Comments Add Comment

पृथ्वीका प्राणी मंगल ग्रहबाट आएको वैज्ञानिकको दाबी

एक जना अमेरिकी वैज्ञानिकले पृथ्वीमा अस्तित्वमा रहेका प्राणी तथा वनस्पतीको खास उत्पत्ति पृथ्वीमा नभएर मंगल ग्रहमा भएको दाबी गरेका छन् ।

Mars & Stars

जिवको उत्पत्तिका लागि आवश्यक तत्व केवल मंगल ग्रहको सतहमा मात्र रहेकाले अहिले पृथ्वीमा रहेका जिवको बिउ मंगल ग्रहबाटै पृथ्वीमा आएको दाबी ती वैज्ञानिकको रहेको छ ।

भुगर्भरसायनविद् स्टेभेन बेनरका अनुसार यो ब्रम्हाण्डमा सुरुमा मंगल ग्रहमा जिवको उत्पत्ति भएको र मंगल ग्रहबाट छुटि्टएको विशाल उल्कासँगै ती जिव पृथ्वीसम्म आइपुगका हुन् ।

सबैभन्दा पहिले जिवको उत्पत्ति हुनका लागि आवश्यक ठानिएको मोलिब्डेनम तत्वको अक्सिडाइज्ड रुप मंगल ग्रहमा रहेको तथ्य नै आफ्नो दाबीलाई पुष्टि गर्न पर्याप्त रहेको जिकिर उनको रहेको छ । प्राध्यापक बेनरले आफ्नो यस सम्बन्धि शोधपत्रलाई आसन्न वैज्ञानिक सम्मेलनमा प्रस्तुत गर्दैछन् । उनले मंगल ग्रहमा अहिले पनि जिवको उत्पत्ति हुनका लागि आवश्यक पर्ने वातावरण कायम रहेको हुनसक्ने विश्वास समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment