायतको भनाई सार्बजनिक भइरहँदा प्रचण्डको यो भनाई बाहिर आएको हो ।
पूरा पढ्नुहोस्
२४ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जेठ १४ गतेभित्र नयाँ संविधान जारी नभए जनविद्रोह अनिवार्य रहेको बताउनुभएको छ । संविधान निर्माण गर्न खोज्दा खोज्दै पनि विदेशी प्रतिक्रान्तिकारीहरुले त्यो प्रक्रिया रोक्न खोजेकाले जनविद्रोह अनिवार्य भएको भन्दै अग्रमोर्चा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूरा पढ्नुहोस्
२३ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति प्रक्रिया निष्कर्षमा नपुगेसम्म नेपालमा अनमिनको उपस्थिति अनिवार्य भएको बताउनुभएको छ । सरकार र अनमिनबीच अहिले देखिएको विवादमा दुःख व्यक्त गर्दै उहाँले आफैले बोलाएको अनमिनको खेदो खन्नु सरकारको गैरजिम्मेवारपन भएको बताउनुभयो ।
पूरा पढ्नुहोस्
२२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिका लागि नेकपा एमाले भित्रबाटै दुईजनाको नाम प्रस्ताव आएको छ । गभर्नर नियुक्तिका लागि आफ्नै पार्टीबाट प्रस्तावित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडालाई अर्थमन्त्री सुरेन्द्र पाण्डेले अस्वीकार गर्नुभएको छ । एमालेका नेतासमेत रहेका अर्थमन्त्री पाण्डेले सचिब रामेश्वर खनालको नाम अघि सार्नुभएको छ ।
पूरा पढ्नुहोस्
२१ फागुन, बुटवल । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले मुख्य दलहरु दलीय स्वार्थ त्यागेर संविधान निर्माणमा केन्द्रीत भएमात्रै निर्धारित मितिमा नयाँ संविधान बन्नसक्ने बताउनु भएको छ ।
पूरा पढ्नुहोस्