Comments Add Comment

डा. महतोलाई एनआरएन बिजेनस पर्सन अवार्ड, प्रवल योङ बिजनेस एचिभर

११ भदौ, काठमाण्डौ । गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोलाई एनआरएन बिजेनस पर्सन अवार्ड प्रदान गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा मंगलबार साँझ होटल र्‍याडिसनमा आयोजित ‘एफएनसीसीआई नेसनल एक्सिलेन्स एवार्ड’ अन्र्तगत डा. महतोलाई सो अवार्ड प्रदान गरिएको हो । रसिया, युरोप र अफि्रका र नेपालमा बिभिन्न क्षेत्रमा लगानी गरिरहनुभएका डा. महतोले गैरआवासीय नेपाली अभियानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । गैरआवासीय नेपालीहरुलाई नेपालमा पूँजी र सीप लगानीका लागि अभिप्रेरित गर्न डा. महतोको महत्वपूर्ण भूमिका छ ।

upendra-and-prabal-gurungउहाँको लगानीमा स्थापित एनसेल मोबाइलले पनि सोही कार्यक्रममा बेष्ट ब्राण्डको अवार्ड हात पार्‍यो । यस्तै वाईवाईले पिपल्स च्वाईस अवार्ड पायो भने सोल्टी होटल, सूर्य नेपाल, सिप्रदी लगायतका कम्पनीका संचालक प्रभाकरसमशेर राणालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रवल योङ बिजनेस एचिभर

बिश्व फेसन बजारमा बलियो उपस्थीति जनाउन सफल युवा फेसन डिजाइनर प्रवल गुरुङलाई योङ बिजनेस एचिभर एवार्ड प्रदान गरिएको छ । अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएका गुरुङले डिजाइन गरेका पहिरन प्रथम अमेरिकी महिला मिसेल ओबामा, बेलायती युवराज्ञी केट मिडलटन र थुप्रै हलिउड सेलिब्रीटीले मन रुचाएका छन् । गुरुङसँगै निखिता पौडेललाई पनि योङ यचिभर एवार्ड प्रदान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment