Comments Add Comment

कुखुरा जुधाउँदा राजकुमारीलाई आपत्

कानून भन्ने कुरा पनि निकै कडा हुन्छ । अमेरिकामा कुखुरा जुधाएको आरोपमा विदेशी भुपु राजकुमारीले जेलको हावा खानुपर्ने भएको छ ।

cockfighting-4

पूर्व रोमानियाली राजकुमारीमाथि अमेरिकाको ओरेगनस्थित अदालतमा कुखुरा लडाउने धन्दा गरेको आरोपमा मुद्दा चलाइएको छ । ६० वर्षीया इरिना वाकर नामकी ती पूर्व राजकुमारी र उनका पतिले अघिल्लो वर्ष अमेरिकाकाका विभिन्न ठाउँमा कुकुरा लडाइँको कार्यक्रम आयोजना गरेका थिए । कुखुराका भालेलाई खुट्टामा ब्लेड बाँधेर जुधाइएको त्यसक्रममा कुखुराहरु घाइते तथा रगताम्य भएका अभियोजन पक्षको जिकिर छ ।

शंघीय पशुकल्याण कानूनको उल्लंघन गरि गैरकानूनी तबरले कुखुरालडाइँ गर्ने जुवा खेलाएको आरोप भुपु राजकुमारी र उनका लोग्नेमाथि लागेको छ ।

यदि अभियोग प्रमाणित भएको खण्डमा इरिना र उनका पतिले अधिकतम ५ वर्षको जेल सजाय र अढाइ लाख डलर जरिवाना तिर्नुपर्नेछ । इरिना रोमानियाका अन्तिम राजा माइकल प्रथमकी छोरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment