Comments Add Comment

पेटभित्र रहेको मुटु छातिमा लगियो

मान्छेको मुटु छातिभित्र दुइ फोक्सोको बीच भागमा हुन्छ । तर चीनका एक जना मान्छेको मुटु भने छातिमा होइन पेटमा थियो । हेनान प्रान्तका बासिन्दा हुआंग रोगमिंगको मुटु जन्मिँदै पेटको भागमा थियो र मुटु निकै बाहिर पट्टि थियो । जसका कारण उनको मुटु पेटको भागमा बाहिरैबाटै उस्किएको देखिन्थ्यो ।

1

यसले उनलाई ठूलो पीडा दिएको थियो, उनी सिधा भएर हिड्न पनि सक्दैनथे । तर अहिले उनले साँच्चीकै नयाँ जिवन पाएका छन् । २४ वर्षका यी युवकको मुटु अन्ततः डाक्टरहरुले पेटबाट निकालेर छातिमा राखिदिएका छन् ।

2

जिवन बदल्ने उक्त सफल सल्यक्रिया नभएको भए उनी सायद अब छिटै यो संसारबाट विदा हुन्थे । चाइना डेलीका अनुसार यी युवकको बारेमा संचार माध्यममा खबर छापिएपछि उनलाई उपचारका लागि सहयोग जुटेको हो र उनले आफ्नो उपचारमा कुनै रकम खर्च गर्नुपरेन । विचरा आफै खर्च गर्नुपरेको भए यी गरीबले कसरी सक्थे होला र ?

डाक्टरहरुका अनुसार यस्तो समस्या विश्वमा हरेक १० लाख मान्छेमा एक जनामा मात्र हुन्छ र यस्तो समस्या भएका शिशु धेरैजसो जन्मिने बित्तिकै मर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment