Comments Add Comment

फिरङ्गीहरुले बेलायतको भिसा नदिएपछि…..

राजेश राई

खासगरी मेरा मित्र प्रकाश राना र गोरखा सैनिक आवाजका अतिथि सम्पादक नरेश खपाङ्गी मगरले बेलायत आउनैपर्छ भनेर मलाई उक्साएका थिए । उहाँहरू दुबैको कुरो थियो, ‘तपार्इ रात दिन ‘गोरखा-गोरखा’ भनेर लाग्नुभएको छ, कम्तिमा एकपटक बेलायत आएर गोरखाहरूको बारेमा रिपोर्टिङ गर्नुहोस्, नत्र तपार्इको ‘गोरखा पत्रकारिता’ अपुरो हुनेछ ।’

20130509_125955(1)अहो, हो त नि ! अहिले अधिकांश गोरखाहरू बेलायतमै छन् । अहिले जे छ, उतै छ । तिनका दुःख उतै बोकेर गएका छन् । तिनको हाँसो छ भने पनि उतै लिएर गएका छन् । बेलायती माटो र राजकुमुटको रक्षाको लागि लड्दाका सम्झनाहरू पनि उतै । अहिले जे गरिरहेका छन्, बेलायतमै गरिरहेका छन् । तिनको सुखदुःखको कहानी, गोरखा आन्दोलनको लागि एउटा हतियार हो । तिनका सम्झनाहरू भावी सन्ततिका लागि गतिलो इतिहास हो । कुनैबेला त्यो इतिहास बस्तीका गोठहरूको ओठमा थियो, अहिले त्यो बेलायत पुगेको छ । अहिले ओठमा रहेको त्यो इतिहास मर्दै बाँचिरहेका छन् । पुराना पुस्ताका भूपूहरूको मृत्युसँगै गोरखाहरूको महत्वपूर्ण इतिहास मरेर जाँदैछ । गोरखा आन्दोलनले ध्यान दिनु पर्ने महत्वपूर्ण विषय मध्ये यो पनि हो । सकेसम्म ती जीवित इतिहासको अभिलेखीकरण गर्न जरुरी छ । बेलायत गएर केही हदसम्म भए पनि मर्दै बाँचिरहेको इतिहासलाई अभिलेखीकरण गर्न सकिन्छ भन्ने थियो । यस कारण पनि बेलायत जाने चाहाना बलेर आयो । त्यो आगोमा दुईचार माना घिउ थपिदिए दुई भाइ -प्रकाश र नरेश)ले ।

गत ३ जुलाईमा बेलायत भ्रमणको भिसाका लागि आवदेन दिएको थिएँ । बेलायत जानुको कारण लेखेको थिएँ, ‘भूतपूर्व गोरखाहरूको कार्यक्रममा भाग लिन्छु । उनीहरूको बारेमा रिपोर्टिङ गर्छु ।’ बेलायती अध्यागमन विभागले २५ जुलाईमा त्यसको उत्तर दिँदै भनेको छ, ‘नेपालसँग समुधुर सम्बन्ध देखाउने कुनै पनि ठोस प्रमाण छैन, यस कारण तिमी देश र्फकन्छौं भन्नेमा सन्तुष्ट हुन सकिनँ ।’ प्रायोजक संस्था ‘बि्रटिस गोरखा एक्स सर्भिस मेन कम्युनिटी’ले मेरो बेलायत भ्रमणका लागि सबै आवश्यक प्रक्रिया पूरा गरेको थियो ।

मलाई बेलायतले भिषा नदिएको विषय कुनै उल्लेख गर्न लायक विषय हुँदै होइन, तर प्रायोजक संस्था ‘ब्रिटिस गोरखा एक्स सर्भिसमेन कम्युनिटी’ले जुन उद्देश्य र जुन हैसियतमा बोलाएको थियो । मलाई यस्तो कारण देखाएर भिसा नदिनु चाहिँ गोरखाहरू माथिको अपमानको हो । प्रायोजक संस्थाले बेलायतमा रहेका गोरखा सैनिकहरूको समग्र अवस्थाको बारेमा रिपोर्टिङ गर्नका लागि ‘गोरखा सैनिक आवाज’को सम्पादकलाई बेलायत लान चाहेको थियो, कुनै एउटा व्यक्तिलाई होइन ।

गोरखा सैनिक आवाज मासिक उनीहरूको लागि नयाँ पनि होइन । स्रोतहरूका अनुसार यो पत्रिका हरेक महिना ‘बिग्रेड अफ गोर्खाज’का गोरा हाकिम र बेलायती गुप्तचर निकायका हाकिमहरूले यो अंग्रेजीमा अनुवाद गरेर पढ्ने गरेका छन् । उनीहरूलाई प्रष्ट थाहा छ, ‘गोरखा सैनिक आवाजले अन्यायमा पारिएका गोरखा सैनिकहरूको न्यायका लागि अभियान चलाइरहेको छ ।’ उनीहरू यो अभियानबाट बेचैन छन् ।

अरुको कल्याण गर्ने नाममा फिरङ्गी सरकारका प्रमुख डेबिड क्यामरुन हजारौं विदेशीहरू बेलायत भित्र्याउने घोषणा गर्दै हिँडेका छन्, तर उनको देश बचाइदिने गोरखाहरूको भने हैसियत माथि प्रश्न उठाएर प्रक्रिया पुगेको भिसा पनि रोकिदिन्छन् । हैसियतकै कुरा हो भने, बेलायत जाने हाम्रो हैसियत, हजारौं-हजार हाम्रा पूर्खाहरूको रगत, पसिना र आँसु हो । डेबिड क्यामरुनले बेलायत जान पाउने हाम्रो हैसियत माथि प्रश्न गरिरहेका छन्, अब हामी गोरखालीको रगत, पसिना र आँसुको व्यापार गर्ने उनको हैसियतको बारेमा संसारलाई सोध्नेछौं । किनभने गोरखाहरूले बेलायतलाई मात्र बचाएका थिएनन्, हिटलर र मुसोलिनीजस्ता तानाशाहबाट संसारलाई जोगाएका थिए ।

भिसा प्रकरणको विषयमा साहित्यकार जगदीश घिमिरको एउटा तर्क बडो मननीय छ । उपचारका लागि बेलायत जान खोज्ने उनलाई भिसा नदिएको प्रसङ्गमा उनले लेखेका आफ्नो आत्मबयानमा लेखेका छन्, ‘भिसी तुलबहादुर पुनलाई मुद्दा चलेपछि मात्रै बेलायतले भिसा दिए । भिसा मात्रै होइन, फिरङ्गी सरकार उनलाई बेलायत टेक्ने बित्तिकै ‘गार्ड अफ अनर’ सलामी दिन बाध्य भयो । देशले ‘गार्ड अफ अर्नर’ दिनुपर्ने सम्मानित व्यक्तिलाई समेत भिसा नदिने दुश्चेष्टा गर्ने निर्लज्ज फिरङ्गीहरूको कुरा गरेर कति आˆनै मूल्य घटाउनु !’ फिरङ्गीहरूको यो निर्लज्जतालाई गोरखाहरूले आन्दोलनको ‘हतियार’को रुपमा प्रयोग गर्न सक्नुपर्छ ।

मलाई यातना दिनेहरूका लागि एउटा सजिलो ‘टिप्स’ छ । त्यो हो, ‘मलाई आˆनै बारेमा लेख्न लगाउने ।’ अरुहरूको दुःख वा संघर्षको कुरो लेख्दा आनन्द आउँछ । यस्तो लाग्छ, ‘लेखिदिएपछि केही हदसम्म भए नि यिनका दुःखसुखमा अनुवाद हुनेछ र, संघर्ष सफलतामा ।’ तर, यसपालि आफैलाई यातना दिन अभिशप्त छु । किनभने लेख्नुछ, आˆनै बारेमा । म माथि आरोप छ । गर्नुछ, तिनको खण्डन । बेलायतले लेखी पठाएको छ, ‘तेरो देशसँग सुमुधर सम्बन्ध छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment