Comments Add Comment

कोरियामा प्रवासी नेपाली मजदुरको दोस्रो अधिवेशन हुंदै

१४ भदौ, सउल । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र(माईग्रेन्ट सेन्टर) नेपाली समुदायको दोस्रो अधिवेशन हुने भएको छ । आगमी सेप्टेम्बर ८ तारिक आइतबार सो सेन्टरको आफ्नै भवनमा उक्त अधिवेशन हुन लागेको हो । उक्त दिन १२ बजेदेखि संचालन हुने अधिवेशनमा नयाँ कार्यसमितिको चयन, विगतमा यस सेन्टरबाट भए गरेका प्रगतिको समीक्षा गरिने सेन्टरका अधक्ष्य यादव सनालले जनाएका छन् । दुई चरणमा गरिने सो कार्यक्रममा पहिलो चरणमा बिधिवत समुद्धघाटन र स्थानीय कलाकारहरूद्वारा विभिन्न मनोरन्जनात्मक कला प्रस्तुत गरिने छ भने दोस्रो तथा बन्द सेसनमा अन्तरिक छलफल र नयाँ नेतृत्व चयन गरिने भएको छ । उक्त दिन यस सेन्टरमा आबद्ध सबैलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

यसै गरी उक्त दिन कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार, बिध्यार्थि तथा बुद्धिजिवीहरुलाई समेत उपस्थित हुन अध्यक्षद्धारा जारी विज्ञप्तिमा जानाईएको छ ।

२००५ मा स्थापित सो माईग्रेन्ट सेन्टरमा रोजगार अनुमति प्रणलि लागुभएयता नेपालीहरूको प्रभुत्व रहँदै आएको छ भने यस सेन्टरमा पहिलो अधिवेशनबाट यादव खनालको नेतृत्वमा रहेको कार्यसमिमिले विभिन्न समाजिक कार्यहरू गर्दै आएको छ । कोरियामा आपत् बिपतमा परेका दैनिक दर्जन बढि नेपालीहरूले यस सेन्टरमा खाना बस्न सहितको सुविधा पाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment