Comments Add Comment

संविधान सभा-२ र कथित राष्ट्रवादीहरु

गंगाप्रसाद भुसाल, युरोप

संविधान सभा-२ को तयारी तिब्ररुपमा अगाडि बढिरहेको छ । आफ्नो पार्टीलाई कसो गरी सजिलो हुन्छ भनेर सोच्ने र त्यसतर्फ उद्दत हुने कुरा त स्वाभाविक मान्नुपर्छ । अघिल्लो संविधानसभा कम्युनिस्टमय बनेको थियो । कम्युनिष्टहरुले दुइतिहाइ मत प्राप्त गरेका थिए । राष्ट्रपति आफ्नो बनाउन चुके पनि ४ थान कम्युनिस्ट प्रधानमन्त्री दिन उनीहरु सफल रहे ।

अघिल्लो चुनावमा आफ्ना गलत निर्णय र बहुदलीय जनबादको मर्मलाई आत्मसाथ गर्न नसक्दा माधब नेपालले २ ठाउँबाटै पराजित बन्नुपर्यो । उनले गरेको कर्तुतको सजाय त ठिक थियो तर उनको हार नै कम्युनिस्ट राष्ट्रपति बन्न नसक्नुको प्रमुख कारण थियो । एमालेमा अर्को व्यक्ति उम्मेदवार बन्ने स्थिति नरहनु, माओबादीको राष्ट्रपति एमाले स्वीकार्न नसक्नु, कोहि जीतमा उम्लने त कोहीले हारको कारण आफुभित्र खोज्न नसक्नुले अनैतिक गठबन्धनले रामवरण यादबलाई राष्ट्रपति बनायो । गठबन्दन नैतिक हुन्थ्यो भने गिरिजाबाबु नै राष्ट्रपति हुन्थे । महत्वपूर्ण ठाउमा मिल्न नसके पनि सरकार बनाउन भने मिलेकै थिए । बिडम्बना पशुपतिनाथको मन्दिरमा नेपाली पुजारी राख्नुपर्छ भन्ने प्रचण्ड जसको नेतृत्वमा १० बर्षे जनयुद्दको जगमा दोस्रो जनआन्दोलन मार्फत गणतन्त्र स्थापना, संघियता र धर्म निरपेक्षतामा प्राप्त भएको थियो ।

रुक्मागत कटुवाल काण्डको निउमा सत्ता छाड्न बाध्य पारियो । ०४६ सालपछिको बहुदलीय व्यवस्थालाई फर्केर हेर्ने हो भने प्रचन्डले जसरी सजिलोसंग सत्ता छाड्ने कोही पनि छैनन् । एउटा देशको प्रधानमन्त्रीसंग मन्दिरको पुजारी फेर्ने हैसियत नभएको हाम्रो देश जहाँ राष््रियताको माला जप्नेहरुको भिड भने अचम्मको छ । तिनै प्रचन्डलाई सफल हुन नदिन इंडियासंग साठगाठ गर्नेहरुलाई राष्ट्रबादी भन्नु पर्ने कस्तो राष्ट्रियता भएका हामी नेपाली रु

सत्ता कब्जाको कार्यनीति लिएर संसदबादीहरुसंगको तालमेल र संबिधान सभाबाट संबिधान बनाउनु सजिलो कुरा थिएन । लोकतन्त्रमा जब कार्यनीति र रणनीतिमा मेल हुदैन, त्यतिबेला नेर्तित्व झुट बन्न पुग्नु स्वभाबिक नै मान्नु पर्छ । के संसदबादीहरुसंग हामी त सत्ता कब्जानै गर्ने हो भनेर अगाडि बढ्ने स्थिति थियो त रु कार्यकर्ता प्रशिक्षणको रेकर्ड बाहिर निकालेर झुट बोलेको पुस्टि गर्न खोज्नु अनौठो होइन । एउटा झुट लुकाउन अरु धेरै झुटको सहारा लिनु पर्ने हुन्छ । त्यसै कारण प्रचन्डलाई झुटको खेति गर्ने नेता भनेर आरोप लगाउनेलाई राहतको महसुस भएको हुनु पर्छ । त्यसैले होला पहिलेका भिडियोहरु प्रचारमा ल्याइएको छ ।

दुखद कुरा त के रहयो भने अहिले पार्टी पनि फुटेको छ । हिजोका तिनै सहयात्रीहरु पनि जानी नजानी साम्राज्यवादी र विस्तारबादीको माओबादी सक्ने योजनाका सहयोगी भूमिकामा हुनुहुन्छ प्रचण्डलाई बदनाम गराउने हेतुले नै ती रेकर्डहरु बाहिर ल्याउनमा सहयोगी बन्नुभएको छ । के दोष जति प्रचण्ड बाबुरामलाई दिएर उहाहरु चोखै बस्न मिल्ला र रु प्रचण्ड बाबुरामहरु लाई जेल हाल्न खोज्नेले सफल भए भने बैद्य, बादललाई छाडी देलान र रु पक्कै छाड्ने छैनन ।

सेना समायोजन पिडादायी ,बिप्पा सम्झौता हतार र पार्टी फुटाउनु महागल्ती थियो । प्रचण्ड बाबुरामले गल्ति गरेका थिए भने बैद्य बादलले महागल्ति गरे । सायद स्वीकार्न दुख लागे पनि महसुस भने भएकै हुनुपर्छ । संबिधानसभा भाग १ को असामाहिक निधनपछि भाग २ को तयारी अनि पार्टी फुटको असरको भित्री पाटोलाई नियाल्दा माओबादीका लागि पीडादायी हुने निश्चित छ । बार्तालाई आलटालको रणनीति बनाइरहेको ने।क।पा -माओबादी चुनाबमा आउने स्थिति छैन । चुनाबमा भाग लिनेबित्तिकै पार्टी फुटको औचित्य सकिने डर छ भने अर्कोतर्फ पुस्टि गर्न सम्भब देखिदैन ।

संबिधानसभाको नाममा साम्राज्यवादी र बिस्तारबादीको चलखेल सुरु भएको छ । दुइ माओबादीमध्ये एकको काँधमा तोप राखेर अर्कोलाई निसाना लगाइादैछ समयमै बुद्धी नपुर्याउने हो भने तोप पड्किने छ । तोपको निसानामा रहेका त सकिने नै भए जसको काँध प्रयोगमा आउाछ, उनीहलाई धक्काले सिध्याउने छ । बैरीले बुट बजार्ने छन्, संबिधान सभा बिडम्बना बनेर आउने छ । दुवै माओबादीको लडाईमा कसैले जित्ने छैन । तिनीहरुले जित्ने छन्, जसले पर्दाभित्र लुकेर रमिता हेरिरहेका छन् । आकाश मडारिने छ, कालो बादलले ढाक्ने छ हामी केवल लड्नेछौं । भत्कने छन् लालकिल्लाहरु १ नासिने छन् सहिदका सपनाहरु १ ब्युताइने छ २०४७ सालको संबिधान, गरिनेछन भेडा बाख्राको मूल्यसरि सभासद्को बेचबिखन अनि तिब्र रुपमा बिदेसिने छ युवाशक्ति, बन्ने छन बिदेशीका दास १

बाबु कांग्रेश बने, छोरो देश परिबर्तनको लागि मदन भण्डारीको जबजको पछाडि दौडियो । उसले देशमै रोजगारी पाउने आशा बोकेको थियो । कम्युनिस्टका नाममा राजा पुज्नेहरुले निराश बनाइदिए र छोरो बिदेशिन बाध्य भयो अनि उसले छोराछोरीको भबिस्यका लागि माओबादी रोज्यो । अहिलेको अबस्थाले के भन्छ भने हजुर बाउ, बाबु र छोराको तीन पुस्ताले देश आर्थिकरुपमा सम्पन्न भएको देख्न नपाउने भए । बिडम्बना अब पनातिको भबिस्य निर्माणको लागि लड्दै छन् ति हजुरबा ! यसको एउटा कारण कम्युनिस्टहरुको फुटबादी चिन्तनलाई मान्न सकिन्छ ।

केवल भारतको बिरोधलाई नै राष्ट्रबाद मान्ने ? कुटनीतिक पहल नगर्ने ? जहाँ पार्टी पिच्छे परराष्ट्र नीति र मित्र राष्ट्रलाई हेर्ने दृष्टिकोणमा आकाश जमिनको फरक हुन्छ त्यो देशको राजनीति बिदेशीको इसारामा चल्नु कुनै नौलो कुरा होइन । ३५ जना नेपालीले अरबको खाडीमा गएर काम गरेको मासिक तलब बराबर १ जना पशुपतिको पुजारीले तनखा बुझिरहँदा हेरेर बस्ने ? खोइ कहाँ छ राष्ट्रबाद ? तिनै पशुपतिका पुजारी हटाई नेपाली राख्नुपर्छ भन्नेहरुलाई कसरी राष्ट्रघाती भन्न मिल्छ र ? प्रजातन्त्रको ठेकेदार सम्झने पार्टी भ्रस्टाचारीलाई जेल हाल्दा बिरोधमा नारा जुलुस र निस्कदा माला लिएर स्वागत गर्न तयार छ । देश परिबर्तनका लागि मसाल बोकेर हिड्ने योद्दा, जसलाई आतंककारीको संज्ञा दिएर गोली ठोक्न लगाउँछ अनि गुण्डाको भिडन्तमा मरेकालाई सहिद घोषणा गर्न चक्काजाम गर्छ, अनि उही लोकतन्त्रको मसिया ? पुजारी हटाउने काण्डलाई धर्ममा प्रहार सम्झने र धर्मको नाममा लुट्ने लुटेराहरु कसरी लोकतन्त्रबादी अनि राष्ट्रबादी हुन् सक्छन ?

मरिचमानलाई मरेपछि राष्ट्रबादीको पदवी दिने केहि कांग्रेस र एमालेका नेतृत्व बर्गले भारतले किन नाकाबन्दी गरेको थियो र त्यतिबेला उहाँहरुको के भूमिका रहयो रु उहाँहरु र मरिचमान दुवै राष्ट्रबादी कसरी हुन् सक्छन ? इतिहासले वीरेन्द्रलाई असजिलो पारेर प्रजातन्त्र ल्याउनमा नाकाबन्दीले सहयोगी भूमिका खेलेको थियो भन्छ । अनि आफ्नै देशमा नाकाबन्दी लगाउन उक्साएर कुन प्रजातन्त्र ल्याउनु भो ? अनि जनतालाई के दिनु भो ? त्रिभुबनलाई पाल्पा भनेर भारत पुर्याउने सहयोगी भूमिका कसले खेल्यो ? किन लगियोर ? त्यसैको गुन तिर्न गरिएका थिए राष्ट्रघाती सन्धिहरु ? अनि देशको आर्थिक उन्नतिका लागि भनेर गरिएको बिप्पा सन्धिलाई उछालेर उनिहरुकै कित्तामा बाबुरामलाई पुर्याउनु कति उक्तिसंगत होला ? जवाफ कहिले दिने ? प्रचण्ड अनि बाबुरामको रिसले जे पनि बोलिदिने हो भने पतन धेरै टाढा छैन ।

मरेको भुत जगाउन डमरु बोकेर कमल थापाजी आउनुभएको छ । राजतन्त्र, राष्ट्रबाद र हिन्दु राज्यको तालमा डमरु बजाउनुहुादैछ केहि समाचारमा पनि नाच्न तम्सिने नर्तकीहरु तालमा ताल मिलाउदै नाच्दै हुनु हुन्छ । के कमल थापाहरुसंग मिलेर बर्गबिहीन समाजको कल्पना गर्न सकिन्छ रु सकिन्थ्यो भने राजतन्त्र फाल्ने जरुरी थिएन । राजतन्त्र हटाउनु माओबादीको माग थियो भने कांग्रेस एमालेको लागि बाध्यता थियो, जुन कुरा संबिधान सभाको पहिलो बैठकमा प्रमाणित भैसकेको छ । कम्युनिस्टको भत्काउने मात्र काम होइन, बनाउन पनि जुटौ ।

नेपालको भौगोलिक, आर्थिक र राजनैतिक संकर्मणकालिन स्थितिले गर्दा देशको आर्थिक परिबर्तन गर्न उत्तर दक्षिण फर्किनुपर्ने बाध्यता छ । सहयोगको लागि हात पसार्नु रहर होइन बाध्यता हो । सहयोग कसैले पनि त्यसै गर्दैन, हामीलाई केवल हाम्रो हित र खोक्रो राष्ट्रबादी चिन्तनले ग्रसित बनाएको छ । छिमेकीसंग राम्रो सम्बन्ध राख्दैमा दलाल सोच्ने दरिद्र सोच त्यागौं ।त्यसभन्दा अलिकति माथि उठेर सोच्ने हो भने कम्युनिस्टहरु भत्काउने मात्र होइन, बनाउन पनि जानेका छन भन्ने सन्देश जनतामा जानेछ । देश आर्थिक रुपमा संम्पन्न हुनु र बिकसित हुनु नै हामी सबै नेपालीको जित हुनेछ । त्यतिबेला मात्र राष्ट्रियता र राष्ट्रबादको जित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment